तीन बुलेट ग्याससहित १७ वटा गाडी भित्रिए भैरहवा : भैरहवास्थित बेलहिया नाका थुन्न बसेका मधेसी दलका कार्यकर्तालाई प्रतिकारमा उत्रेका स्थानीयले लखेटेका छन् ।भारततर्फबाट आएर नाकामै धर्नामा बसेका आन्दोलनकारीविरुद्ध चर्का नाराबाजी गर्दै स्थानीयबासी प्रतिकारमा उत्रेपछि उनीहरु भारततर्फ भागेका हुन् ।सोमबार दिउँसो मधेसी दलका कार्यकर्ताहरु भारतीय प्रहरीको आडमा भन्सार थुन्न बसेपछि सयौं स्थानीयबासी प्रतिकारमा उत्रेका थिए ।भारतीय प्रहरीको सहयोगमा बसेका मोर्चाका कार्यकर्ताहरुमाथि स्थानीयबासी खन्निएपछि भारतीय प्रहरीले नै उनीहरुलाई त्यहाँबाट उठाएर भारततर्फ भगाएको हो ।नेपालतर्फबाट नाका थुन्न जाँदा असुरक्षित भएपछि मधेसी मोर्चाका कार्यकर्ताहरु भारतमै बसेर नाका थुन्न आउने गरेका थिए ।स्थानीयबासीले नाका अवरोध गर्न पाइँदैन भन्दै आन्दोलनकारीविरुद्ध चर्का नारबाजी गरेका थिए ।मधेसी दलका कार्यकर्ता लखेटिएपछि बेलहिया नाकाबाट सोमबार दिउँसोसम्म १७ वटा ट्रक र ट्यांकर नेपाल भित्रिएका छन् ।बेलहिया नाकाबाट सोमबार दिउँसो तीन बुलेट ग्यास, एउटा मट्टीतेल बोकेको ट्यांकर नेपाल छिरेका हुन् ।त्यसैगरी आलु, प्याज, चोकर, कुखुराका दाना र कोइला बोकेका १३ वटा कन्टेनर पनि नेपाल छिरेका भैरहवा भन्सारका प्रमुख भन्सार अधिकृत लावण्यकुमार ढकालले जानकारी दिए ।यो नाकाबाट सामान्य अवस्था मा तीन सयदेखि चार सयसम्म मालबाहक गाडी भित्रने गरेका छन् । भारतले यो नाकाबाट पेट्रोल र डिजेलका ट्यांकर भने अहिलेसम्म छोडेको छैन ।मोदीको पुत्ला दहननेपालमा नाकाबन्दी लगाएको विरोधमा बुटवललमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पत्ला जनाइको छ ।मोदी र भारत सरकारविरुद्ध चर्का नाराबाजी गर्दै स्थानीयबासीले सोमबार दिउँसो मोदीको पुत्ला जलाएका हुन् । - See more at: http://www.annapurnapost.com/N...
cybernepali · Sep 28, 2015 8:42 AM · 1,655 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion