भारतबाट अमेरिकी हतियार बोकेर नेपाल प्रवेश गर्न लागेका एक युवालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट माडरबाट खटिएको एपीएफ टोलीले सोमबार मेड ईन युएसए लेखिएको एउटा पेस्तोल तथा सोको म्यागजीन र आठ राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको हो । उक्त गोली मध्ये दुई वटा ७.५५ एमएमको गोली उक्त पेस्तोलमा फिट हुने तथा ६ वटा गोली ८ एमएमको रहेको छ । पक्राउ पर्नेमा सिरहा जिल्लाको राजपुर गाविस ३ घर बताउने २४ वर्षिय महेशकुमार यादव छन् । एपीएफ टोलीले उनलाई सिरहा जिल्लाको सिरहा नगरपालिका १७ बाट सोमबार दिउँसो करीब पौने चार बजे पक्राउ गरेको हो । सो नाकामा एपीएफ टोलीले जाँच गर्ने क्रममा पेस्तोल तथा गोली फेला परेपछि उनलाई पक्राउ गरिएको हो । ना. २९ प १३८८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवको उक्त मोटरसाइकलको सिटमुनी उल्लेखित पेस्तोल तथा गोली भेटिएको थियो । एपीएफ टोलीले त्यसवेला सो मोटरसाइकल समेत बरामद गरेको छ । यसअघि सशस्त्र प्रहरीले मधेसका नाकाबाट हतियारसहित दुई जनालाई पक्राउ गरिसकेको छ । -
ugeslimbu · Sep 22, 2015 12:53 PM · 5,228 views
I need this 9mm in Nepal, can anybody know where I can buy, I want to keep it for my protection.
whiteboi · Sep 22, 2015 6:07 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion