निकम्मा नेताहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Did Foreign Minister Pandey had any balls to speak on behalf of nepali against Modi's sanctions? कि मेरो मन्त्री पद जोगाई देउ भनेर दुष्ट मोदीको दर्शन गर्न line मा बस्दै छ ? आँखा नदेख्ने र कानले नसुन्ने संचार मन्त्री दोहा गएर संचारमन्त्री रिजालले भने- भारतले नाकाबन्दी गरेकै छैन - See more at: http://www.onlinekhabar.com/20... Vision भएका ओली Prime minister in waiting Oli ओलीले भने-शुष्माले ३ घण्टामा समाधान गर्छु भनिन्, तर भएन - See more at: http://www.onlinekhabar.com/20... नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालका सीमा क्षेत्रमा आपूर्ति रोक्ने कदम चाल्छ भन्ने आफूलाई नलागेको बताएका छन् । केपी ओलीले दिए भारतले नाकाबन्दी नगर्ने तीन कारण http://www.nepalipatra.com/new... जस्ता खाएर डकार्दै मन्त्री तराई–मधेसको समस्या चाँडै समाधान हुन्छः अर्थमन्त्री महत - See more at: http://nagariknews.com/politic... Raw agent हामी आफू मिले नेपाल–भारत सम्बन्ध पुरानै रहन्छः पूर्वराजदूत बराल - See more at: http://nagariknews.com/politic...

metta · Sep 27, 2015 8:45 AM · 36,145 views

31 Replies · Showing 21 - 31
Page 2 of 2

मन्त्री नै गैरजिम्मेवार 01 Oct 2015 काठमाडौं- भारतको नाकाबन्दीका कारण जनताले सास्ती खेपिरहेका बेला सरकारका मन्त्री भने भारतले नाकाबन्दी नै नगरेको अभिव्यक्ति दिँदै गैरजिम्मेवार रूपमा प्रस्तुत भएका छन्। नेपालको संविधानमा आफ्नो स्वार्थ नसमेटिएको भन्दै भारतले एक सातादेखि लगाएको नाकाबन्दी खुलाउन र वैकल्पिक व्यवस्था गर्न रातदिन खट्नुपर्नेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधि, सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापा भारतकै पक्षमा महŒवपूर्ण निर्णय गराउन लागिपरेका छन्।  केही दिनअघि प्रधानमन्त्रीसँगको छलफलमा समेत ती मन्त्रीले भारतको विकल्प अरु देश नहुने र विकल्प खोज्दा भारत चिढिने भन्दै भारतलाई नै मनाएर आपूर्ति सहज गराउनुपर्ने तर्क गरेका थिए। कोइरालाले विकल्पका रूपमा चीनसँग जोडिएका उत्तरी नाका तत्काल खुलाउन उनीहरुलाई निर्देशन दिएका थिए। आपूर्ति सहज बनाउन चिनियाँ पक्षले तातोपानी र रसुवागढी नाका खुलाउने आफ्नोतर्फको काम थालिसकेको छ तर नेपालतर्फको अवरुद्ध भाग खुलाउने जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने कामै नथालेको मन्त्रालयकै अधिकारीहरू बताउँछन्। मन्त्रिपरिषद स्रोतका अनुसार चीनसँग जोडिएका नाका खुलाउनुको सट्टा मन्त्री निधि काठमाडौं–तराई फास्ट ट्र्याक निर्माणको काम विवादित भारतीय कम्पनीलाई दिने फाइल मन्त्रिपरिषदबाट स्विकृत गराउन लागिपरेका छन्। नेपाल सरकारले नै ऋण दिने र निर्माणमा घाटा भए पनि नेपालले नै व्यहोर्नेगरी भौतिक पूर्वाधार मन्त्रालयले भारतीय कम्पनीलाई ठेक्का दिने तयारी गरेको हो। अधिकांश सांसदले विरोध गरे पनि उक्त फाइल मन्त्रिपरिषदमा पुगेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद बैठकमा निधिले जसरी भए पनि उक्त निर्णय गराउनुपर्ने अडान राखेका थिए। तर, अन्य मन्त्रीहरुले राजनीतिक प्रस्तावको अध्ययनपछि मात्रै निर्णय लिने भनेपछि रोकिएको छ। भौतिक पूर्वाधार मन्त्रालय स्रोतका अनुसार मन्त्री निधिले भने अब बस्ने मन्त्रिपरिषदबाट जसरी पनि निर्णय गराइछाडने बताउँदै आएका छन्। 'उत्तरी नाका खुलाउन छिमेकी देशले काम थालिसक्यो, प्रधानमन्त्रीले निर्देशन दिएको पनि यतिका दिन भइसक्यो तर त्यसतर्फ मन्त्रीज्यूको कुनै ध्यानै छैन,' मन्त्रालयका एक अधिकारीले भने 'बरु काठमाडौं तराई फास्ट ट्र्याकको निर्णय गराउनेतर्फ उहाँको विशेष जोड छ।' भारतसँग राम्रो सम्बन्ध भएका मानिने मन्त्री निधि र मन्त्रालयका सचिव गजेन्द्र ठाकुरसमेत दक्षिणलाई चिढ्याउन नहुने भन्दै उत्तरी सडक विस्तार र निर्माणलाई बेवास्ता गर्दै आएका छन्। संविधान निर्माणको प्रक्रियामा गएपछि विरोध गर्ने निधि पहिलो मन्त्री हुन्। त्यसैगरी भारतीय नाकाबन्दीले मुलुक आक्रान्त पारिसक्दा पनि सञ्चारमन्त्री मीनेन्द्र रिजाल भने भारतले नकाबन्दी नै नगरेको भन्ने विवादास्पद अभिव्यक्ति दिइरहेका छन्। कतारमा एक सांस्कृतिक कार्यक्रममा भाग लिन पुगेका रिजालले केही दिनअघि भारतीय राजदूतकै बोलीमा लय मिलाउँदै 'नेपालमा नाकाबन्दी छैन' भन्ने भाषण गरेका थिए। कतारबाट फर्केलगत्तै उनले मंगलबार नाकाबन्दीको विरोधमा भारतीय च्यानल बन्द गर्ने नेपालका केबुल टिभी अपरेटरहरूलाई मन्त्रालयमार्फत २४ घन्टे स्पष्टीकरण सोध्न लगाए। 'भारतमा न नेपाली टिभी प्रसारण हुन्छ, न नेपाली पत्रपत्रिका पुग्छन्, त्यतातिर मन्त्रीज्यूको कहिल्यै चासो गएन,' मन्त्रालयका एक उपसचिवले भने, 'नाकाबन्दी खुलाउन पहल गर्नुपर्नेमा भारतीय च्यानल रोकेकोमा तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन आयो।' विदेशबाट फर्केपछि उनले सुरुमै भारतीय च्यानल खुलाउन र स्पष्टीकरणका लागि २४ घन्टे पत्र काट्न लगाएका थिए। त्यसैगरी नाकाबन्दीपछि आपूर्तिमा अग्रसरता लिनुपर्ने वाणिज्य मन्त्री सुनिलबहादुर थापा पनि 'भारतको विकल्प अन्य हुन सक्तैन' भन्दै आनाकानी गरिरहेका छन्। भारतको नाकाबन्दी खुलाउँछु भन्दै सरकारी दूत बनेर दिल्ली पुगेका उनी कुनै समाधान ननिकाली फर्किए। भारतबाट फर्केपछि प्रधानमन्त्रीसँगको ब्रिफिङमा उनले भारतलाई सबै विषय राखेको र छिट्टै समस्या समाधान हुने बताएका थिए। प्रधानमन्त्रीले भारतको विकल्पमा के गर्न सकिन्छ भन्दा उनले भारतीय पक्षबाट नाकाबन्दी नै नभएको भन्दै विकल्प खोज्न नहुने बताएका थिए। 'चीनलगायत अन्य राष्ट्रबाट कसरी विकल्प खोज्न सकिन्छ, सो अघि बढाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको थियो,' प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, 'तर वाणिज्य मन्त्रीले त विकल्प खोज्दा भारत झनै चिढिनसक्ने बताए।' http://nagariknews.com/main-st...

metta · Oct 2, 2015 7:07 AM

I wish we could retain these things in our long term memory and act accordingly in future. Sooner or later india will open up the borders and sadly all these things wil be forgotten. The leaders will continue to roam around in their suv's. People of nepal might even praise modi again if he ever vists nepal and give hollow speeches about buddha and sita. Elections will come and same faces will be elected or chosen by their allies. And nepal will continue to be nepal, never learning from history and the mistakes. And we shall continue to complain in facebook and sajha.

GwachAquarian · Oct 2, 2015 10:16 AM

....and metta will soon share links of salman khan and katrina kaif.

underwear · Oct 2, 2015 1:22 PM

Mr. Underwear, this is the last time I will be responding to you and I apologize for annoying you, especially if any of the above posts hurt you personally. Please ignore few threads I've posted.

metta · Oct 2, 2015 3:12 PM

चीनसंगको नाका मैले खोल्न दिने छैन: अर्थमन्त्री महत चीनसँगको नाका तत्काल खुल्दैन : अर्थमन्त्री महत http://www.onlinekhabar.com/20... किनकि म भारतको गुलामी गरेर प्रधानमन्त्री बन्न चाहन्छु  प्रधानमन्त्रीका लागि आफ्नो नाम चर्चामा रहेको महतको दाबी  http://nagariknews.com/politic...

metta · Oct 4, 2015 8:09 AM

नेता भनेकै आफ्नो स्वार्थ मात्र हेर्ने प्राणी हो : ब्यर्थ शब्द खेर किन फाल्छौ ? नेता मात्र भने पुग्छ |

magorkhe1 · Oct 5, 2015 10:21 AM

परराष्ट्रमन्त्री थापाले ‘नाकाबन्दी’ भन्न मानेनन् आफ्नो भारत भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले यातायात पारवहन क्षेत्रमा भएको असहज परिस्थिति र मधेस केन्दि्रत दलको आन्दोलनका कारण इन्धनको अभाव भएको बताए । तर, उनले नाकाबन्दी भन्न अस्वीकार गरे । रक्सौल बाहेक अन्य नाकाहरुमा खुकुलो रहेको भन्दै थापाले भने- ‘तर, पर्याप्त बुलेट, ट्यांकरहरुको अभाव छ, लोड-अनलोडका पनि केही समस्या देखा परेका छन् । त्यसले पनि हुन सक्छ, त्यसैले अहिले केही आशंका नगरी बेनिफिट अफ डाउट दिएर हेरौं न ।’  http://www.onlinekhabar.com/20... नाकाबन्दीविरुद्ध चर्का कुरा नगरौं : भट्टराई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले भारतको नाकाबन्दीविरुद्ध चर्का कुरा गर्न आवश्यक नरहेको बताएका छन्। http://nagariknews.com/politic...

metta · Oct 15, 2015 5:54 PM

Jun jogi aayepani kaanai chireko bhane jastai ho. Now its his turn and he also knows nothing better than licking indian ass and sucking their dicks hoping for the longivity of his balla balla payeko position.

