|||प्रणाम |||

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

|||प्रणाम ||| असरल्ल कथा छरिएका छन् एकबिना अर्को अपुर्ण| थुप्रो भित्र निसास्सिएको, अनि सम्झना र सपनाको जगमा अडिएको म| भावनाको कान्छी औलामा डोरिदै भ्रम लुरुलुरु आउछ, अनि तुवँलो बनेर छाउछ| सत्य!!! चलाएमान भै कन पनि अचल छ| अटल छ| आजर छ | अमर छ | बिशाल शब्दको बिशालताले उस्को बिशालता नाप्ने ? भो छडिदिउ! फगत फिस्फिसे हासो हुनेछ| येदि मनमा सत्यको अंश छ भने, त्यो सत्य साक्षी राखेर म नतमस्तक हुन्छु| मेरा बुबाआमा, साथीभाई, दिदीबहिनी, नातागोता, शत्रु अनि बैरी प्रति| क्रितज्ञ छु| आभारी छु| यो माया, प्रेम वा भनिने तिरस्कार र घ्रिणा प्रति| कारण एउटै! तिमी बिना अपूर्ण रहेछु म| Last edited: 18-Oct-15 11:21 AM Last edited: 18-Oct-15 11:28 AM

Void · Oct 18, 2015 11:07 AM · 18,012 views

1 Reply

https://www.youtube.com/watch?...

Pratik Koirala · Oct 18, 2015 7:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion