प्रधान मन्त्रि निर्वाचनमा भारतले डेढ अरबको लगानी गरे | प्रति सभासद पचास लाख

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, २३ असोज । शनिबार राति भारतबाट झण्डै डेढ अर्ब रुपैयाँ काठमाडौं पुगेको छ । भारतको चेन्नाईबाट नेपालस्थित राजधानी काठमाडौंको लैनचौरमा रहेको भारतीय राजदूतावासको खातामा ९५ करोड भन्दा बढी भारतीय रुपैयाँ आएको स्रोतबाट भर्खरै जानकारी प्राप्त भएको छ । भोली(आइतबार) हुने प्रधानमन्त्रीको निर्वाचनलाई सांसद खरिद गर्न र केपी ओलीलाई हराउन भारतले गोप्य रुपमा रातारात नेपाल पैसा पठाएको उच्च स्रोतले जानकारी दिएको हो । राति साढे ८ बजेको समयमा उक्त रकम चेन्नाईबाट नेपालस्थित भारतीय दूतावासका कर्मचारी (Turai murgan)को नाममा SBI बैङ्कको (A/C number- 77008903617) मार्फत ९३ करोड भारु ट्रान्स्फर भएको जानकारी भर्खरै प्राप्त भएको छ । पैसा काठमाडौं आएपछि केही सभासद भारतीय दूतावास लैनचौर पुगेका छन् । दूतावासले बार्गेनिङमा रहेका केही सभासदलाई पैसा बाँडिरहेको बुझिएको छ । प्रति सभासद पचास लाखका दरले पैसा बाँडिएको स्रोतको दाबी छ ।

cybernepali · Oct 10, 2015 10:28 PM · 1,615 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all