जम्मु कश्मिरमा ‘बिफ पार्टी' दिने सांसदलाई संसदभित्रै कुटपिट

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जम्मु कश्मिरमा ‘बिफ पार्टी' दिने सांसदलाई संसदभित्रै कुटपिट एजेन्सी श्रीनगर, असोज २१ भारतको जम्मु कश्मिर राज्यको विधान सभामा गाईको मासुको भोज (बिफ पार्टी) आयोजना गर्ने एक सांसदलाई भारतीय जनता दलका सांसदले संसदभित्रै कुटपिट गरेका छन्। बिहिबारको विधान सभा बैठकमा स्वतन्त्र सांसद इन्जिनिर रसिदलाई भाजपाका सांसदले ‘बिफ पार्टी‘ आयोजना गरेको भन्दै हलभित्र कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ। रसिदले बुधबार राति एमएलए क्यान्टिनमा गाईको मासुसहितको रात्रीभोज आयोजना गरेका थिए।     घटनाप्रति खेद व्यक्त गर्दै जम्मुकश्मिरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लाहले हरेक नागरिकको धार्मिक भावनाको सम्मान गर्नुपर्ने भन्दै भाजपा सांसदको हर्कत निन्दनीय भएको बताएका छन्। ‘मेरो धर्मले रक्सी खानु अपराध  मान्छ,  त्यसको मतलब मैले रक्सी खाएका सबैलाई आक्रमण गर्न पाउँदिन‘ उनले भने। भाजपाले जम्मु कश्मिर संविधानमा गाईको मासुलाई बन्देज लगाइएकोले यसको उल्लंघन गर्नेलाई मृत्यु सजाय दिनुपर्ने माग गरेका छन्।   रसिदले आफूले कुनै धर्मलाई अपमान गर्न नभई व्यक्तिले आफूले चाहेको खानेकुरा अदालत वा कानूनले रोक्न सक्दैन भन्ने सन्देश दिन सो पार्टी आयोजना गरेको बताएका छन्।    प्रकाशित मिति: बिहीबार, आश्विन २१, २०७२ १४:२२:५०

_____ · Oct 8, 2015 3:20 AM · 2,817 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all