पदमुक्त राष्ट्रपतिलाई मासिक एक लाख १० हजार र दूधालु गाईसहितको सुविधा चाहियो -

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एक महिनाभित्र शीतल निवास छाडनुपर्ने राष्ट्रपति डा. रामवरण यादवलाई चाहिने सुविधाबारे राष्ट्रपति कार्यालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । ‘पद–निवृत्त राष्ट्रपतिका लागि सुविधा प्रबन्धबारे’ शीर्षकमा मुख्यसचिवलाई सम्बोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाइएको हो ।मन्त्रिपरिषद्को कार्यालय स्रोतबाट रातोपाटीलाई प्राप्त उक्त प्रस्तावमा निवृत्तभरणको सामान्य सिद्धान्तअनुसार तलबको कम्तीमा आधा रकम पाउने भएकाले सोही अनुपातमा पद–निवृत्त राष्ट्रपतिका लागि मासिक निवृत्तभरणको रकम ६० हजार राखिएको छ । यो प्रस्ताव राष्ट्रपति कार्यालयले असोज २२ गते मन्त्रीपरिषद्मा पठाएको हो ।यसैगरी, पद–निवृत्त भए पनि पद–निवृत्त राष्ट्रपतिको भेटघाट, औपचारिक÷अनौपचारिक भ्रमण, राज्यका सामाजिक–सांस्कृतिक लगायत छलफल आदिमा उपस्थित हुन सक्ने कारणले गर्दा अतिथि सत्कारतर्फको खर्चमा हाल प्राप्त रकमको आधा रकम अर्थात् मासिक ५० हजार मागिएको छ । यसरी एकमुष्ठ मासिक एक लाख १० हजार उपलब्ध हुनु उपयुक्त देखिन्छ भन्दै सिफारिस गरिएको छ ।पद–निवृत्त हुने राष्ट्रपतिका लागि आवासको व्यवस्था पनि गर्न सिफारिस गरिएको छ । हाल सरकारले यस सन्दर्भमा कुनै पनि पूर्वनिर्णय गरिसकेको छैन । संवैधानिक व्यवस्थाअनुसार वर्तमान राष्ट्रपति पदमुक्त हुने भएमा राष्ट्रपतिका लागि सम्मानजनक सुविधायुक्त आवासको व्यवस्था हुनुपर्ने नै हुन्छ ।सवारी–साधनको व्यवस्था पद–निवृत्त राष्ट्रपतिका लागि जम्मा दुईवटा सवारी–साधनको प्रस्ताव गरिएको छ । औपचारिक हिसाबले संलग्न हुनुपर्ने अवस्थामा र फिल्ड भ्रमण जाँदा प्रयोग गर्ने अर्को गाडी समेत दुई गाडीको सुविधा हुनु उपयुक्त नै हुन्छ ।पद–निवृत्त राष्ट्रपतिका लागि उपलब्ध हुने सेवा–सुविधाको प्रशासकीय रेखदेख गर्न उनको आवास परिसरमा नै रहने गरी एउटा सानो आकारको कार्यालयको स्थापना गर्नु उपयुक्त हुने सिफारिस गरिएको छ ।विदेशीसँगको भेटघाट र परिआउने व्यक्तिगत सद्भावपूर्ण पत्राचार गर्ने लगायतको प्रशासकीय प्रबन्ध गर्न एक सहसचिव स्तरको कर्मचारीको नेतृत्वमा कर्मचारी समूह रहने प्रस्ताव गरिएको छ । दूधालु गाईको व्यवस्थाहाल नेपाल सरकार, पशुसेवा विभागबाट दूधालु गाईको व्यवस्था हुँदै आएकाले सोको निरन्तरताका लागि आवश्यक व्यवस्था हुन प्रस्ताव गरिएको छ ।असोज १५ गतेदेखि रूपान्तरित व्यवस्थापिका संसदको अधिवेशन सुरु भएको छ । यो अधिवेशनले नेपालको संविधानअनुसार नया“ राष्ट्रपतिको चयन गर्नेछ । नया“ राष्ट्रपति आएलगत्तै वर्तमान राष्ट्रपति निवृत्त हुने भएकाले उनको बसोबास र जीवनयापनका लागि आवश्यक प्रबन्ध गर्नुपर्ने राष्ट्रपति कार्यालयको भनाइ छ ।नेपालको संविधानको धारा ७२ बमोजिम सम्माननीय राष्ट्रपतिका लागि पारिश्रमिक तथा अन्य सुविधा संघीय ऐनबमोजिम हुनेछ र त्यस्तो ऐन नबनेसम्म नेपाल सरकारले तोकेबमोजिम हुनेछ भनी उल्लेख भएको छ ।‘पद–निवृत्त राष्ट्रपतिका लागि निवृत्तभरण, आवास, कर्मचारी, सवारी–साधन, टेलिफोन÷मोबाइल, इन्टरनेट, पत्रपत्रिकालगायत अन्य सुविधाको प्रबन्ध गर्नु बाञ्छनीय भएकाले संलग्न प्रस्तावबमोजिमको व्यवस्थाका लागि निर्णय हुन अनुरोध गर्दछु’ भन्दै राष्ट्रपति कार्यालयका सह–सचिवले पत्राचार गरेका छन् 

billdeblasio · Oct 12, 2015 9:45 AM · 6,763 views

3 Replies

राजा गए रजौटा आए |

Biruwa · Oct 12, 2015 10:04 AM

देश को ढुकुटी सिद्दाउने भए नपुंसक हरुले ।

mangale · Oct 12, 2015 10:24 AM

It's ok to give some benefit to make decent living and education for kids and housing. After all it's president of sovereign country. If they can't make decent living they will be forced to make money in some other way while they are in position. Dhudhalu cow for every president is weired, what if some else want tiger as pet :)

meraj · Oct 12, 2015 11:25 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all