जिन्दगीमा पहिलोपल्ट पक्राउ परी दिनभर पुलिस चौकीमा परेको अवस्था !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज नेपालले २०७२ सालको संबिधान पायको भोलिपल्ट जिन्दगीको ४० औ बर्षमा म, रबिन्द्रनन्दन शर्मा पौडेल र भोला नन्दन पौडेल समेत ३ जना हिन्दू राष्ट्र सम्रक्षण अभियानको कार्यक्रम अन्तर्गत वाक्यमा राखियको "हिन्दू राष्ट्र नेपाल" शब्दमै नेपालको पहिचान विश्व सामु "एक मात्र हिन्दू राष्ट्र" कायम राख्न दवाब दिने क्रम तथा अन्य असन्धर्विक र बिबेधकारी ब्यबस्था समाबेश गरी नेपालको संबिधान २०७२ जारी भयकोमा त्यसमा ध्यानाकर्षण गराउने बिरोध कार्यक्रम "एकोहोरो सन्ख बजाउदै ॐकार अन्कित झन्डा बोकेर, आफुले भोट दियर जितायकी नेत्री सभासदको घर, लगायत बिबिध मन्दिर, सार्वजनिक स्थलहरु हुँदै असहमती दर्साउदै हिडिरहेको अवस्थामा पोखरा ट्याक्सी चोक बगरमा बिहान ८ बजे तिर पक्राउ परेको अवस्था ! दिनभर वडा प्रहरी चौकी बगरमा अती सम्मान्जनक व्यबहार प्रदर्शन गर्ने वडा प्रहरी कार्यालयका प्रहरी साथीहरु, मेरो दु:खमा दुखित भै चिन्ता लिनुहुने मेरा इस्टमित्र, आफन्त, साथीभाइ, हिन्दू राष्ट्र सम्रक्षण अभियानका अध्यक्ष धनपती शर्मा लगायत टिम यबम सबै बिद्यार्थी भाईहरु, सम्पूर्ण शुभचिन्तकहरु तथा बेलुकी हतार हतार आयर संबिधान सभामा हिन्दू हिन्दूत्वको बारेमा आफु मरी मेटेर लागेको र सधैं हाम्रो अभिमत कै आधारमा चल्दै आयको बताउने मैले भोट मागेर जितायकी माननीय साम्सद सारदा पौडेल ज्यु, जस्ले हाम्रो बिरोधलाई सदैव सकारात्मक लिने बताउदै आफ्नै जिम्मामा लियी हामीलाई घर घर मै लियायर छोडिदिनु भयो ! उहा यबम सम्पूर्ण सम्पूर्णमा आभार प्रकट गर्दै हार्दिक सम्मान ब्यक्त गर्दछु ! जय हिन्दू राष्ट्र नेपाल !

shreeparajuli · Sep 23, 2015 10:59 AM · 5,669 views

2 Replies

श्री पराजुलीजी, रबिन्द्रनन्दन शर्मा पौडेलजी र भोला नन्दन पौडेलजी समेतका ३ जना हिन्दू राष्ट्र सम्रक्षण अभियानकर्ता प्रति हामी विदेशमा रहेका सम्पूर्ण हिन्दु राष्ट्र प्रेमी नेपाल आमाका सपुतहरु, हजुरहरुको त्याग र बलिदानको भरपुर सम्मान गर्दछौ ! हामी बिदेशमा रहेका सबै हिन्दुहरुले हाम्रो नैतिक, बौद्धिक र परिआएको खण्डमा भौतिक र आर्थिक समर्थनको प्रतिबध्ता जनाउदछौ ! हामी पुन: नेपाल आमाको सम्मान, उहाको सनातन हिन्दु राष्ट्रको पहिचानको लागि जुनै प्रकारको संघर्ष गर्नु पनि तत्पर हुनेछौ ! जय श्री हिन्दु राष्ट्र नेपाल !

Nas · Sep 23, 2015 11:11 AM

OK: now listen the Swankha Dhwani https://soundcloud.com/nepali-...

magorkhe1 · Sep 23, 2015 11:46 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all