|||समागम|||

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

||| समागम ||| कालो बादल बज्रन्छ, आकशबाट थोपा थोपा बनि, पोखिन्छ, तृप्त बनाउछ धर्तिलाइ| धर्ति, उ बसेकी हुन्छे, कुमारी केटी झै, कुनै सुन्दर अनि बलिष्ठ राजकुमारको प्रतिक्षामा|| राजकुमार बर्षात बनेर आउछ्| उस्को आउने जाने ठेगान छैन| तैपनी धर्ती बसेकी हुन्छे उस्को प्रतिक्षामा|| राजकुमार आउछ्, कृडामा लिप्त हुन्छन दुबै, कतै जलमग्न हुन्छ, कतै हिलाम्मे, उ तृप्त हुन्छे, उ रमाउछे, आकाश स्खलित हुदा || शुक्रकिट्झै, धर्तिको तापमा रन्किएको अन्डालाइ तारो बनाइ झरेका थोपाहरुको लक्ष्य एउटै छ, धर्तिलाइ तृप्त बनाउने| कुनै थोपाहरु बज्रन्छन् र टुक्रा टुक्रा हुन्छन्, कुनै थोपाहरु फोका बन्छन्, एक छिन खेल्छन्, हास्छन्, डुल्छन्, र प्वाक्क फुट्छन्| समागमको समय सिमा हुदैन्, कहिले लामो त कहिले छोटो| धर्ती राजकुमारसङै उफ्रन्छे्, गज्रन्छे अनि बग्दछे्, पर्खाइको सारा बेदना र प्यास मेटाइ्,| राजकुमार स्खलित हुन्छ, शान्त हुन्छ, र फेरी भेट्ने प्रतिज्ञा सङै हराउछ्| उ मस्किन्छे, भर्खर बिहे भएकी दुलही झै| पहिलो सुहगरात पछी झै लाली भरिन्छ उस्मा, हसिलो, रसिलो, कसिलो, र भरिलो हुन्छे उ| समागमको दौरानमा फोहोरमा लट्पटिएकी उ, केही क्षण् पछी चिटिक्क बन्छे्, र प्रतिक्षामा बस्छे, राजकुमारको, जसरी देह बेच्ने आइमाइ बस्छे, ग्राहाकको प्रतिक्षामा|||

Void · Sep 19, 2015 2:24 PM · 12,143 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all