आफ्नो देशमा नाकाबन्दी गर्न छिमेकी गुहार्ने देशद्रोही हुन्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले मधेशमा भइरहेको आन्दोलनका नेतृत्व गर्नेहरु देशद्रोही भएको बताएका छन्। ‘आफ्नो देशमा नाकाबन्दी गर्न छिमेकीलाई हार गुहार गर्नु र नाकाबन्दी गर्ने जस्तो काम गर्नुले उनीहरुको देशद्रोही छबी भएको प्रष्ट हुन्छ‘ रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बिजुक्छेंले भने। मधेश आन्दोलनमा कामदार वर्गको सहभागिता नभएर कालो बजारीया र नेपाललाई विखण्डन पार्नेहरुको सहभागिता अधिक रहेको उनको तर्क छ।  उनले तराई आन्दोलनका कारण भारतको अन्तराष्ट्रिय स्तरमा कालो मुख भएको बताएका छन्। ‘भारतले विश्व सुरक्षा सदस्यमा सामेल हुन लागिरहेका बेला मधेशका केही नेताहरुका लागि भारतले गरेको अघोषित नाका बन्दीका कारण भारतको अन्तर्राष्ट्रिय स्तरमा छवि धुमलिएको छ‘ उनले भने।    उनले प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जान नसक्नु गलत भएको भन्दै अन्तराष्ट्रिय कानुन विपरति गएर नेपाल जस्तो भुपरिवेष्ठित देशमा भारतले अघोषित नाकाबन्दी गर्दा समेत नेपाल सरकार चुप लागेर बस्नु र अन्तराष्ट्रिय अदालतमा जान नसक्नुले नेपाल सरकारको अवस्था प्रष्ट पारेको बताए। वार्ताका बहानामा विभिन्न स्थानमा परिचालन गरिएका सेना फिर्ता गरेर नेपाल सरकार गतल निर्णय गरेको पनि बिजुक्छेंले बताए। http://setopati.com/raajneeti/...

cybernepali · Sep 30, 2015 12:01 PM · 1,998 views

1 Reply

देशको माया गरेर माग राखेका हुन र ?  जे जे भन्छौ भनी राख:उनिहरुको झाट पनि झर्किदैन | मन्की सी मन्की डू | सिकाउने गुरु तिमीहरुनै हौ | Last edited: 30-Sep-15 02:55 PM

magorkhe1 · Sep 30, 2015 2:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all