अनलाइन पिटिसन: ओबामा, भारतलाई सम्झाइदेउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ओबामा, भारतलाई सम्झाइदेउ भन्दै इन्टरनेट अभियान २०७२ असोज ६ गते १६:३६ मा प्रकाशित ६ असोज, काठमाडौं । भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । मंगलबार ट्वीटरमा ‘ब्याक अफ इण्डिया (#BackOffIndia) ‘ अर्थात ‘पछि हट भारत’ भन्ने हृयासट्याग विश्वव्यापी रुपमै ट्रेन्डिङ् भयो । नेपाली इन्टरनेट प्रयोगकर्ता यतिमै रोकिएका छैनन् । अब उनीहरु महाशक्ति राष्ट्र एवं भारतको ठूलो ब्यापारिक साझेदार अमेरिकालाई गुहार्न थालेका छन् । ‘ओबामा, नेपालमा हस्तक्षेप नगर्न भारतलाई सम्झाइदेउ’ शीर्षकमा उनीहरुले अनलाइन पिटिसन सुरु गरेका छन् । यो अभियानमा अहिलेसम्म ३ हजारभन्दा बढिले सहभागिता जनाइसकेका छन् । अभियानमा विश्वभर छरिएर रहेका नेपालीहरुले भाग लिइरहेका छन् । पिटिसन आह्वानकर्ता अनिल पौडेलले भनेका छन्- ‘लामो प्रतिक्षापछि नेपालले नयाँ संविधानमार्फत् स्थायित्व ग्रहण गर्न लागेका बेला भारतले त्यसलाई असहयोग गरेर युद्धको अबस्थामा पुर्‍याएको छ । यो गरिव मुलुकमाथि भारतको आक्रमणलाई रोक्न कृपया ऐक्यबद्धता जनाउनुहोस् ।’ अभियानमा सहभागिता जनाउँदै यूएईमा रहेका विजय कार्कीले लेखेका छन्-यो हाम्रो सम्प्रभूता हो ।’ दोहामा रहेका निमा पराजुलीले पनि अभियानमा भाग लिएका छन् र लेखेका छन्-भारत सरकारले हाम्रो देशमा हस्तक्षेप बन्द गरोस् ।’ अष्ट्रेलियामा रहेका कन्चन घिमिरेले लेखेका छन्, हाम्रो देश, हाम्रो निर्णय तिम्रो मुख बन्द गर । हाम्रो देशलाई केही नगर ।’ http://www.onlinekhabar.com/20...

metta · Sep 23, 2015 4:12 PM · 12,939 views

6 Replies

lol...bhayo ta aba TPS chaiyo obama... Earthquake ayo...donation pugena Obama India le interfere garyo Obama 2006 ma monarchy abolish garera yo corrupt neta haru ko hat ma desh dida Bush lai petiiton ta gareko thiyenan ta nepali janata le... na Ba patti ko na aMa pattiko...kina sadai O BAMA O BAMA??

satrianic · Sep 23, 2015 4:27 PM

ए अनिल पौडेल ब्रो ! व्हाइल इउ आर एट इट, खाते ओबामालाइ बरु नेपाललाइ अमेरिकाको ५१ स्टेट घोषित गरिदेउ भनेर पेटिसन निकाल न ! तेसो भए पछि त् खाते भुसिया धोतिहरुले नेपालको आन्तरिक मामिलामा दक्खल दिने कहिले आँट गर्ने छैन नि ! एस्तो ताल न बेतालको खाते पेटिसन देखेर त् मेरो कन्चट तात्तेर आउँछ ! बरु सक्छौ भने ल नेपालीहरुको टोलि भेला गरेर निउ योर्क वा डी.सी धोति कन्सुलेटको अगाडी धर्ना कस न ! अलिकति नेपाली स्वाभिमान भन्ने कुरो पनि हुन्छ नि यार !! तुइहुत्ते हुतियारा नबन न ब्रो !

Nas · Sep 23, 2015 5:55 PM

you gotta build your house by yourselves or hire somebody but don't beg anyone to build your house, nothing is free in this world when even freedom is not free

whiteboi · Sep 23, 2015 7:05 PM

यो चै मुजी हदै नौटंकी हो ।

facebook · Sep 23, 2015 7:18 PM

You better ask to Obama ko chhori!!

paradox · Sep 23, 2015 7:31 PM

ओबामाको पेचेक पचाएर दिमाग गोबा्रमा भन्या यही हो ।

controversial · Sep 23, 2015 9:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all