अपराधि कुक्कुर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हैन सारा संसार को समस्या मुजी मैं माथि आइलाग्छ भन्या घण्टा जस्तो. हिजो साँझ को कुरो हो, जाँठी गर्लफ्रेन्ड हिजो दिउँसो एक्रन बाट आइ कुक्कुर छोडि वापिस एक्रन गइ. मुजी कुक्कुर लाइ अफिस बाट आए पछि मुताउन बाहिर बाटां लगियो, चिक्ने कुक्कुर येत्रो बडेमान को छ कि तान्यो भने खुट्टा मा रोलर ब्लेड लाग्या झैं गुड्छु. बाटामा जान पाछैन कुक्कुर मुजी घासाँ के के जाति सुन्घ्यो अनि मुजी एउटा रुखां खुट्टो उठाएर तुर्क्यायो. अब मुजी हाताँ गु सोर्ने ग्लव त छ तर मुत चाहिं मुजी कल्ले सफा गर्ने? जाँठो ससुरोले? डराइ डराइ लीश तानें मुजी ग्वार्र पो गर्छ घण्टा जस्तो. एनिवे पर बाट एउटि भोलि नै खुस्केली जस्ती बुढी एउटो मुसो जस्तो कुकुर लिएर आइ. चिवावा कि के जाति भन्छ नि? हो त्यो. अब मेरी गर्लफ्रेन्ड को कुक्कुर भने कान ठाडो पारेर ग्वार्र गर्दै भुक्छ पो त. माम्पाखा "आर्थर हष हष" भनें, मुजी घण्टा टेर्थ्यो? तान्दै दौडाउँदै बुढी तिर लेर गयो पापी ले. बडेमान को कुक्कुर आ देखेर बुढी को सातो पुत्लो कुलेलाम, चिवावा कुइं-कुइं गर्दै बुढी को गोडा पछाडी लुक्यो, आर्थर मुजी चाहिं ७ दिन बद्रि केदार धाएर दिक्क भएर हस्ते दिंदै गर्या बेलाँ पूर्णतः नग्न माधुरी दिक्षित भेट्या झैं त्यो मुजी मुसो माथि जाइलाग्यो. बुढी "नो नो" भन्दै थिइ मुजी आर्थर चिवावा माथि चढिगयो, अब परेन मुजी फसाद? त्यै बेलाँ रत्ने याद आयो, मेरो स्कूल पढ्दा खेरि को साथि, संगै बिसाल बजार बाट पानि पोखरी हिंडदै जान्थ्यौं, मुजी एक नम्बर गफास्टिक, जाँठोलाइ कुक्कुर चिक्या देख्नै नहुने, ढुंगा ले हान्थ्यो जैले नि. करीब ३०/४० कुक्कुर को सम्भोग तोड्या थियो चिक्ने ले. हत्त न पट्ट मुजी फोन निकालें, इन्स्योरेन्स थियो, अट्टर बक्सां नि थियो मार ताकेर हिर्काएं अपराधि को टाउकाँ, चिक्न तयार भा कुक्कुर अचानक कुइं कुइं गरेर पछि हट्यो. त्यसपछि फोन उठाएँ, सलामतै रैछ, बुढी को अनुहार नहेरी 'सरि' भने अनि मुजी कुक्कुर लाइ घिंछ्याउँदै वापिस घर लगें. अब मुजी बुढी ले मलाइ सू (मुत्ने सू हैन नि फेरी) गर्छे कि गर्दिन होला?

underwear · Oct 13, 2015 11:11 AM · 33,842 views

19 Replies

ल अझ कार्तिक लाग्न दुइ चार दिन बाकि छ !!!! ऊन्देर्वेअर को दशैं त तेही कुकुर ले मनाउने भो ..बरु येही दशैंमा खसी बनैदेउ त्यो जाठो कुकुरलाई ...न रहनछ बास न बज्छ बासुरी :)

dream_big · Oct 13, 2015 11:46 AM

वास्तविक घटना होस् अथबा काल्पनिक लेखाई अति सुन्दर छ( प्रयोग भएका अस्लिल शब्द ) बाहेक पढेर दिलखुश हुन्छ / लेख्दै जाऊ मित्र अनि यी हाम्रा अस्लिल शब्द नलेखेकै राम्रो होला बाकी नो कम्प्लेन / गूद जब !!!

lekalikrishna · Oct 13, 2015 11:49 AM

girlfreind ले चै तेती ठुलो कुकुर किन पालाय्नी ? आफैलाई [Disallowed String for - ...]ौनालाई ?

gone12 · Oct 13, 2015 1:32 PM

ड्रिम बिग ब्रदर, आस्चर्य को कुरो के छ भने कुक्कुर इज अलरेडी स्पेड तर काम वासना सुसुप्त अवस्था मा रहेछ भन्ने मेरो अड्कल छ. गन१२ ब्रदर, अब उ बस्छे एक्रन मा, मा जाँठो क्लिव्ल्याण्ड मा, कुक्कुर मात्र किन, भेडा,बाख्रा,काले, अमिगो सबैलाई भ्याउँदि हो. म आफु कुन मार को दुध ले धोइयेको छु र? र थ्याङ्क्स फोर पिकिंग माइ वर्ड्स अपार्ट, तिम्री आमा ले मूला, गाजर, काँक्रो काट्दा, र लामो पाइप ले बगैंचा मा पानि पटाउँदा तिम्रो दिमाग मा के के खेल्ने रैछ भन्ने सारा साझा वासी ले थाहा पाए. :) कृष्णज्यु, धन्यवाद, विचार पुर्याए लेख्न जे पनि सकिन्छ,स्लील अस्लील भन्या आफ्नो ठाउँ मा छ, मेरो गन१२ ब्रदर लाइ जवाफ देखि हाल्नु भो, साझा मा येस्ता युज़र टन्नै छन्, यी जाँठाहरु रहुन्जेल राम्रो लेखाइ को कदर विरलै हुन्छ, हेन्स छाडा लेखिन्छ.

underwear · Oct 13, 2015 2:07 PM

I remember seeing an ad of Go Go Washing Powder between Saturday movie on Nepal TV when I was a kid. In that funny ad, a comedian goes something like "kukurle pani malai nai lakhat ne, gai le pani malai nai lakhatne......." just thought of that ad after reading your Sajha posts.

ramas · Oct 13, 2015 3:41 PM

I remember it too, I was a child then. तर मलाइ मुजी गोपाल राज मैनाली को नाम लियो कि रीस उठ्छ, मुजी त्यस्तो थर्ड क्लास कमेडी गरेर नेपालि जाँठा हरु को सेन्स अफ ह्युमर लाइ अघि बढ्न नदिने पार्ने एक मात्र जिम्मेदार तिनी हुन्. त्यसपछि मह जोडी.

underwear · Oct 14, 2015 7:34 AM

घच्चीको लेख्छौ भित्रि-कट्टु मित्र . तिम्रो छोटो लेख/कथा जे सुकै भन , पढ्न चै मज्जा हुन्छ . अलिक मानसिक तनाव कम गर्ने खाल को ..... स्लिल/अस्लिल भन्या त अब फिल्टर गरेर पढ्ने नि .... - थाहा छैन

ThahaChaena · Oct 14, 2015 8:59 AM

underwear मित्र तिम्रो लेखाई लाई त मान्नै पर्छ / लेख्दै जाऊ टिकेस काटेर भएपनि पढ़ौला पैसा असुल हुन्छ / तिमीलाई साझाको हिरो लेखक बनाउन भोट हाल्न पर्छ भने पनि पछि हटिन्न/ अति रेअलीस्टिक छ तिम्रो लेखाई / काल्पनिक जस्तो नै लाग्दैन / लौ साथी तिम्रो जय होस् अरु लेख पढ्न पाउनु पर्यो , सक्छौ भने अस्लिल शब्द नराखे हुन्थ्यो / धन्यबाद ,साधुबाद

lekalikrishna · Oct 14, 2015 9:35 AM

थाहा छैन र कृष्ण दाजु, धेरै धेरै धन्यवाद मनपराइदिएको मा, हुनत मन नपराएपनि म के गर्न सक्थें र, तर म जस्तो अधर्मी, असती, अपराधि को थ्रेडां यहाँहरु जस्ता भलादमीहरुले सुन्दर वाच्य बोलिदिनु भएको मा हृदय देखि नै ग्राटिचुड अर्पण गर्छु. मेरो काम मन को भडास निकालेर साथि भाइ लाइ हँसाउने हो, अरु केहि हैन. मलाइ बोरिङ्ग गफ, बिना तुक को कुरा, जरुरत भन्दा ज्यादा भाषण हरु सित दिक्क लाग्छ, त्यसैले त्यस्ता थ्रेड बाट म परै हुन्छु. अब छाडा लेख्ने कुरा मा चाहिं कृष्ण दाजु को सलाह को कदर गरेर धेरै अपशब्द लेख्दिन तर सम्भोग छोडे नि "मुजी" र "जाँठा" शब्द चाहिं मरिगए छोड्न सक्दिन, मलाइ नलेखे खाको पच्दैन, अरुलाई नपढे हाँसो उठ्दैन, फेरी संस्कृत बोल्ने यहाँ कमै छन्. तर उरनठ्याउला हरु ले मलाइ बेतुका कुरा मा च्यालेन्ज गरे भने चाहिं म संसारै उठाएर गालि गर्छु. आइ गेस माइ प्वाइण्ट इज - आइलागे म नि जाइलाग्छु :)

underwear · Oct 14, 2015 9:56 AM

ब्रो, अरु यी मुजी सभ्य हुनखोज्ने गेडेंहरुको कुरा तेस्तै हो.... तर ब्रो को लेख पढेर मेरो पाद नि कम् भा छ :)!! कीप राईतिंग ! असम रिड !! पी. एस. ----- अरु मुजी पडून नपडून....मा....मु....... अस्लिल्लाता भएन भने म चै वोट हाल्दिन

urban khasi · Oct 14, 2015 10:11 AM

Underware मित्र मैले त दहीको कचौरामा परेर मरेको कालो झिंगा निकाल्नु भन्या मात्रै हो / यदि निकाल्न मिल्दैन भनेपनि तिम्रो लेख पढिन्छ बरु तेस्त शब्द लाई स्किप गरेर भएपनि / तर लेख्न चाही नछोड साथी / म त रेखा थापाको भन्दा तिम्रो फ्यान पो हुन लागे ब्रो /

lekalikrishna · Oct 14, 2015 3:05 PM

Mero pani full support kattu/panty/thong mitra laai.

GwachAquarian · Oct 14, 2015 4:29 PM

Kattu Bro, Nepal ma huda ta bata ma kukur le chikeko katti dekhinthyo.. Kailey kai ta pariwar sanga hinda bich bato mai kukur haru chiki ra hune.. rag hunthyo ni bro.. Hamle pani dhunga hanera dherai kukur ko chikai bhanga gardeko chau bro..

dhukkure · Oct 14, 2015 4:31 PM

कृष्ण दाइ, ग्वांच, ढुक्कुरे र खसी, यहाँ हरु को मायालु शब्द सुनेर आँखा बाट आंसू आयो तुरी बाट मुत, त्यसैले बाथरूम गइ आँखा पुछी आधा लिटर तुर्क्याएर आएँ. जिउ नै हलुङ्गो भो. खास भन्ने हो भने यो नेपालाँ भुस्याहा कुक्कुर हरु को सम्भोग बन्द गर्न पर्छ, ढुक्कुरे ले भन्या जस्तै मुजी फ्यामिली सित पुतलिसडकाँ एकचोटी हिंडिरा बेलाँ. दुइ जाँठा कुत्ते कि औलाद हरु सारा समाज, संसार को लाज त्यागेर ड्याङ्ग कि ड्याङ्ग ठोकिरा. मुजी हग्ने लाइ भन्दा देख्ने लाइ लाज भन्या जस्तै टाडा बाट देख्ने बित्तिकै बाउ र भाइ लाइ छाडी कमिक्स पसलाँ छिरियो. यी मुजी कुक्कुर हरु कार्तिक भरि ठोकेर वर्षेनी हजारौँ भुस्याहा पप्पी हरु निकाल्छन, अब नेपालाँ बस्ने जाँठाहरु हरेक दिन अफिस, इस्कुल, बजार जाँदा तिनीहरु लाइ देख्छन र इण्डक्शन मार्फत भुस्याहा बानि अपनाउँछन्, अनि मुजी बन्द, हड्ताल, तोड फोड सबै त्यहि नतिजा हो. त्यसैले भुस्याहा कुक्कुर [Disallowed String for - ...]ाइ रोकौं, सुन्दर र शान्त नेपाल बनाउँ. जय देश- आफु जाँठो विदेश.

underwear · Oct 14, 2015 5:35 PM

Lau kukur kukurni haruko pani chahana pura hunu parena ra bhanya? Manche po yeso jodi milyo bhane yekanta thaunma moj garchan. Kukur kukurni le afno uttejana kaha gayera shanta parne? Jungali janawar pani parena bichara haru ani tyasmathi pani seasonally matrai uttejit hune parnu bhayo. Parena barbaad?

GwachAquarian · Oct 14, 2015 5:58 PM

मुजी कट्टु, जाँठो हिजो आजका कुकुरहरुलाई बार्है मैना कार्तिक लाग्या हुन्छ, मुजीहरुलाई पनि कट्टु लाईदिनु परो

youjizz · Oct 15, 2015 12:03 AM

कुकुरले chikyo यो कि chikenata ?  अब कट्टु, तिम्रो कुकुर ले बलात्कार गरेको रैछ भनेत दशैदशा ... सु त १००% ... Last edited: 15-Oct-15 12:17 AM

thirdLeg · Oct 15, 2015 12:17 AM

आज भोलि त कार्तिक पनि चाडो लाग्दो रैछ यो कुकुर हरू लाई। मुजि भदौ देखि नै सुरु हुने रैछ। अस्ति एक महिना काठ्मान्डु जादा बाटो बाटो मा चिक्ने हरू को हूल। आफू ले बाइक पार्क गरेको नजिक एउता भोटे कुकुर ले दिरहेको रैछ आफू लै बाइक निकल्नु पर्ने। मुजि बाइक निकाल्न टेन्सन। फेरि चिकीरा झोन्क मा टोकिदियो भने । लुसुक्क चिया पसल तिर छिरे। यो ktm को नगरपालिका पनि गोल्लाडे छ के गर्ने। उहीँ कट्टु ले भने झै हग्ने लै भन्दा देख्ने लै लाज जस्तो।

robwin · Oct 15, 2015 6:57 AM

हैन मुजी यो त सां[Disallowed String for - ...]ै जटिल समस्या पो जस्तो लाग्यो, भुस्याहा कुक्कुर को बिग बिगी ले देशै खत्तम. सम्विधानां कुक्कुर हरु को एस्तो छाडापन लाइ एड्रेस गर्या छ कि छैन हँ? हुन त उनीहरु कि अधिकार को कुरो हो, ठोक्न पाएनन भने आफ्नै जोइ माथि चढ़लान मोरा हरु, त्यसैले एउटा कुक्कुर ठोकाई सदन बनाउनु पर्यो बीच रत्नपार्काँ, मात्र कुक्कुर कुक्कुर्नी अलाउड भनेर, कुक्कुर्नी हरु को खाना मा कन्ट्रसेप्टिव मिस्साउनु नि पर्‍यो अरु कुक्कुर नजान्माउन भनेर, नत्र कुक्कुर का लाडाँ मा त ढाल लगा लगाइ हो.

underwear · Oct 15, 2015 8:40 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all