GwachAquarian · Oct 15, 2015 7:58 PM

I usually agree with the quote by George Carlin given below, BUT, in Nepal the politicians have gamed the system so much that they don't even need to win elections anymore. Hence, no accountability. They will rather please India than their constituents as there is no fear of not being not elected in the next cycle. "Now, there's one thing you might have noticed I don't complain about: politicians. Everybody complains about politicians. Everybody says they suck. Well, where do people think these politicians come from? They don't fall out of the sky. They don't pass through a membrane from another reality. They come from American parents and American families, American homes, American schools, American churches, American businesses and American universities, and they are elected by American citizens. This is the best we can do folks. This is what we have to offer. It's what our system produces: Garbage in, garbage out. If you have selfish, ignorant citizens, you're going to get selfish, ignorant leaders. Term limits ain't going to do any good; you're just going to end up with a brand new bunch of selfish, ignorant Americans. So, maybe, maybe, maybe, it's not the politicians who suck. Maybe something else sucks around here... like, the public. Yeah, the public sucks. There's a nice campaign slogan for somebody: 'The Public Sucks. Fuck Hope."

yacc · Oct 16, 2015 8:12 AM

भ्रष्टचारी तथा नालयक शासकहरुबाटले झवाँम पारेका २३ राष्ट्रिय स्तरका कलकारखानाहरु (1) ट्रली बस (2) साझा बस (3) नेपाल एयरलाइन्स (4) जनकपुर रेलवे (5) उदयपुर सिमेन्ट कारखाना (6) भृकुटी कागज कारखाना (7) विरटनगर जुट मिल्स (8) सलाही चिनी कारखाना (9) बाँसबारी जुता कारखाना (10) जनकपुर चुरोट कारखाना (11) हेटौंडा को कपडा उधोग (12) हेटौडा काठमाडौं रोपवे (13) गोरखाली टायर उद्योग (14) वुटुवल धागो कारखाना (15) बिरगन्ज चिनी कारखाना (16) बिरगन्ज किर्सी औजार कारखाना (17) इलाम चिया कारखाना (18) हिमाल सिमेन्ट कारखाना चोभार (19) लुम्बिनी चिनी कारखाना (20) बिरगंज चिनी कारखाना (21) चाईनिज ईट्टा कारखाना लि. भक्तपूर (22) हरसिध्दी ईटा टायल कारखाना लि. (ललितपूर) (23) सुनवल चिनी कारखाना

metta · Nov 2, 2015 7:26 PM

छ जना उप-प्रधानमन्त्री बनाउदा लाज लागेन रहेछ यो नया सरकारलाई देश ठप्प भएर खान खान नपाएर आधा जनसंख्या भोकै भैसक्यो तर सरकारलाई भोज गरेरै फुर्सद छैन मन्त्रि भएर नपुग्ने रहेछ यिनी हरुलाई उप-प्रधानमन्त्री नै बन्नु पर्ने चित्र बहादुर kc लाई पनि उप-प्रधानमन्त्री नै पड्काउनु पर्ने रहेछ, मन्त्रि मात्रै ले नपुग्ने रहेछ| एउटा कुनै प्रदेशको मुख्य मन्त्रि बनाई दिने भए त यिनी पनि हामफालेर संघियता को पक्षधर हुने रहेछ | कम्मुनिस्टहरु सबै भन्दा लाज नभएका भ्रस्ट रहेछन | नया सरकारले अहिले सम्म समस्या समाधान गर्न एक कदम पनि सहि दिशामा चलेको देखिदैन | अहिले को मुख्य दोष भारत मात्रै हैन यी नेताहरु नै दोषी रहेछ | सबै भन्दा ठुलो दोषी असक्षम र नालायक सुशील कोइराला र बामदेव गौतम अनि जनता भड्काउने kp ओली, शेर बहादुर देउबा र RAW agent कृष्ण प्रसाद सिटौला नै हुन् | तराई का नेताको मात्रै दोषी हैनन् | एस्तो अबस्थामा नया अर्थ मन्त्रि बिष्णु पौडेल १० कक्षा पास\फेल रहेछ | येस्ताले अब के देश बनाउने होला? राम शरण महतले जस्ता चोरे पनि अर्थको भाषा त बुझ्लान |

metta · Nov 5, 2015 8:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all