काठमाडौं, २८ असोज । एनेकपा माअाेवादीका नेता डा. बाबुराम भट्टराई र पूर्व राजा ज्ञानेन्द्र शाहबीच निकट भविष्यमै नयाँ शक्ति वा नयाँ पार्टी खोल्ने सहमति भएको खुलासा भएको छ । यस पार्टीमा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का समेत रहने स्रोतको दावी छ । गत संविधानसभाको निर्वाचनमा एमाओवादी तेस्रो शक्ति बनेपछि डा. भट्टराई पार्टीभित्र विद्रोह गर्दै आउनुभएकाे छ । डा. भट्टराई मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री भएको बेला करका दायरा बढाउनु भएकाे र राजधानीका सडक बढाउनुभएकाे थियाे । उहाको कार्यशैलीले जनता खुशी भएपनि माओवादी फुटका कारण पार्टी संविधानसभाको दोस्रो निर्वाचनमा तेस्रो शक्ति बनेको उहाको ठम्याई रहेको बुझिएको छ । भारतीय शक्तिहरूको दवाव आएपछि डा. बाबुराम भट्टराई र पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियतामा अब मुलुकले नयाँ शक्ति पाउने एक राजावादी पूर्व मन्त्रीले बताउनुभएकाे छ । डा. बाबुराम भट्टराईको नेतृत्वमा गठन हुने सो पार्टीको नाम ‘सोसलिष्ट पार्टी’ हुने भएको छ । राजा शाह त्यसको संरक्षणको पदमा बस्ने र डा. भट्टराईले पार्टीको अध्यक्ष पद लिने भित्री सहमति समेत भएको समाचार सुत्रको दावी छ । नेपाली कांग्रेस पार्टीको विकल्पमा बन्ने सो पार्टीले राजा राष्ट्रपतिको रुपमा रहने गरि ‘लोकतान्त्रिक गणतन्त्र’को पक्षधरहरूबीच नै लड्न सो पार्टी गठन गर्न लागिएको हो । पूर्व राजाका मुख्य सहयोगीहरू पूर्व सचिव, पूर्व राजदुत, सच्चा राजावादी, उद्योगपतिहरू र डा. भट्टराईका पक्षधर एमाओवादीका उच्च नेताहरू रहने सो पार्टीको जन्म भने माघ ८ गतेपछि हुने राजदरबार सुत्रको दावी छ । गणतन्त्रको स्थापना भएपछि पहिलो संविधानसभाले मुलुकलाई नयाँ संविधान दिन नसकेको महंगीले आकाश छोएको शान्ति प्रक्रिया भाँडिएको र राजसंस्थाप्रति जनताहरूको चाहना फर्किएको देखिएपछि भारतको दवावमा पूर्व राजा र डा. भट्टराईबीच भित्री सहमति भई नयाँ शक्तिको खोजी भएको राजावादीका एक नेताले बताउनुभएकाे छ । भट्टराई प्रधानमन्त्री भएको बेला पूर्वराजालाई नागर्जुन दरबारबाट खेद्ने अभिव्यक्ति दिनुभएका डा. भट्टराईले अहिले पूर्वराजासँग नजिक हुँदै नयाँ पार्टी निर्माण गर्नुको भित्री रहस्य फरक छ । कारण के छन् त ? पूर्वराजा ज्ञानेन्द्र शाहसँग केही शक्ति बाँकी नै छ । उनीसँग प्रशस्त पैसा छ, राष्ट्रपति बन्ने उच्च चाहना छ, डा. भट्टराईसँग विचार छ, संगठन गर्ने हिम्मत छ । यी दुवै मिली बनेको पार्टीले पुरानो कांग्रेस पार्टीको विकल्प दिन सक्ने सोच बनाएपछि पूर्वराजा र भट्टराई एउटै बाटोमा हिड्ने निश्चित भएको सुत्रको दावी छ । पूर्वराजा विरामी भएर नर्भिक अस्पताल भर्ना भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई अस्पतालमै भेट्न डा. भट्टराई पुग्नुभएकाे थियाे । यसले थप पुष्टी गरेको छ अब पूर्वराजा र भट्टराई एउटै बाटोमा हिड्ने छन् स्रोतको दावी छ । डा. भट्टराई पार्टी अध्यक्ष बन्ने पार्टीमा भने पूर्वराजा शाह संरक्षक रहनुहुने छ भने पूर्वमन्त्री श्री शम्शेर जवरा, पूर्व सेनापतिहरू पूर्व राजदुतहरू भट्टराई पक्षका नेताहरू र वरिष्ठ डाक्टरहरू वरिष्ठ समाजसेवीहरू वरिष्ठ पत्रकारहरू र कांग्रेस नेता खुमबहादुर खड्काको समेत सो पार्टीमा रहने बुझिएको छ । डा. भट्टराई पक्षका एक माओवादी नेताले बताए अनुसार माघ ८ गतेपछि मात्रै पार्टी घोषणा गरिनेछ । संविधान जारी गरेपछि हुने चुनावमा भाग लिने गरि उक्त पार्टी दर्ता हुने भएपनि तयारी भित्री रुपमा भईरहको स्रोतको दावी छ । हाम्राे सन्देश बाट । - See more at: http://purbelinews.com/2015/10...
cybernepali · Oct 16, 2015 11:59 AM · 14,364 views
Dr. Bhattarai is trying to use or get used here?? जे भएनी सास छउन्जेल आस भन्छन त्यहि होला!
magdadela · Oct 16, 2015 12:54 PM
Trying to scare people in the name of ex-king?
MaGorkhe1 · Oct 16, 2015 5:59 PM
हैन खुम बहादुर( भ्रस्ट भएपनि ) र पुर्ब राजा तेत्ति तल चै गिरेका छैन |
prabhat41 · Oct 17, 2015 5:38 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion