मुलुक नाकाबन्दीमा, परराष्ट्रमन्त्री अमेरिकामा आफन्त भेटघाटमा !पहिलोपोस्ट - | 8th October 2015 | काठमाडौं : मुलुकमा भारतले गरेको अघोषित नाकाबन्दीले सन्त्रासको वातावरण बनिरहँदा मुलुकका परराष्ट्र मन्त्रीको भूमिका के हुन्छ ? सबैको जवाफ एउटै - समस्याको समाधानका लागि पहल गर्ने। आयातमा पूर्णत: भारत निर्भर मुलुकको भारतसँग कुटनीतिक सम्बन्ध बिग्रिरहेको र त्यसको असर मुलुक क्रमश: सिथिल बन्दै गइरहेको अवस्थामा मुलुकको परराष्ट्र मामिलाको नेतृत्व गरिरहेका मन्त्री महेन्द्र बहादुर पाण्डे भने अमेरिकामा आफन्त भेटघाटमै रमाइरहे। गत वैशाख १२ गतेको भूकम्पपछि नेपालमा दाताहरुको चासो ह्वात्तै बढ्दा परराष्ट्रमन्त्री र अर्थमन्त्रीबीचको चिसो सम्बन्ध छताछुल्ल भएको थियो। यो प्रकरणमा पनि त्यही अवस्था दोहरियो। भारतले गरेको नाकाबन्दीविरुद्ध अर्थमन्त्री खुलेरै समाजिक सञ्जालमा आए। नेपालमा रहेका दातृ निकायलाई बोलाएर अवस्थाको जानकारी दिए। यसको जिम्मेबारी परराष्ट्र मन्त्रीको हुनुपर्थ्यो। परराष्ट्रमन्त्री त्यतिखेर संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिका गएकाले यसलाई स्वभाविक मानौ तर नाकाबन्दीको विषयलाई मन्त्री पाण्डेले त्यहाँ उठाउन सकेनन्। त्यही कार्यक्रममा भारतीय विदेश मन्त्री सुस्मा स्वराज पनि गएकी थिइन्, पाण्डेभन्दा धेरै ढिलो। अमेरिका भ्रमणको नेतृत्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरेका थिए। उनी नेपाल फर्किए तर फर्किएनन् मन्त्री माण्डे। उनी अमेरिकामा रहेका आफन्तसँग भेटघाटमा जुटे। नेपालीहरुका घरमा गए। कुनै पनि नेपालीले मन्त्रीलाई आफ्नो बैठकमा पाउँदा फोटो खिच्नु र सामाजिक सञ्जालमा अपलोड गर्नु अस्वभाविक पनि होइन। कुनै पनि मन्त्री विदेशमा रहेका नेपाली मुलका नागरिकको घरमा जानु नराम्रो होइन तर जतिखेर मुलुकको परराष्ट्र नीति सबै हिसाबले 'फेलियर' भइरहेको छ त्यतिखेर कुनै पनि मन्त्रीले देखाउने चरित्र भनेको 'डयलग' नै हो। सरकारको नेतृत्व गरेको कांग्रेसले भारतले गरेको अवरोधलाई 'नाकाबन्दी होइन' भनिरहेको छ। भारतको विदेश मन्त्रालयले दिनहुँजसो नेपालको आन्तरिक मामिला भन्दै दोष नेपालतिर देखाइरहेको छ। फन्दामा परेका जनता सबारीमा इन्धन र चुल्होमा ग्यास नपाएर छट्पटिएका छन्। मिडियाले जनताको भावना समेट्दै नकाबन्दीविरुद्ध 'लबिङ' गरेको छ। ठीक त्यतिखेर भारतले 'नाकाबन्दी गरेका छैनौं' भनिरहँदा मुलुकको परराष्ट्र मन्त्रालय मौन छ। ऊ भन्दैन, 'भारतले कुहिन लागेका तरकारी पठाउँदै गाडीको संख्या देखाउँछ तर आइओसीले तेल रोकेर राजनीतिक दबाब दिएको छ।' यतिखेर नेपालीसामु उठेको महत्वपूर्ण प्रश्न यही हो : के मुलुकमा परराष्ट्र मन्त्रालय छ? परराष्ट्र मन्त्री छन्? अमेरिकाबाट हिजो नेपाल फर्केमा मन्त्री पाण्डेलाई पहिलोपोस्टले टेलिफोनमा सोध्यो : मन्त्रीज्यू, नेपाल भारतबीच अहिलेको विषयमा के भइरहेको छ ? उत्तरमा मन्त्री पाण्डेले भने, 'म बुझ्दैछु। भोलि यतिखेरै फोन गर्नुहोला।' http://www.pahilopost.com/cont... Surendra Subedi: हाहाहा,बल्लपो बुज्ने अरे।सक्किगोनी!धिक्कार छ।
metta · Oct 8, 2015 4:11 PM · 2,534 views
http://kantipur.ekantipur.com/...
metta · Oct 8, 2015 4:13 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion