भारतले नाकाबन्दीको धम्की दिदा चिनले सबै सामान सहुलियतमा दिन्छु भन्यो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चिन्ता नगर हामि भारत भन्दा दुइ गुणा सस्तोमा समान दिन्छौं -चीन Posted By: Manoj Sitaulaon: September 23, 2015In: National News भारतले नाकाबन्दीको धम्की दिदा चिनले सबै सामान सहुलियतमा दिन्छु भन्यो काठमाण्डौ ६ असोज /  नेपालको संबिधान बिरुद्ध असहमती जनाउदै भारतले जुनसुकै समयमा नाकाबन्दी लगाउने भन्ने दिएको धम्कि बिरुद्ध छिमेकी राष्ट्र चिनले आफनो मुख खोलेको छ । नेपाल आफनो असल र सहयोगी छिमेकी रहेको बताउदै एक चिनीया अधिकारीले भारतले नाका बन्दी गरे नेपाललाई सबै सामान भारतको दुइ गुणा बढी सहुलियतमा सामान पठाउन तयार रहेको बताएका छन । यसतो अवस्थामा भारतले नाकाबन्दी गरीहाले नेपाललाई आवश्यक खाद्यन्न , लता कपडा , पेट्रोल , डिजेल , ग्यास आदी सामग्री भारतले भन्दा निकै सहुलियतमा पठाइदिने चिनीया अधिकारीले बताएका छन । सदियौ देखी नेपालसंगको मित्रता चिनकालागि हृदयस्पर्सी रहेको र आपत परेको बेला चिन सरकार पछि नहटने समेत जनाइएको छ । साथमा भारतले नेपाललाई गरेको गतिबिधीको पनि चिन सरकारले नजर गरीरहेको बताएको छ । चिनियाँ अधिकारीका अनुसार भारतले नाकावन्दी गर्ने कुरामा चीन सरकार त्यति विश्वस्त छैन र कथंकदाचित नाकावन्दी गरिहाल्यो भने तातोपानी नाकाको वाटो र रसुवाको वाटो यथाशिघ्र र्ममत गरि यातायात सुचारु गर्न पनि चीनले सबै खाले सहयोग गर्ने बताएको छ । http://www.outsidenepal.com/np...

cybernepali · Sep 25, 2015 10:37 AM · 11,259 views

4 Replies

That is not a permanent solution.

magorkhe1 · Sep 25, 2015 11:13 AM

HOW LONG?

magorkhe1 · Sep 25, 2015 11:14 AM

Another Tibet in making. The Chinese came bearing gifts and took over every thing. Asha garchu hamro Nepal le tyo din dekhnu naparos.

oaksgang · Sep 25, 2015 11:27 AM

लासा मा सुन छ ,कान मेरो बुच्चै .

gone12 · Sep 25, 2015 3:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion