हाम्रो न्यूयोर्कको प्रवासी नेपाली समुदायमा अहिलेसम्म नेपालीहरुको लागि "अधिकार" ले जे जति गरेको छ, जति प्रसंशा गरे पनि कम हुन्छ । "अधिकार" ले गरेको काम सबैले देखिने गरी छर्लंग पनि छ । नेल सेलुनमा काम गर्ने नेपाली महिला कामदारहरुको हितमा होस्, वा लड्० आईल्याण्डको ग्यांस स्टेशनमा साहु, मेनेजरबाट ठगिएका हाम्रा नेपाली कामदारहरुको हकमा होस् "अधिकार" डटेर लागेको छ बिना कुनै शुल्क, बिना कुनै झारो टराई ।टिपिएस फर्म भर्ने बेला पनि "अधिकार" ले नि:शुल्क फर्म भरिदिने सहयोग गर्यो । यति सम्मकि USCIS लाई बुझाउनुपर्ने $५२५ दस्तूर पनि तत्काल बुझाउन नसक्नेलाई पछि बुझाउन सकिने गरी व्यवस्था मिलायो ।यति बखान मात्र पनि काफ़ी होला राम्रो काम गरिरहेको सामाजिक संस्थाको लागि ।अब आउने दिनहरुमा पनि यसरी काम गर्दै जाओस् । शुभकामना "अधिकार" लाई ।शैलेशजीले पनि आफ्नो निजी ब्लग 'सम्प्रेषण' मार्फत टिपिएस बारे सरोकारवालाहरुलाई संझाईदिनु भएको छ । तपाईले गरेको कामहरुको पनि नेपाली समुदायले मूल्याँकन गर्ने नै छ ।
ugeslimbu · Oct 26, 2015 1:18 PM · 9,670 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion