नेपाल छिट्टै पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक बन्ने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कति हाँस्ने - यस्ता गुन्डाहरु त नेपालका उद्योग मन्त्री छन् अब नेपाल पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक बन्छः मन्त्री बस्नेत प्रकाशित मिति : मंगलबार, असोज १२, २०७२ काठमाडौं। उद्योगमन्त्री महेश बस्नेतले नेपाल छिट्टै पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक बन्ने दिशा तर्फ उन्मुख हुन लागेको बताउनुभएको छ । ‘दश वटा पेट्रोलियम अन्वेषण सम्भावना भएका क्षेत्रको अन्वेषण तथा उत्पादन खुल्ला गर्न हामी अन्तिम चरणमा छौँ । यसका लागि ग्लोबल टेन्डरको तयारीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने गृहकार्यमा मन्त्रालय र खानी विभाग सघन गृहकार्यमा जुटेको छ’ मन्त्री बस्नेतले भन्नुभयो । इन्टरपाइजेज जीआइएस बेसड् माइनिङ् एण्ड जिओलोजिकल इन्फरमेसन सिष्टम सम्बन्धी अनलाइन सूचना प्रणाली (http://dmgnepal.gov.np/)को उद्घाटन गदैँ मन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो । उहाँले डिजिटल नेपालको कुरा भैरहदाँ खानी विभागले भूगर्भ सम्बन्धी सम्पूर्ण तथ्याङ्क भएको आधुनिक वेवसाइट निर्माण गरी यस अभियानमा बाजी मारेको बताउनुभयो । उद्योग मन्त्री बस्नेतले वेव साइटको निमार्णसँगै विगतमा खानीका लाइसेन्स झोला, बगलीमा रहने र खानीका सूचना थोत्रा कागजमा रहने अवस्थाको अन्त्य भएको बताउनुभयो । साथै उहाँले खानीको डिजिटल तथ्याङ्क मार्फत विद्यार्थी, खोजकर्ता र लगानीकर्ता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । उद्योग सचिव जयमुकुन्द खनालले उद्योगमन्त्रालयका सबै निकाय इ–गर्भनेन्स तर्फ उन्मुख रहेको बताउदैँ खानीमा लगानी गर्न विदेशी तथा स्वदेशी दैनिक जसो मन्त्रालय र विभाग धाउने प्रक्रिया वेवसाइटको निमार्ण सँगै रोकिने बताउनुभयो । उहाँले वेवसाइटबाट भूगर्भ तथा खानीको नयाँ र पुराना तथ्याङ्क पाइने उल्लेख गर्नुभयो । कार्यक्रममा खानी विभागका महानिर्देशक सर्वजीतप्रसाद महतो, अर्थ अब्जभेटरी सिंगापुरका प्राविधिक प्रमुख प्रमेश बेनरजी लगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । http://www.hamrakura.com/20913...

metta · Sep 30, 2015 5:07 PM · 26,485 views

25 Replies · Showing 21 - 25
Page 2 of 2

हो, हो! अब एक दुइ सय ब्यारेल यसो निकालेर पनि देखाउनु नि त्यी धोतिहरुलाई! त्यसपछिको तमासा नेपालीहरुले हेर्ने मोउक्का पाउञ्छ, नत्र त आज सम्म हाम्रो तमासा हेर्ने उनीहरुनै भैराखेको छ.

magdadela · Oct 1, 2015 2:17 PM

HAHA, what load of crap, " not only Nepal will be soon self sufficient on oil but also exporter " Nepal should not have any vehicle that runs on oil, no industry and no airport, no kerosene lamps in villages, no kerosene stoves in cities then certainly he will attain this. I don't know how a minister can utter such total nonsense and get sajha intellectual supporters?

paradox · Oct 1, 2015 3:19 PM

भनिन्छ "कार्तिक महिने कुकुरको मुतुनो  र हाम्रा मन्त्री र नेता गणको थुतुनो एउटै हो "? Last edited: 02-Oct-15 11:55 AM

magorkhe1 · Oct 2, 2015 9:25 AM

नेपालमा पेट्रोलियमको सम्भावना हुदै नभएको होइन .... तर यसको लागि समय चाहिन्छ, लगानी चाहिन्छ र अन्वेशण गर्ने उपयुक्त वातावरण चाहिन्छ.. अहिले भारतले अघोषित नाकाबन्दी गरेर पेट्रोलियमको आपूर्ति रोकिदिएकै अवस्थामा यस्तो चर्चा गर्नु भनेको तत्कालै समाधान गर्नुपर्ने समस्याबाट तर्कने उपाय मात्र हो ... पहिले अहिलेको समस्यालाइ कसरी सुल्झाउने त्यसको लागि आवश्यक कदम चाल्नु पर्यो ... दिर्घकालिन रुपमा नेपालमा पेट्रोलियम पदार्थको खोज गर्नु पर्ने कुरा त आफ्नो ठाउमा छदै छ

Geology Tiger · Oct 2, 2015 12:10 PM

Its a ploy to divert peoples attention from bigger issues

gwachaquarian · Oct 2, 2015 1:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all