||| बिछोड "I" ||| झझल्को सुइरोको अर्को नाम हो, च्वास्स् घोच्छ्| भारी छ र नै त चौतरो खोजिन्छ | यात्रा ऊग्राउदै गरेको, बडेमानको भैसी जस्तै लम्मतन्न परेर लडेको छ| चौतरोमा सुस्ताउदै सहयात्रीसङ् बात मार्नुको मज्जानै बेग्लै| मस्तिस्कले भारी चाटक्कै छाडिदिन्छ, एकैछिन् भएपनि | बास्तबिक्ता! थाप्लोमा नाम्लोको डाम्, र ढाडमा भारीले उठाएको ठेलो| चाहना, सपना, ईछ्या, आकंक्षा, प्यास्, आश, मिलन, बिछोड, आदि इत्यदिले जतन गरी कसेको भारी| भारीभित्र कुनाकोप्चामा कोचिएका पोकापन्तुरा| पोको फुकाउदै सहयात्रीलाइ देखाउदा छामिदिने अनि बुझिदिने आशा | माया! द्रिस्टी गुमाएको समाजमा एस्को परिभाषा धमिलो छ्| शायद मलम र माया एउटै धारमा बग्दछ| त्येसैलेहोला मलमलाई माया भनि दिग्भ्रमित भएकाछौ हामी साधारण मान्छे| म पनि एस्को परिभाषामा अल्झिऐको छु , भौतारीएको छु| त्येसैले म बहकिएको छु। गनाएको छु। भनिन्छ माया गासिएपछि फुकऊन् गार्हो| समय बलबान छ र कठोर पनि| त्येसको अघिल्तिर निरिह हुनुनै पर्ने बाध्यता| निधारको डाम र ढाडमा उठेको ठेलो सन्चो हुन नपाउदै, समयलाइ फेरि भेटाइदिने जिम्मा दिई बढनुछ, लमतन्न परेर सुतेको निस्पट्ट कालो यात्रामा ............................
Void · Oct 9, 2015 2:33 PM · 17,542 views
बिम्बहरुको प्रयोग राम्रो लाग्यो .
ThahaChaena · Jul 28, 2016 2:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion