Thesedays I have seen many comparisions of how many % of govt job holders are khas and what percent is others. The % of khas majority in business etc, and how low % of janjaati's hold positions in govt and other business. The biggest issue with this kind of politics is that what if the revolution is successful in overturning the khas dominance and turning over the dominance to the janjaatis? Is it going to be the khas peoples turn to go to revolution now that the janjaati's hold the most jobs? This is very petty mentality and it's a revolution designed to fail. The fittest and smart and the cunning survive in nature. It's the survival of the fittest. The unfit and the dumb gets pushed over. So if you really want to succeed in life, become fit and smart and get good jobs. There are many examples of janjaatis doing really well after they have put in their hard work.
rethink · Sep 28, 2015 9:26 AM · 11,449 views
पर अर्कै कित्तामा बसेर हेरे पछि त fallacy हुने नै भयो बिचमा आएर हेर्नु वा अर्को कित्तामा बसेकालाई सोध्नु अनि थाहा होला, fallacy हो कि हैन भनेर | सरकारी सेवाका कामदार र अरु छेत्रका कामदारको प्रतिशत तुलना गर्नु मेरो बिचारमा स्याउ र सुन्तला दाँजे सरह नै हो किनकि सरकारी सेवाका कामदारले अरु क्षेत्रको भन्दा मुलुकको बिकाश मा मुलुक को हरेक काम-काजमा अलि बढी नै सहभागिता हुन्छ र उनीहरु अरु भन्दा देशप्रतिको उत्तर दायित्व बढी नै हुन्छ | अब त्यस्तो सेवामा कुनै बखत ९२% भन्दा बढी कामदार यौटै समुदायका थिए हाम्रो जस्तो धेरै समुदाय भएको देशमा | अर्को कुरो: fit र smart को सम्बन्धमा (जात संग सम्बधित नहुन सक्छ - साझा सवाल हेरेर थाहा पाएको): देशले ब्रिद्दहरुलई बृद्ध भत्ताको बेबस्था गरेको छ | त्यो लिन नागरिकता चाहियो, अनि नागरिकता बनाउने अहिले गाउँमा आफ्नो जमिनमा चर्पी भएन भने गा.बि.स. ले सिफारिस नगरिदिने रहेछ | दलितहरुको आफ्नो जमिन नै छैन रहेछ - अनि भुत्रु बनाओस र चर्पी आफ्नो जमिनमा - अनि खाए गा.बि.स. सचिबले पचाए दलितको सामाजिक भत्ता उनीहरु मरि सके पछि पनि | यसै सम्बन्धमा तिमीले भने जस्तै अरुले पनि अरु जातिहरु पढ्ने बेला गुच्छा खेलेर बस्छ, अनि अब ठुलो पद चाहियो रे | कृपया हेर्नु होला त्यो episode - जसमा २१ बर्सको दलित अहिले सम्म कहिलै पनि स्कूलको अनुहार देखेको छैन भन्छ | अर्को दलित SLC बल्ल तल्ल पास भए पनि सिक्षक त छोडी दिउन पियनको पद समेत दलित भएकोले नपाएको गुनासो गछन | अनि साझाका विद्वान हरु कोहि नेपालमा जात भात छैन, यो सबै प्रायोजित हो भन्छ | अनि अरु आएर fallacy भन्दै आफ्नो smartness, cunningness, र fitness भएको प्रमाणित गर्न खोज्छ | धन्य हामी नेपाली |
metta · Sep 28, 2015 10:53 AM
I wasn't going to comment, but I couldn't stop after reading this (forgot to post in the above comment): लौहपुरूष गणेशमानजीलाई सम्झदै छु जसले २०४७ को संविधान जारी भएपछि त्यसको स्वागत त गरे तर खबरदारीका यी शब्द भन्न पनि बाँकी राखेनन्। –‘नेपालमा राजनीतिक क्रान्तिको लक्ष्य मात्र पुरा भएको छ। सामाजिक र आर्थिक क्रान्ति बाँकी नै छ। सामाजिक सन्तुलन र आर्थिक विकासको अभावमा राजनीतिक क्रान्तिलाई धेर बेर अड्न गारो हुन्छ। शासन चलाउँदा, धेरै प्रकारले सामाजिक विविधता र जातजातिको सन्तुलन मिलाउँनैपर्छ। ६ वटा राजदूत बनाउँदा सबका सब ब्राम्हण किन बनाइए भनेर बिरोध गर्दा मलाई ब्राम्हण बिरोधी भनेर प्रचारित गरियो। मेरो जीवन पनि अजिबै रह्यो विजय। जवान छँदा काठमाडौंका केही नेवार साथीहरूले-बाहुनको मुतमा बगेर गणेशमान खतम भयो भने–तिनका इसारा अरू कोहि नभएर कोइरालाजी (बीपी) थिए। आज बुढेशकालमा आएर मलाई ब्राम्हण बिरोधी भनियो। म भाषा मिलाएर भन्न जान्दिनँ। तर, सामाजिक सन्तुलन मिलाउँनै पर्छ। आखिर राजनीति पनि हामीले सबैको शान्ति र विकासका निम्ति न गरेका हौ।’ http://setopati.com/bichar/344...
metta · Sep 28, 2015 10:59 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion