नेपालका भूकम्प पीडितलाई क्यानडाले धमाधम भिसा दिन थाल्यो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

टोरेन्टो, क्यानडा, ५ कात्तिक । क्यानडा सरकारले भूकम्प पीडित नेपालीका लागि सहज रुपमा भिसा दिन थालेको छ । महाभूकम्पबाट प्रभावित भएको सम्पूर्ण विवरण दिने आवेदकलाई सहज रुपमा तत्कालै भिसा उपलब्ध गराइएको क्यानडा सरकारले जनाएको छ । क्यानडाका सिटीजनसिप र इमिग्रेसन मन्त्री क्रिस अलेक्जेन्डरका अनुसार, भूकम्पबाट प्रभावित आवेदकको सम्पूर्ण आवेदन पक्रिया अन्यको तुलनामा निकै सहज र छिटो रुपमा गरिएको छ । उनका अनुसार, क्यानडा भित्रै रहेका र छोटो समयको भ्रमण भिसामा क्यानडा पुगेकाले पनि भूकम्पबाट प्रभावित भएको विवरण पेश गरे आफ्नो बसाई लम्ब्याउन पाउने छन्। तर, उनले यो अवधिमा कति नेपालीले भिसा पाए भन्ने बारे एकिन तथ्यांक भने दिएनन् । कसरी लिने भिसा ? क्यानडाको सिटीजनसिप र इमिग्रेसन मन्त्रालयका अनुसार, भिसा पाउनका लागि सबैभन्दा पहिले क्यानडा इमिग्रेसनमा निवेदन दिनुपर्ने हुन्छ। भूकम्प प्रभावितका लागि मन्त्रालयले विशेष इमेल र फोन नम्बरको समेत व्यवस्था गरेको छ । नेपालमा रहेका आवेदकले आफ्नो ठेगाना र कसरी भूकम्पबाट प्रभावित भएको जानकारीसहित दिल्लीस्थित क्यानडेली दूतावासको इमेल Delhi-immigration@international.gc.ca मा निवेदन पठाएपछि दूतावासले भिसा प्रक्रिया तत्कालै सुरु गर्छ । भ्रमण, अध्ययन वा कामका निम्ति क्यानडा आउन चाहने नयाँ आवेदकले पनि क्यानडाको सिटीजनसिप र इमिग्रेसनको वेबसाइटमा अनलाइन आवेदन दिएलगतै भूकम्पबाट प्रभावित भएको सम्पूर्ण जानकारी दिल्ली दूतावासको इमेलमा छुट्टै पठाउनु पर्नेछ। यसका साथै, सिटीजनसिप र इमिग्रेसनको कल सेन्टरको नम्बर १-८८८-२४२-२१०० मा फोन गरी आफू प्रभावित भएको जानकारी दिन सकिनेछ । नेपालको विनाशकारी महाभूकम्पप्रति अति नै सम्वेदनशिल देखिएको क्यानडाले तत्कालै ५ मिलियन क्यानडेली डलर सहायता घोषणा सहित एक उद्दार टोली नेपाल पठाएको थियो । - See more at: http://dainiknepal.com/2015/98...

cybernepali · Oct 22, 2015 7:07 AM · 1,708 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all