प्रधानमन्त्री लाई निबेदन पत्र:- यो निबेदन हजुरहरु महासय सभासद ज्यु र प्रधानमन्त्री ज्यु र राष्ट्रपती ज्यु लाई हो, किनभने भारत जस्तालाई हड्दी चबाउन दियो भने नेपालको नाम अब को २० बर्ष पछी अझ उकुसमुकुस हुने । त्यसकारण समय अझ राम्रो छ नेपाललाई नाकाबन्दी र नेपालीलाई चल्खेल गरेका भारतीय लाई तह लगाउने को समयको सदुपायोग्:- १)नेपाल र भारतको हाल को सिमाना को बिस्तृत अध्ययन राष्ट्र संघ बाट गराउनु पर्ने २) ईन्डिया र नेपालमा बनाएको खुल्ला सवारी नम्बर प्लेट का गाडी आवोत जावोत बन्द ३) जल बिधुत उत्पादन मा भारत को लगानी नगराउने र जल बिधुत भारत लाई चाहेमा अग्रीम पेमेन्ट गर्नु पर्ने । ४) भारत को र नेपाल को जल बिधुत निती प्रस्ताब पूर्ण रुपमा अध्ययन पुनर्बिचार गर्नु पर्ने । ५) भारत मा नेपाली मजदुर पठाउन बन्द गरिदिने र नेपाल बिकास योजनामा नेपाली को मात्र उपस्थिती र उपायोग् गर्ने ६) दुइ देश बिच पासपोर्ट अनिबार्य गर्ने ७) खुल्ला सिमाना बन्द् , दुइ देश मा काम गर्न वोर्क पर्मित भिसा अनिबार्य गर्ने ८) नेपालमा साम्प्रदायिक जातिय दंगा धार्मिक दंगा बाट जोगाउनु कडा कानुन पारित गर्ने , भारतिय नाकाबन्दी होस या नेपाली भुभाग बाट भएको मदेशिय आन्दोलन को नाकाबन्दी होस्, अध्ययन पुनर्बिचार अन्तमा:- दैनिक ३,५०,००,००० जनाता लाई अपिल भारतिय सामान कम प्रयोग गरौं भारतिय सामानलाई निरुत्साही गरौं भारतिय सामान प्रयोग बन्द गरौं पहिले ९०% समान भारत बाट आयात हुन्थ्यो, अब ९% मा झार्नु पर्छ , सुझाब को लागी भारत को भन्दा असल सामान सस्तो मा र त्यो पनि ब्रान्डेड सामान नेपाली बजार मा जत्ती नि पाईन्छ, सक्दो " नेपाली सामान नेपाली सामान नेपाली सामान " नभए मात्र बाङ्लादेश, पाकिस्तान , भेतनाम्, चाइनिज , जापानिज्, आमेरिकन र अन्य देशको प्रयोग गर्ने केहि प्रतिसत समान भारत को पर्न सकिन्छ , अब तेस्को पनि उपाय निस्कदै छ । हेर्दै जाउं ...... मैले जती भने त्यो चैं गर्न समय लाग्न सक्ला तर असम्भब भने छैन । हेर्दै जाउं ..... प्रयोग गर्दै जाउं ..... अरुलाई नि सिकाउंदै जाउं....
ugeslimbu · Oct 25, 2015 1:23 PM · 11,071 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion