परराष्ट्रमन्त्री पाण्डेले पत्रकार बनाएर अमेरिका लगेपछि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

परराष्ट्रमन्त्री पाण्डेले पत्रकार बनाएर अमेरिका लगेपछि काठमाडौं,१२ असोज । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पदको दुरुपयोग गर्दै जग्गा दलाललाई पत्रकार बनाएर न्यूयोर्क पु¥याएको खुलासा भएको छ । संयुक्त राष्ट्रसंघको साधारणसभामा भाग लिन न्यूयोर्क पुगेका पाण्डेले नुवाकोट घर भएका व्यापारी तथा जग्गा दलाल बद्री मैनालीलाई पत्रकारको नाममा परराष्ट्र मन्त्रालयबाट भिसा नोट लेखाएर अमेरिका लगेको मन्त्रालय स्रोतले जनाएको छ । मैनालीलाई ककनी पोष्ट साप्ताहिकको प्रकाशक, सम्पादकको हैसियतमा भिसा नोट लेखाएको बताइएको छ । दोस्रो संविधानसभा चुनावका बेला केही दिन प्रकाशित भएको नुवाकोटको स्थानीय ककनी पोष्ट अहिले बन्द छ । एमालेको राजनीतिमा एकाएक देखा परेका मैनालीले गत संविधानसभा निर्वाचनमा नुवाकोट २ बाट टिकटको दाबी गरेका थिए । तर पार्टीमा खासै कसैले नचिनेको हुनाले टिकट बिन्दा ढुंगानाले पाइन् । नातामा बिन्दाका नन्दे ज्वाइँ रहेका मैनालीले बिन्दाको टिकटमा टिपेक्स लगाएर आफ्नो नाम लेखेर उम्मेदवारी दर्ता गर्न खोजे । पार्टीले पछि अर्कैलाई उम्मेदवार उठायो । चुनावपछि अन्तर्घातको अभियानमा उनी ६ महिना कारबाहीमा समेत परेका थिए । को हुन् मैनाली ? मैनाली शुरुमा तत्कालिन राप्रपाका मन्त्री तथा विभिन्न काण्डमा चर्चामा आउने खोभारी रायको पीए थिए । उनलाई नुवाकोटको एमाले पंक्तिमा २०६९ सालसम्म पनि खासै कसैले चिन्दैनथे । तर यसअघिनै उनले एमालेमा नुवाकोटकै नेता महेन्द्रबहादुर पाण्डेलाई हात लिइसकेका थिए । पाण्डेले उनलाई आफ्नो शिक्षा विभागको सदस्य समेत बनाएका थिए भने सदस्यता पाएको मिति पनि २०६४ लाई २०५४ बनाइदिएको आरोप पनि पाण्डेमाथि लागेको थियो । पाण्डे पत्नी किड्नीको बिरामी हुँदा उपचार खर्च व्यहोरेका कारण पनि मैनालीसँग मन्त्री पाण्डे नतमस्तक हुने नै भए । जग्गा दलाली र डोजरको व्यापार गर्ने मैनालीको बास पछिल्लो समय परराष्ट्र मन्त्रीसँगै हुने गर्छ । तिनै मैनालीलाई मन्त्री पाण्डेले पत्रकार बनाएर अमेरिका लगेपछि खैलाबैला मच्चिएको छ । पैसा भए पनि अमेरिकाका भिसा पाउन उनका लागि सहज थिएन, जसका लागि मन्त्री पाण्डेको पावर दुरुपयोग गरे । अहिले मन्त्रीको सपिङ लगायत सबै खर्च मैनालीले व्यहोर्नेनै भए । उता संचारमन्त्री मिनेन्द्र रिजालले पनि आफ्नो कोटामा नेपाल साप्ताहिकका सम्पादक प्रशान्त अर्यालको नाम सिफारिस गराएर अमेरिका पठाउन सफल भएको चर्चा छ । त्यस्तै राससबाट रामचन्द्र पौडेलको विशेष पावर लगाएर सूर्यचन्द्र बस्नेत अमेरिका उडेका खबर साँघुमा छ ।

metta · Sep 29, 2015 4:15 PM · 5,661 views

3 Replies

मन्त्रीले रकम असुलेर अमेरिकामा लग्ने गरेको साँचो नै रहेछ बुवाभन्दा प्यारो मेरो ग्रीनकार्ड राकेश कार्की  http://global.setopati.com/ame...

metta · Sep 29, 2015 4:18 PM

shame on Nepalese freaks, they got TPS right now and those villagers who were illegal think that they have a green card right now and show off too much. I have couple of them living in my mom's house as a tenant and they act so stupid that I want to kick their cheap ass out but my mom being a Nepali wants to help those freaks.

whiteboi · Sep 29, 2015 6:15 PM

तेरी आमा ले किन राखेकी भनेर सारा संसार ले बुझिसके तँ मुजी हाइलनठु लाइ ऐले सम्म थाहा रैनछ. एल ओ एल

underwear · Sep 29, 2015 9:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all