९९% नेपालीलाई सेक्स गर्न आउँदैन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौँ, ३ असोज । करुणा कुँवर, मनोविज्ञ (फेमिली थेरापिष्ट) नाङगो हुनु सेक्सका लागि अनिवार्य जस्तै हो । नोपलमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, यात त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रष्ट छिन् । १२ बर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन– अनुसन्धान गरिरहेकी करुणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा ।   तपाईलाई फेमिली थेरापिष्ट भन्दा रहेछन्, मनोबिज्ञानभित्र फेमिली थेरापी काँहा पर्दोरहेछ ?– मनोबिज्ञान बृहत बिषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोबिज्ञानद्धारा सम्भव भएको हो भन्दा फरक पर्दैन । त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो । एउटा मानिसको मनोबिज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने बिषय फेमिली थेरापी अन्तर्गत पर्दछ । अर्थात तपाईको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्दछ । तपाईसँग उपचारका लागि धेरै जोडी आउने गरेको थाहा पाएँ, जोडीका मुख्य समस्याहरु के के रहेछन् ?– पुरुष होस् या महिला, सुरुमा उँहाहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो ब्यवहार ठीक गर्देनन् भनेर समस्या लिएर आउँछन् । कुरा गर्दे जाँदा मुल कुरा सेक्समा गएर अड्किन्छ । अर्थात् कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड सेक्स सम्बन्धी उनीहरुको धारण र ब्यबहारमा प्रकट हुने गरेको मेले पाएँ । सेक्सकै कारण समस्या आएको जोडी कति पाउँनु भयो रु प्रतिशतमा भन्न सकिन्छ ?९९ प्रतिशत । कुनै जोडी प्रारम्भदेखि नै खुसी छैनन्, वास्तवमै उनीहरुको विवाह इच्छा बिपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछी यूगल जोडीमा जति समस्या आउँछन् त्यमा कुनै न कुनै रुपमा यौन जोडीएकै हुन्छ । विश्वस्तरका अध्ययनले पनि यही भन्छ । मेरो प्रक्टिसमा पनि यही पाएकी छु । केही उदाहरण दिन सकिन्छ ?– धेरै जोडी विवाहको ५–७ बर्ष पछि म कहाँ समस्या लिएर आउँछन् । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरु घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउने गर्दछन् । तर विवाहको पहिलो बर्ष त्यही ब्यबहार किन नराम्रो लागेन रु भनेर प्रश्न गरो भने उनीहरु मौन रहन्छन् । पहिलो बर्ष उनीहरुलाई त्यही ब्यबहार नराम्रो लाग्दैन, कारण उनीहरुको यौन सम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेर्रै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरुको रुप र ब्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुदै जान्छ, ती कृयाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ । नेपालीको यौन कृयाकलाप कसरी हँुदोरहेछ, समस्या के पाउनुभयो ?– सामान्यतया नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यस अघि धेरै भन्ने कुरा, ब्यवहार गर्नै कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन् । त्यसबारे धेरैले ध्यानै दिदैनन् । मुख्य कुरा सेक्समा पुरुष हाबी हुने गरेका छन् । अनि महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको ठान्दछन् । समस्या त्यहींबाट सुरु हुन्छ । वास्तवमा सेक्स कस्का लागि, केका लागि भन्ने कुरामा हामी प्रस्ट छैनांै । नेपाली महिलाहरु सेक्समा रमाउँन नसक्नुको कारण के पाउँनु भयो ?– उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्न हुदैन, परपुरुष सँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा– सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । तपाइले कतिपय महिलाहरु सेक्सको बेला नाङगै हुन सक्दैनन् । बत्ति बालेर सेक्स गर्न मनन्दैनन् भन्ने सुन्नु भएको होला । यसको मूल कारण नै उनीहरुमा भएको सेक्स प्रतिको बितृष्ण हो । जव कि नाङगो हुनु सेक्सका लागि अनिवार्य जस्तै हो । नेपालका शहरी क्षेत्रमा महिला–पुरुष सेक्समा उदार हँुदैछन् , यससँगै सेक्समा बिभिन्न प्रयोग भएको सुन्न पाइन्छ , यसलाई कसरी लिनु भएको छ ?– शहरमा सेक्स टोयका सामान बिक्रि हुन थालेका छन् । प्रारम्भमा मलाईपनि सेक्स टोयमा युवा वर्ग मात्र जान्छन् भन्ने लागेको थियो । तर एक साताको अध्ययनमा के पाइयो भने सेक्स सपमा सबै बर्गका मानिस जाने रहेछन् । यसले सेक्समा मानिस उदार हुदै गएको देखिन्छ । यद्धपि कस्तो सेक्स वा नराम्रो भन्ने कुरा दुईजना वीचको यौन ब्यबहारले छुट्याउने कुरा हो । यौन कृयाकलापका बेला दुबैजाना पूर्ण सन्तुष्ट हुन्छन् भने त्यो कृयाकलाप अरुका लागि अप्राकृतिक भएपनि राम्रो, सन्तुष्ट छैनन् भने हामीले भनेको प्राकृतिक पनि नराम्रो । अहिले गुदा मैथुन मुख मैथुनको कुरा पनि धेरै हुन थालेका छन्, तपाइँको अध्ययनले के पाउनु भयो रु– विदेशमा विशेषगरी शिक्षित जोडीहरु सेक्समा समान सहभागिता खोज्छन् । कुनै पुरुषलाई मुख मैथुन रमाईलो लाग्छ भने त्यहा महिलाले पनि आफुलाई त्यही रुपमा आप्mनो सन्तुष्टीको आधार खोज्छिन् । यहि कारण महिलाहरु पनि त्यती नै रमाईलो मान्छन् । नेपालमा भने महिलाहरु आफ्नो सन्तुष्टिको अधिकारबारे त्यती सचेत छैनन् । आफ्नो पार्टनरले मुख मैथुन वा गुद मैथुनको बारेमा कुरा गरो भने आफु जर्वजस्तीमा परेको अनुभब गर्छन् । त्यसमाथि उनीहरुको मनमा सेक्स भन्नेवित्तिकै पुरुष लिङग महिला योनीमा जाने कुरा मात्रै मनमा गढेको छ । सेक्समा मन नमिल्नु वा सेक्सप्रती दुवैको एकनासको शिक्षा नहुनु नै समस्याको कारण हो । किशोरीहरुमा हिस्टोरीया भन्ने एक किसिमको परम्परागत रोग देखिन्छ, यसको कारण यौन असन्तुष्टि भन्ने गरिएको छ, खासमा यो के हो  ? – किशोर अवस्थामा अचानक बेहोश हुने वा अन्य कृयाकलाप देखाउने रोग भएकोले हिस्टोरीयालाई यौन सगँ जोडीएको हो । वास्तवमा यो यौनसगँ सम्बन्धित हुन पनि सक्छ, नहुन पनि सक्छ । आजभोली यसलाई ‘कन्भर्जन डिसअर्डर’ भनिन्छ । पहिलो हिस्टोरीया भएका यूवतीलाई विवाह गरिदिदा यो रोग हराएकोे पाईयो । कुनै रोग विवाहपछि निको भएको देखेपछि यो यौन असन्तुष्टि सँग सम्बन्धित हो भन्ने ब्याख्या गरियो । आजभोली यौन असन्तुष्टि मात्रै यसको कारण मानिएको छैन , जुनसुकै तनावका कारण पनि हिस्टोरीया हुन सक्छ । कभह विवाहको केही बर्षपछि पुरुषहरु आफ्ना श्रीमतीको यौन चाहाना कम भएको भन्ने गर्छन् । उनीहरु परस्त्री गमन गर्न थाल्दछन् । फलस्वरुप परिवार विखण्डनको अवस्था आउने गरेको छ । यसको खास कारण के हो रु– विवाहको पहिलो बर्ष महिलाहरु पुरुषप्रति जति समर्पित हुन्छन्, त्यो समर्पण सन्तान जन्मिएपछि कम हुदै जान्छ । उनीहरुको ध्यान आफनो श्रीमान भन्दा छोरा–छोरी प्रति जान्छ । तर पुरुषले श्रीमतीबाट त्यही ब्यवहार चाहान्छ । त्यो नपाएपछि उसले बाहिर आँखा लगाउन थाल्छ । म सँग आउने धेरै समस्या पनि यसैसँग सम्बन्धित छन् । पारिवारिक समस्याको मूल जरो कतै न कतै यौनसगँ सम्बन्धित हुन्छ भन्ने मलाई लाग्न थालेको छ । नेपालमा एकथरी महिला छन् जसका लागि यौन लाजको बिषय हो । तर अर्काथरी महिला यस्ता पनि छन्, जो खुला रुपमा सेक्सका कुरा गर्छन् र आफ्नो स्तन नै आकर्षणको केन्द्र भन्छन् , यसलाई कसरी लिनुहुन्छ रु– धरै महिलाको लागि यौन लाजको बिषय हो तर लाजको बिषय भन्दैमा उनीहरु त्यसलाई प्रकट गदैनन् भन्ने होइन । राम्रो गाजल लगाएर वा चिटिक्क परेर आप्mनो–आफनो यौनिकता प्रर्दशन गरिरहेका हुन्छन् । मानिस कुनै न कुनै रुपमा आफ्नो चाहाना प्रकट गरिरहेको हुन्छ । मेरो विचारमा कसैले आखाँमा गाजल लगाउँनु र कसैले आधा स्तन खुला छोड्नुमा खासै भिन्नता छैन । दुबैले बाहिरी मानिसलाई आफुतिर आकर्षित गरिरहेका हुन्छन् । यहाँ महिला मात्र हैन , पुरुषले पनि कहिले फ्रेन्चकट दारी पालेर होस् वा आफुलाई सफाचट् राखेर होस् आफ्नो यौनिकता प्रदर्शन गरिरहेकै हुन्छन् । आजको तपाईंको पत्रिका सबैले पढ्छन्, किन रु किनभने सबैलाई थाहा छ, यहाँ कुनै न कुनै रुपमा आफ्ना मनभित्रका कुण्ठा, समस्या वा गोप्य कुरा राखिएका हुन्छन् । यौन भनेकै यस्तो कुरा हो । जो कसैले प्रकट गरोस् या नगरोस्, सबैको आवश्यकताको कुरा हो, प्रकट गर्ने तरिका मात्रै फरक हो । रेखा थापाले कम बस्त्र लगाउँछिन् । यसकारण उनी सबैभन्दा बढी यौन इच्छा भएकी महिला हुन् र गाउँले युवती लजाउँछिन् त्यसैले उनमा यौन इच्छा छैन भन्ने होइन । यति हुँदाहुँदै पनि नेपालीहरु किन हिप्पोक्रयाट भएका ?– किनभने हामीमा यौनका विषयमा शिक्षा नै भएन । आमाले हुर्कदै गरेकी छोरीलाई, बुबाले उमेर बढ्दै गएको छोरासंग यौनका बारेमा खुलेर कुरा गरेनन् । उनीहरुले यसलाइ लाजको बिषय भने । शिक्षक–शिक्षकाले पनि यसलाई गोप्य भनिदिए । यसरी जोवाट यौनका बिषयमा खुलेर कुरा आउनु पर्ने होे, उनीहरुबाट नै गलत भनेर लान्छना लगाएपछि विचार यौन कलंकित हुने नै भयो । म सभ्य छु भन्नेहरुले यसलाई नराम्रो भन्न बाध्य भए । यो हाम्रो शिक्षाको दोष हो । अहिलेको नयाँ पुस्ता घरमा यौनलाइ गलत भनेको सुन्छ, तर इन्टरनेट र साथिभाइका माध्यमबाट सबैकुरा सिकिसक्छ । यस्तो अबस्थालाई कसरी मिलाउने ? यो गम्भीर अवस्था हो । बाहिरबाट आएको ज्ञान खराब हुन सक्छ । घरबाट, विद्यालयबाट उचित तवरले यसलाई सिकाउँदै लैजाने हो भने मानिसले सही ज्ञान पाउँछ । नत्र विकृत ब्यक्ति जन्माउँछ । धेरै वर्षअघि हामी केही मनोबैज्ञानिकहरुले थाइल्याण्डमा यही विषयमा चर्चा गरेका थियौ । अहिले त्यो अवस्था प्रत्येक दिन बढिरहेको छ । (अश्विनी कोइरालाले लेखेको पुस्तक उनीवाट साभार गरिएको हो यो अन्र्तवार्ता । सदावहार यो कुराकानी सान्दर्भिकताको हिसावमा साभार गरिएको हो ।) सं. - See more at: http://www.etajakhabar.com/%e0...

cybernepali · Sep 19, 2015 7:13 PM · 4,564 views

1 Reply

हो हो मनोविज्ञ डाक्टर करुणा कुँवरजीले बडो सहि कुरो गर्नु भाको हो ! म त् साला आधा घण्टा सम्म, पानी पानी हुने गरि, नचाटे सम्म सुकार्य समापन पनि गर्दिन ! मैले येसो चाट्दै गर्दा मुन्तिरबाट आँखा सर्लक्क मास्तिर लग्दा, त्यो यौन आनन्दमा लिप्त भएका अनुहारहरु देख्दा, खुद आफ्नो मर्दांगी देखेर यो मुजी छाती एस्तो फुल्लिन्छ कि, के भन्नु ..... उफ्फ़ ....

Nas · Sep 20, 2015 8:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all