मट्टीतेलको अभाबमा दाउरा बाल्दै चलाउँदैछन् भट्टी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तस्वीरः श्रीधर पौडेल १९ असोज, काठमाडौं । भारतीय नाकाबन्दीका कारण ग्यास सिलिण्डर रित्तिएपछि राजधानीका होटल एवं रेष्टुरेन्टहरुमा दाउरा बाल्न थालिएको छ । दाउराको प्रयोग गर्दा भन्छा कालो हुने, भाँडा माझ्न कठिन हुने र ग्यासभन्दा पनि महंगो पर्ने व्यवसायीहरु बताउँछन् । तर, दाउरामा पकाएको खाना मीठो हुने उपभोक्ताको अनुभव छ । ग्यासको अभावका कारण काठमाडौंका थुप्रै होटल र रेस्टुरेन्ट बन्द भएका छन् । सञ्चालनमा रहेकाहरुले पनि आफ्नो मेन्युअनुसार सेवा दिन सकेका छैनन् । बजारमा दिउँसो खाजा खान नपाइने अवस्था सिर्जना हुन थालेको छ । ग्यासको विकल्पका रुपमा होटल-रेस्टुरेन्टमा केही दिनयता दाउरा बाल्न थालिएको छ । दाउरामा पकाएको खानेकुरा मीठो भए पनि काम गर्नलाई कष्टप्रद हुने व्यवसायीहरु बताउँछन् । अनलाइनखबरले राजधानीका केही रेस्टुरेन्ट चाहारेर जानकारी लिने प्रयास गरेको छ : ग्यास भन्दा दाउरा महंगो पर्दोरहेछ -बेस्ट फुड क्याफे, पुतलीसडक म्यानेजर राजेश श्रेष्ठ भन्छन् : हाम्रो रेस्टुरेन्टमा दैनिक १५० जति ग्राहक आउँछन् । १५ वटा सिलिण्डर थिए, अहिले सबै खाली भएका छन् । दुईवटा हिटर पनि छन् । मेन्युको १५ प्रतिशत आइटम घटेको छ । चार दिनदेखि दाउराबाट पकाउन थालेका छौं । टेकुबाट २० रुपैयाँ केजीका दरले दाउरा ल्याएका छौं । एक केजी दाउरा एकवित्ता पनि हुँदैन । ग्यासभन्दा महंगो पर्दोरहेछ । तर, दाउराबाट पकाउँदा मीठो भएको फिडब्याक पाएका छौं । तर यसका बेफाइदा धेरै छन् । एकातिर धुवाँले आँखा पोलेर खपिनसक्नु हुन्छ, अर्कोतिर माझ्न पनि गाह्रो हुन्छ । घरको सिलिङ पूरै कालो भइसकेको अवस्था छ । दाउरा र भुसको चुलोमा पकाउँदैछौं -सीएफसी, कमलपोखरी सञ्चालक भीम श्रेष्ठ भन्छन् : पाँच दिन भयो, ग्यास सकिएको । दिनमा दुई सय प्लेट मम खपत हुन्छ । १३ जना कर्मचारी छन् । पाँच दिनदेखि दाउरा र भुसे चुलोमा पकाइरहेका छौं । मेन्युबाट १० प्रतिशत आइटम घटेको छ । पकाउँदा मीठो भए पनि काम गर्न कष्टप्रद हुन्छ । धुवाँले किचेन कालो भयो -क्वालिटी फुड क्याफे, चारखाल म्यानेजर राजकुमार श्रेष्ठ भन्छन् : २४ वटा सिलिन्डर थियो, सबै खाली भयो । मेन्युबाट ४० प्रतिशत आइटम घटेको छ । रेस्टुरेन्ट मर्मत गर्दाखेरिका दाउरा थिए, त्यही बालेर पकाइरहेका छौं । धुवाँले ग्राहकलाई पनि असर गर्न थालेको छ । सिलिङ चार दिनमा पूरै कालो भइसक्यो । किचेन पनि धुवाँले फोहोर देखिँदो रहेछ । कुकहरुलाई दाउरा बाल्ने अभ्यास छैन । दुई सिलिण्डर ग्यास पाँच हजार तिरेर पनि किन्यौं । अहिले त्यही पनि पाइँदैन । दाउरा ग्यासभन्दा महंगो पर्दोरहेछ । यस्तै अवस्थामा तिहारपछि चलाउन सक्दैनौं । खाना खुवाउन सकिएन -अनामनगरस्थित भान्छाघर होटल सञ्चालक भन्छन्ः ग्यास सकिएको दुई दिन मात्रै भयो । आज खान खुवाउन सकिएन । दैनिक तीन सय खाना खान आउँथे । घरमा आठ वर्ष अगाडि जर्किनमा राखेको मट्टीतेल रहेछ । पुरानो स्टोभ पनि भेटियो । त्यसबाट भोलिदेखि दुई-तीन दिन खाना खुवाउन सकिन्छ । भुसे चुल्होमा पकाउन थालेका छौं -हरियाली क्याफे, अनामनगर सञ्चालक भन्छन्ः ग्यास सकिएको दुई दिन मात्र भो । भुसे चुल्होमा पकाउन थालेका छौं । मेन्युका आइटम स्वाट्टै घटेका छन् । थप तस्वीर हेर्नुहोस्       अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ । - See more at: http://www.onlinekhabar.com/20...

cybernepali · Oct 6, 2015 8:13 AM · 2,082 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all