हिलारी हप्ता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकी राष्ट्रपतीको निर्वाचन आउन बाह्र महिना र केहि दिन बाँकी रहँदा अब बैचारिकरुपमा मध्य दक्षिणपन्थी अनि दुई दलीय लोकतान्त्रिक तानाशाही पध्दती रहेको अमेरिकामा पुर्व फस्ट लेडी, निवर्तमान सेक्रेटरी अफ स्टेट अनि क्लिन्टन डाईनेष्टीका सदस्य हिलारी रोधाम क्लिन्टन संयुक्त राज्य अमेरिकाको ४५औं राष्ट्रपती बन्ने पक्का भयो | यो हप्ता हिलारीको हप्ता रह्यो | उनको सबभन्दा ठुलो व्यवधानको रुपमा हेरिएको बेन्गाजी स्क्यान्डलको पनि हिजो सकारात्मक अवतरण भयो | रिपब्लिकन कंग्रेसम्यान ट्रे गोव्डीको संयोजकत्वमा गठन भएको छानविन समितीले हिजो उनलाई "क्लिन चिट" दियो भने हिजै मात्र उनका प्रत्यासी (सानै सहि) लिंकन चाफीले आफ्नो उम्मेदवारी फिर्ता लिए |  त्यस माथि सम्भावित उम्मेदवारकारुपमा चुपचाप राष्ट्रपतीय दौड र प्रतिष्पर्धा हेरेर बसेका बर्तमान उप-राष्ट्रपती जो बाईडेनले आफु यो पटक राष्ट्रपतीको उम्मेदवार नभन्ने घोषणा गरे | अघिल्लो हप्ता भएको डेमोक्रेटिक उम्मेदवारहरुको राष्ट्रपतीय बहसमा उनको भद्र र निर्धक्क प्रस्तुतीले उनको रेटिंग र उचाई बढाई दियो |  म निजि र बैचारिकरुपमा हिलारी क्लिन्टनको यथास्थितिवादी मध्यपन्थी डेमोक्रेटिक धारको पक्षपाती र समर्थक होइन | पहिलो निर्वाचनमा पनि मैले ओबामा क्याम्पेनमा खुलेरै लागेको हुँ | मन र आस्थाले मलाई बर्नी स्यान्डर मन पर्छ | दक्षिणपन्थी अमेरिका अर्को बीस बर्ष बर्नी स्यान्डर जस्ता समाजवादी (उसले आफुलाई सोशिलिष्ट खुलेरै भन्छ) र नास्तिकलाई आफ्नो राष्ट्रपती बनाउने क्षमता र औकात राख्दैन | तर अहिले बर्नी स्यान्डरको र्यालीमा देखिएका हज्जारौंको उपस्थितिले त्यस्तो दिन र सम्भावनाको उपेक्षा नै चाही गरेको छैन |  मेरो अग्रिम वधाई हाम्रा पहिलो अमेरिकी महिला राष्ट्रपती हिलारी रोधाम क्लिन्टनलाई !

ugeslimbu · Oct 23, 2015 10:53 AM · 14,623 views

1 Reply

अमेरिका को रास्त्रपतिमा हिलारीले जित्ने कुरामा म लाइ बिस्वास छैन, रिपब्लिकन आउछ येस्पाली |तपाइलाइ हिलारी मन पर्ने रहेछ , उसले पादेको सुन्नुस | https://www.youtube.com/watch?...

prabhat41 · Oct 25, 2015 7:15 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all