श्री ३ महाराज जङ्ग बहादुर राणा बेलायत भ्रमणमा जाने कुरा भयो , उन्ले सोधे " मलाई कती तोपको सलामी दिनुहुन्छ ?"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‪#‎हामी_नेपाली_को_हौ_हाम्रो_ईतिहास_के_हो_भनेर_सबैले_बुझ्नै_पर्छ‬। श्री ३ महाराज जङ्ग बहादुर राणा बेलायत भ्रमणमा जाने कुरा भयो , उन्ले सोधे " मलाई कती तोपको सलामी दिनुहुन्छ ?" उताका दुतले भने , "भारतका कार्यकारीणी /राजाहरु जाँदा ६-७ तोपको सलामी दिने चलन छ , हजुरलाई पनि तेती नै दिन्छौँ । " जङ्ग बहादुर कड्किए , म एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी हुँँ , तिम्रो उपनिवेशको एउटा पुतली प्रमुख होइन । सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी सरह सलामी नदिने भए म बेलायत जान्न । पछी बेलायतले उन्लाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारीको हैसियतमा राजकिय सम्मान दियो । यात्रा कै क्रममा उन्लाई बेलायत सरकारले १७ लाख पाउण्ड अनुदान दिन खोज्दा उनले "हामी सनातन धर्म मान्ने नेपाली , लिने हैन दिने जात हो " भनेर अनुदान लिन मानेनन । बेलायतबाट फर्किदा भारतमा जङ्ग बहादुरलाई हेर्न ३ लाख मान्छे जम्मा भएका थिए रे । यो हो हाम्रो गौरवसाली ईतिहास.. आज त्यही भारतको एउटा नाथे दुत आएर हाम्रो देशका सर्बोच्च ब्यक्ती राष्ट्रपती , प्रधानमन्त्री , ठुला नेताहरुलाई आफ्नो औंलाको ईशारामा चलाऊन खोज्छ , थर्काउन खोज्छ र नमान्दा नाकाबन्दी सम्मको त्रास देखाउन खोज्छ । हामी हेपिएको उनीहरुको तागतले होइन , आफ्नै पर निर्भरताले गर्दा हो । हाम्रो पाखुरामा तागत नभाको कहाँ हो र , सबै चीज उसैले बनाएर दिन्छ , हामी सुती सुती खान सिक्छौँ । हामी नेपाली हैनौँ , गड्यौला हौँ । अब त अत्ती भयो , अझै पनि जाग्ने बेला भएको छैन र ? आफ्नो आत्म सम्मान खोज्ने बेला भयो । जागौँ , देशले राष्ट्रप्रेम मागेको छ । जय नेपाल ।।

shreeparajuli · Sep 23, 2015 11:28 AM · 12,240 views

3 Replies

हाम्ले बियर पियौ हाम्रा बजेले घिउ पिए : मेरा हात सुङ (बास चै घ्यु कै आउछ) | Let's not try to live in past rather face the present. Last edited: 24-Sep-15 07:52 AM

magorkhe1 · Sep 23, 2015 1:46 PM

School padhda nima pustak ko guide book ko pachadey lekheko hunthio old is gold and gold is sold . sayad kunai magorkhe jasatI kunai buddheyjibile teti belai bhabisyabadi garera lekheko hunu parcha.

intelligentguy · Sep 23, 2015 4:37 PM

School padhda nima pustak ko guide book ko pachadey lekheko hunthio old is gold and gold is sold . sayad kunai magorkhe jasatI kunai buddheyjibile teti belai bhabisyabadi garera lekheko hunu parcha.

intelligentguy · Sep 23, 2015 4:37 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all