आखिर के नै गर्न सकेँर मैले पीँडिको डील्मा रोइरहेको दशैँ भित्र्याउन सकेको छैन तुलशिको मठबाट लक्ष्मीका पाइलाहरुलाइ घर भित्रको मन्दिरसम्म डोर्याउन सकेको छैन आशिर्बादका हातहरुलाइ निधारसम्म निम्त्याउन सकेको छैन खालि यो अपुरो जिन्दगी बाँचिरहेको छु बाँकि के नै गर्न सकेको छुर मैले! मेरो बरपिपल, ति खोलानाला अनि झरना त्यो हिमालबाट बग्ने चिसो हावा कहाँ छर म सँग बाबुको काँध, आमाको काख त्यो आकाशजस्तै बिशाल पानीजस्तै कोमल माया र निस्क्षल मायाको स्पर्श कहाँ पाउन सक्छु र म मात्र भावनामा मात्रीभूमी लिएर बाँच्ने मान्छे देशलाइ भूगोलको आक्रिति चित्र भित्र खोज्छु माटो छोएर रुन पो कहाँ सक्छुर म केवल कवितामा लेखिने मेरो जन्मभूमी अँगालेर चुम्न पो कहाँ सक्छुर म मेरा पुर्खाको थलो आज सपनाको कटेरोजस्तै भएकोछ कल्पनाको कसौटिमा पाकेको खिरजस्तै न त खान सक्छु न त दिनै सक्छु छड्कीरहेछ यो जिन्दगी अनगिन्ति सपनाहरुको खाड्कुलोमा घन्टाघन्टासंग तौलिएर डलरमा बिकेकाछन पसिनाहरु यतै जन्म भुमीकालागि खर्चिन पनि त सकेका छैनन्! उता देश दुखेको बेलामा छटपटिएको मत्रै हुन्छ जिन्दगी त र पीरमा मलम बनेर लत्पतिन पनि त सकिन आखिर के नै गर्न सकेँर मैले! बिजया दशमी सबैकालागि शुभरहोस|
ugeslimbu · Oct 19, 2015 2:49 PM · 10,983 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion