मित्र हरु यो मेरो पहिलो प्रयास हो । गल्ती कमी कमजोरी भए निसंकोच भन्नु होला । -------------------- किरिंग किरिंग दुइ ओटा पुरै घन्टी गए पछि उनले बल्ल फोन उठायिन । सुस्केरा हाल्दै के छ भनिन । आज किन थकित स्वोर ! तिम्लाई थाहा नै छ नि मेरो बिजी स्केडुल ; क्याम्पस, प्राक्टिकल घर पढाई , केके केके , तिम्रो कस्तो छ ? मेरो के हुनु , कलेज को १२ क्रेडिट चल्दै छ , हिजो एउटा काम को लागि साउ भेट्न गएको थे , पेपर चाहियो रे ! भोलि एउटा साथी को काम मा बोलाको छ , हेरम । अ ल गुड लक ! ************* यो मेरो दिन चर्या , आएको ६ महिना भयो काम कतै मिलेको छैन , कोसिस चल्दै छ । नेपाल बाट ऋण खोजेर ल्याएको पैसा बाट गुजारा चल्दै छ । उनि संग मेरो नाता के हो , मलाई थाहा छैन , मैले साथी भन्दा धेरै माथि उनलाई राखे , उनले मलाई कहा राखिन सोध्न नपाउदै म बिदेसिए । हाम्रो एउटा साधारण भेट एउटा हेल्लो बाट सुरु भएर आज दैनिकी मा परिवर्तन भयो । येहा सम्म पुग्न धेरै समय लग्यो , दिन को हैन ! दिन त के हो एउटा सुर्य उदाउछ अनि अस्ताउछ , तेस्लाई हामी दिन भन्छौ तर तेइ दिन को बीच मा के के हुन्छ तेस्ले धेरै फरक पार्दो रैछ । एउटा सूर्या उदाउञ्झेल र अस्ताउझेल को बीच मा के के हुन्छ तेस्ले त्यो दिन कति लामो र कति छोटो दर्साउदो रैछ । हामि कतै मोज मस्ती गर्न गएउ भने त्यो दिन एक पल मा बित्छ , काम गर्न पर्दा तेइ दिन एक युग लाग्छ । उनलाई मैले थोरै सुर्यास्त र सुर्योदय बीच मा धेरै पटक को कोसिस मा असल मित्र मा परिवर्तन गरेको थिए । आमा बा संग ५० बहाना गरि मागेको रुपैया मैले उनलाई खर्चे , SMS , फोन , इमेल खै केके केके । येसरी हाम्रो समन्ध एउटा अपरिचित बाट प्रगाड हुदै एउटा दैनिकी बन्न पुग्यो । साथी दुइ किसिम का हुन्छन एउटा साथी अर्को तपाइँ को दैनिकी साथी । साथी पार्टी मा आउछ दुख सुख मा संगै हुन्छ , भेट घाट हुन्छ र तेसरी नै चल्दै जान्छ , मेरो कैयोउ साथी छन् जो संग मेरो कैले काइ बात हुन्छ , कैले काइ भेट हुन्छ । समन्ध राम्रो छ तर हामी दिन दिने एक अर्का लाइ भेट्ने,बोल्ने, कुरो साट्ने गर्दैनौ । उनि मेरी दैनिकी थिन । पैसा भएको बेला फोन गरेर घन्टौ बेली बिस्तार लगयिन्थो , र नभएको बेला मा SMS मा काम चलाउन पर्थो । समन्ध नाप्ने कुनै मेसिन मानिस ले बनाएन होला बनाएको भए हामी ले सबै समन्ध पार गरेको थियेउ , भावनात्मक रुप मा । म तेती जान्ने नभए पनि उसको गुरु बन्थे , कैले बाउ बनेर कराउथे , कैले नोकर भनेर उनले भनेको काम खुरु खुरु गर्थे । उनले आफ्नो बाट मलाई उस्तै बेबहार गरिन , कैले मेरो दिदि झैँ करायिन कैले गुरु झैँ सिकाइन । भौगोलिक रुप मा हाम्रो घर टाडा भएको ले खासै भेट हुन्न ठो , तर एक अर्का संग संगै बसेर मात्र धेरै नजिक बन्न सकिन्छ भन्ने कुरा को हामि अपबाद थिएउ । २ वर्ष को भेट घाट मा हामीले औला मा गन्ने गरि भेटेउ होला । तर पनि कुनै दिन एस्तो रहेन कि उनि म संग नभएको आभास मलाई नहोस , उनि म संगै थिइन । हामी बिच सबै कुरा भए , यौन बाहेक , सायद त्यो एउटा मर्यादा को सिमा रेखा थियो , जुन मैले कैले नागिन , र उनि त घर को सुशील छोरि , आमा बाउ को प्यारी , उन्ले नाग्ने त कुरै भएन । उनि मलाई भन्ने गर्थिन कसरि होस्टेल मा केटि हरु बिएर को नशा मा झुमेर नाच्दै गर्दा उनि डाएरी मा मग्न हुन्थिन । हरेक समन्ध मा एउटा हसी मजाक को पाटो नि हुन्छ , जहाँ सम्म मलाई लाग्छ त्यो भएन भने समन्ध दिगो हुन्न , हामी कसै लै भेट्छौ हाइ हेल्लो हुन्छ के छ कसो छ हुन्छ अनि २ मिनेट मा कुरा सकिन्छ । तेस्लाई लम्ब्याउने हो भने एक किसिम को रमाइलो हुन पर्छ , नत्र समन्ध तेही सकिदो रैछ । मैले उनलाई कति कुरा मा उडाए , कति मा उन्ले उडाईन , हामि ले नेपाल मा के भो भने विकास होला भनर कुरा गरेम , शाहरुख को नया फिल्म मा कहाँ गल्ति भो के भाको भए राम्रो हुन्थो भनेर आफै कथा बनयॆउ । समग्र मा भन्न पर्दा हाम्रो मित्रता सबै कुरा ले भरि पूर्ण थियो ! ************* मनै त हो , थाहै नपाई मेरो मन मा उनि प्रति प्रेम को भावना पलाएछ , सायद पैले देखि थियो कि मलाई थाहा छैन , प्रेम भनेको फिलिम को पर्दा मा मात्र देखेको मलाई प्रेम के हो कसो हो के थाहा । उनि संग घन्टौ कुरा साट्दै बस्नु , उनको SMS को प्रतिक्ष्या गर्नु , उनको लामो इमेल को लामो उत्तर दिनु मेरो दिन चर्या थियो । उन्को एउटा SMS मेरो तनाब पूर्ण दिन बाट मलाइ राहत दिन्थो । म उसको परानो SMS हेर्दै घन्टौ हराउथे । आमा ले तेरो मोबाइल किन फुट्दैन भनेर सरापी रहनुहुन्थो । म आफ्नै धून मा मस्त थिए । म सायद प्रेम मा थे ! ****** भाग्य कसैले कैले देखेको हुन्न , मै हु भन्ने जोतिस पनि ढोंगी हुन् भन्ने देखियो । आज पानी पर्छ , भोलि पर्दैन भनेर भविस्यवानी गर्ने हरु हरेक पल झुट भएको हामीले देखेका छौ । मलाई बच्चा मा जोतिस लाइ देखाउदा त ठुलो मान्छे बन्छस , सब ले मान सम्मान गर्छन भन्थो , तर जीवन को तीसौ बसन्त पार गर्दा सम्म मलाई मै आफै ले सम्मान गर्न सकेको छैन ; अरु ले के गर्लान खै । भाग्य ले को खेल , सोच्दै नसोचेको नि हुदो रैछ , म नेपाल मै की गरुला भनेर हुर्किएको एउटा देस प्रेमी आखिर देस छोडेर जानै पर्यो , धेरै नेपालि झैँ । किन कसरि के बाट सोच्ने हो भने म को हु के हु बाट बिस्तार लगाउने पर्ने हुन्छ जुन म आफै लै सम्झिन मन छैन , सत्य येति हो , म बिदेसिए ! ****** म बिदेसीदा नेपाल मा संविधान आउने कुरा हुदै थियो । संविधान सभा को चुनाब को माहोल थियो । आन्दोलन मा सहभागी नभए पनि घर को छत बाट आंदोलन कारी लाइ पानी हालेर समर्थन गरियो । सम्पूर्ण नेपाली झै म पनि नयाँ संविधान आउने र नयाँ नेपाल बन्ने कुरेर बसेको थिए । ****** आउने बेला मा मैले उनलाई स्वप्न बगैचा मा भेटेको थिए । हाम्रो समन्ध धेरै जसो हासो मै बितेको थियो , म उनलाई बार सत्तैइस कुरा गरेर हसौथे , त कैले कुनै फिलिम को कथा सुनाउथे । र आइले समझदा लाग्छ उनले मलाई सहेकी सहिछिन । म आफै ले आफै लाइ झेल्न सक्दिन झैँ लाग्छ, मेरा मिल्ने मित्र हरु भन्ने गर्थे त जस्तो पकाउ मान्छे कोइ छैन ! तर उनि कैले पाकिनन , खै मलाई किन हो जैले सुन्थिन , धेरै बेर सम्म ! तेसै ले मलाई उनि प्रति तानेको हो कि ! मैले उनलाई म जादै छु भनेर सुनाए , उनि चुपो लागिन । मैले अगिल्लो दिन उनलाई फोन मा भनेको थिए आफ्नो भिसा लागेको कुरा , मैले राखे है भने पछि , मैले उता धेरै बेर कोइ सुक्क सुक्क गरेको सुने , उनको फोन राख्दा रातो बटन नथिचने बानि ले मलाई उनि मा बिदेसिनु मा कति दुखि छिन् भनेर छर्लंग देखायो ! रोटि एक तर्फ बाट मात्र पाक्दैन , मैले मात्र जबर्जस्ति मेरो मित्रता उनि माथि लादेको थिईन । उनि पनि म प्रति तेती नै जोडिएकी थिईन । उनको कुकुर को नाम क्रिस्टिना देखि उनको बाल्य सखा देबी संग को रमाइलो कथा पनि मलाई थाहा थियो । मैले उनलाई राम्रै संग चिनेको थिए ! र अबस्य उनले मलाई चिनेकी थिईन । म जाने कुरा ले उनि उदास थिईन तर उनि ले त्यो देखईनन , उनलाई थाहा थियो उनि उदास भईन भने म कति बेचेन हुन्छु भनेर । एक पटक उन्ले सामान्य बिबाद मा फोन नउठाउदा म रात को १ बजे उन्को होस्टेल मा पुगेको थिए , उन्ले तल आएर ये बाबा म रिसाको छैन भनेर नभने सम्म म तेही बसेको थिए , बिहान ६ बजे सम्म ! उन्ले मलाई हास्दै भनिन अब कैले फर्किन्छौ त ? पढाई सकेर होला नि , खै हेरम ! कि संविधान आए पछि , उन्ले हास्दै भनिन । त्यो नि हो है , मा संविधान आए पछि आउछु अनि हामी बिहे गरम्ला ! के रे ! हाहा जोक गरेको , मैले कोइ पाउदिन र यो संसार मा तिमि संग बिहे गर्न । हेरौला म पनि , ल हामी संविधान आए पछि भेट्ने है त ! तेस पछि हामी नजिकै को Java मा छिरेर खाजा खायेउ र एक अर्का संग सधै सम्पर्क मा रहने कसम खाइ टाढिएउ । त्यो पल कति कठिन थियो मलाई सोच्न नि मन छैन । येउटै देस ठाउ मा हुनु, संगै उठ्नु , घाम संगै उदाउनु र अस्ताउनु कस्तो हो र फरक भए पछि के हुन्छ मलाई राम्रो संग थाहा थियो ! फेरि एउटा एस्तो ठाउ जादै छु जुन देस को समय नै उल्टो छ ! म उठ्दा उनि सुत्छिन म सुत्दा उनि उठ्छिन ! अब कसरि ताल मेल मिलाउने थाहा थिएन । ********* आएको ६ मैना सम्म मैले उनलाई नेपाल बाट ल्याएको पैसा ले फोन गरि रहे । उन्ले लामो कुरा नगर पैसा छैन , इमेल गर भनेर फोन कम हुदै गयो ! कलेज को लाइब्रेरी मा घन्टौ बसेर उनलाई इमेल गरे, धन्य होस त्यो लाइब्रेरी को राति १२ बजे सम्म खुल्थो । बिहान कक्ष्या भए पनि राति सम्म बसेर उनि संग कैले काइ चाट पनि गरियो ! अन्तत मैले जे सोचे थे , तेइ भयो , उन्ले पढाई पुरा गरिन , काम गर्न सुरु गरिन , बिस्तारै हप्ता मा एउटा इमेल बाट मैना मा एउटा हुदै गयो ! र अन्तत बन्द भयो त्यो मिठो श्रीन्खाला । संविधान आए पछि नेपाल जाने र उनलाई भेट्ने एउटा हासो मात्र को कथा थियो । न कैले संविधान आयो न म कैले फर्केर गए , धेरै पछि थाहा पाए उन्ले बिहे गरिछन , मलाई निम्तो पनि गरिनन् , जिन्दकी भर साथी बन्ने कसम खाएका हामि ले एक अर्का लै जिन्दकी को महत्तो पूर्ण घडी मा नि सम्झेनम । र अन्तत संविधान आयो , तर धेरै ढिला ।
amricane · Sep 21, 2015 3:36 PM · 19,669 views
राम्रो धेरै राम्रो
serial · Sep 21, 2015 3:49 PM
राम्रो लेखाई!!
Smaran · Sep 22, 2015 8:33 AM
कबिताबाट कथातिरको प्रवेश राम्रो लाग्यो तर अमेरिकन साथि तिम्रो कथामा खै के नपुग्या के नपुग्या जस्तो लाग्यो . साएद पहिलो प्रयासले गर्दा पो हो कि ? तिम्रो कथा पढ्दा मेरो एकदम नजिकको साथिको कथा झल्झल आंखा अगाडी आयो तर अलिकति त्विस्ट भयो मेरो साथीको कथामा चै ..... जे होस् अरु पनि पढ्न पाउने आशा राखेको छु है मित्र ..... - थाहा छैन
ThahaChaena · Sep 22, 2015 3:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion