‘५ हजार डलरमा बिके खेलाडी’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हामी चाही देशका गहना हुन् खेलाडी भन्ने, वावा गर्ने , game हेर्न जाने, coach को लागि , traning को लागि पैसा खर्च गर्ने , इनेहरु चाही 2008 देखे नै match fixing गर्ने , तपाई हरु पनि पद्नुष खबर http://kantipur.ekantipur.com/...

thukka · Oct 15, 2015 9:03 AM · 13,364 views

9 Replies

नेता देखि खेलाडी सम्म भ्रस्ट हुने देशमा म कसरि बाच्नु? भैगो म नेपाल फर्किन्न, मलाई अमेरिका नै मन पर्यो.

ujl · Oct 15, 2015 10:15 AM

Neta sold the country these people sold themselves. Poor people bought by Christians. So What a big deal? Last edited: 15-Oct-15 06:31 PM

magorkhe1 · Oct 15, 2015 10:28 AM

I heard NRNs who gathered in Kathmandu this week got bought as well and settled without the actual voting and yielded to whoever bidded highest. It's all money game, sadly.

jerryswari · Oct 15, 2015 11:18 AM

आफ्नो देशमा प्रतिभाको कदर हुदैन बिचाराहरुलाई अरु देशले प्रतिभाको कदर गरेछ

Abbal · Oct 15, 2015 11:27 AM

What's surprising to me is that people have to PAY US for us to lose the match. Don't we lose normally? I guess they wanted to make sure we lost by certain goals. Funniest: ७. सन् २०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा हामी प्रति खेलाडी USD 5000 लिने गरी सर्त भएकोमा खेलको अन्त तिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोले रकम नपाएको ।

BadhiJanne · Oct 15, 2015 2:37 PM

जे होस् सट्टेबाज हरुको नजरमा भए पनि नेपाली फूटबल टोलीको केहि हैसियेत रहेछ भन्ने हाम्लाई लाइराछ ..कुरो मुजी गणेश थापा त अझै एन्फा प्रेसिडेन्ट भैराख्या छ ..हाम्रा खेलाडी हरुले दिएनन् जस्तो छ match fixing को कमिसन |||

dream_big · Oct 15, 2015 2:47 PM

म्याच फिक्सिङबारे एन्फालाई पहिले नै जानकारी ! आश्विन २७, २०७२- सन् २०११ मा नयाँ दिल्लीमा भएको साफ च्याम्पियनसिप अगाडि नेपाली राष्ट्रिय फुटबल टिमको तयारी लागि विदेश भ्रमणको कार्यक्रम तय भएको थियो । त्यति बेला नेपाल फिलिन्सिको मनिला र मलेसियाका क्वालालम्पुरमा गएको थियो ।  त्यस भ्रमणका क्रममा नेपालले फिलिपिन्ससँग एक औपचारिक खेल पनि खेलेको थियो । त्यही बेला नेपालका केही अन्तर्राष्ट्रिय खेलमा मिलोमतो भएको आशंकाको चर्चा सुरु भइसकेको थियो । केही खेलाडी विदेशी एजेन्टसँग सम्पर्कमा थिए भन्ने पनि जानकारी निस्केको थियो ।  कुन कुन खेलमा मिलोमतो भएको त्यो भने तय थिएन । विदेशी मिडियाले पनि नेपालका केही खेल शंकास्पद भएको समाचार दिइरहेका थिए । त्यति बेला नेपाली टिमका प्रशिक्षक बेलायतका ग्राहम रोबर्टस थिए । यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा) सम्म पनि जानकारी पुगेपछि सबै खेलाडीलाई बोलाएर गोप्य बैठक राखिएको थियो ।  त्यसमा एन्फा अध्यक्ष गणेश थापा स्वंय उपस्थिति थिए । त्यति बेला खेलमिलोमतोबारे बैठकमा ब्यापक चर्चा भएको थियो । त्यस बैठकमा अध्यक्ष थापाले खेलाडीलाई म्याच फिक्सिङबारे बाहिर मिडिया र अरु कतै कसैलाई नभन्न र चुपचाप बस्न सबै खेलाडीलाई पशुपतिनाथको नाम लिएर वाचा गराएका थिए ।  त्यतिबेला खेलाडीलाई यसबारे बाहिर भनेको खण्डमा आउने पुस्ता पुस्तासम्म पनि सराप लाग्ने वाचा गराएका थिए । त्यसपछि खेलाडीले यसबारे बाहिर चर्चा नै गरेनन् । तर अधिकांस खेलाडीलाई आफूबीच नै केहीले मैदानमा अस्वभाविक प्रदर्शन गरेको शंका पनि थियो ।  प्रकाशित: आश्विन २७, २०७२ http://kantipur.ekantipur.com/...

metta · Oct 15, 2015 4:40 PM

His job is secured for 2 more years. In Nepal corruption prevails.

magorkhe1 · Oct 18, 2015 6:09 PM

https://www.youtube.com/watch?...

Pratik Koirala · Oct 18, 2015 7:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all