रुख !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एउटा रुख थियो । असारको झरीमा,कुलोको डिल माथि हिलो खेल्दै गर्दा मान्छे मोरे... रे... भन्ने सुनिन्थ्यो... हुँदा हुँदै त्यो कुलोमा, साउनको भेल सँगै मनिसका रगत बगे ! मलामीको लर्को, त्यही रुख भएर मसानघाट पुग्दा मटानदेखी बुइगलसम्म छेस्किन हाल्न त सबैले सम्झे .... तर दैलो उघारेर .... परिवर्तन ल्याउछु भनी हिडेको छोरोलाई कसैले रोकेन.... त्यही छोरोको जुठोले दशै छेकियो, तिहारको दियोमा आमाको छाती पोल्दा, सयपत्री रुगेर बसेकी बैनीले यमराज छेक्न भ्याइन, खै परिवर्तन त आयो कि आएन तर मरेको/ बाचेँँको /बेपत्ता भएको छोरो आएन त्यो छोरो बिलायो त्यो समय, त्यो रुख बिलायो ! एउटा रुख छ ! छेमेकीले जन्ती बाख्रो बानेको देखेर बलुवाले दाँत माझेर बस्ने थलो, माघ पुषको जाडोमा मण्डीसम्म उसैको मागेर उतैको देवता उतै को ईश्वर भाकेर बस्ने जुकाहरु छन् जो त्यो रुख फलाउंछ, जब मधेस पहाड हिमाल त्यो रुखले ढाक्छ, जुकाहरुले ढाक्छ्न, फेरी असार आउँछ, फेरी रगत बग्छन् मलामीको लर्को हेर्र्दै आमा भन्छिन- "बाबु त्यो रुखमा भुत छ" । Last edited: 11-Oct-15 09:43 PM

jhaukiri · Oct 11, 2015 9:40 PM · 26,553 views

9 Replies

Maarmik

BadhiJanne · Oct 11, 2015 10:09 PM

Ekdaam Gahaan! Pahilo Kaal : Marrmik Dosro Aadhyaya : Yathartha Prerit Aajhai chan bhane.. Aru ni jaaos.

daum · Oct 11, 2015 10:38 PM

यस्तो मिठो कविता अनि तेस्मा पनि यति गहिरो भाव बरु एउटा छन्द को कविता नि पढ्न पाए हुन्थियो नि हजुर को आशा छ है

kamal kattel · Oct 12, 2015 3:39 AM

निक्कै शसक्त कविता झ्याउँकिरि जी . पहिलो रुखमा हिजोको प्रताडना र दोश्रो रुखमा अहिलेको बेदना समेटिएर आयो भूताहा रुख . - थाहा छैन

ThahaChaena · Oct 12, 2015 9:17 AM

Excellent!!

hurray · Oct 12, 2015 12:04 PM

U can write. Keep it up !!! Sajha needs real poets like u. Not pretenders.

bairaghi · Oct 12, 2015 7:00 PM

Thank you everyone...will keep on writing :)

jhaukiri · Oct 13, 2015 2:01 PM

सधै झैँ यो रचना पनि सुन्दर र अर्थपुर्ण लाग्यो भाइ ..

Geology Tiger · Oct 14, 2015 6:51 PM

Dai Thank you :)

jhaukiri · Oct 15, 2015 8:55 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all