संसदीय समितिले भन्यो- टीकापुर घटनामा ६ नेता दोषी ! देउवा, रावल र भट्ट एकातिर, यादव महतो र सिंह अर्कातिर १३ असोज, काठमाडौं । संसदको एक छानविन समितिले कैलालीको टीकापुर हत्याकाण्डको पृष्ठभूमिमा ६ जना नेताहरुलाई दोषी पाएको छ । यद्यपि समितिले औपचारिकरुपमा सो घटनामा कसैलाई दोषी ठहर गरेर कारवाहीको सिफारिस भने गरेको छैन । संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले गठन गरेको स्थलगत अध्ययन अवलोकन कार्यदलले घटनाको एक महिना ६ दिनपछि आफ्नो प्रतिवेदन बुझाएको छ । संसदीय टोलीले टीकापुरका विभिन्न पक्षसँग छलफल गर्दा कांग्रेस नेता शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल र एमाओवादी नेता लेखराज भट्टले अखण्डको मात्र वकालत गर्दा थारुहरु आक्रोशित भएको पाइएको समितिका संयोजक जीवन श्रेष्ठले बताए । त्यस्तै साउन २८ गते फोरम अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभासद अमरेशकुमार सिंहले पहाडे लखेट्न भनेर दिएको उत्तेजक अभिव्यक्तिका कारण घटनामा बल पुगेको श्रेष्ठले बताए । ‘यो समस्या सिर्जना गरेको आरोप शेरवहादुर देउवा, भीम रावल र लेखराज भट्टमाथि रहेछ’ श्रेष्ठले भने ‘टीकापुर घटना हुनुमा उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंहको गैरजिम्मेवार अभिव्यक्ति र उक्साहट नै हो भन्नेमा सबै सहमत देखिए’ । http://www.onlinekhabar.com/20...
metta · Sep 30, 2015 8:16 PM · 2,230 views
What about dhani ram chaudhary? Btw this article sounds like another unverified bs news article, more in line with news articled like nepali youth inventing helicopter and creating electricity out of gravity.
GwachAquarian · Sep 30, 2015 10:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion