भरतराज सुवेदीका १२ काण्ड

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

वैदेशिक राेजगार विभागका महानिर्देशक सुवेदीका १२ काण्ड काठमाडाैँ, ३२ साउन ।  विवादित व्यक्तिकाे छवि बनाएका वैदेशिक राेजगार विभागका महानिर्देशक भारतराज सुवेदीलाई विप्लव नेतृत्वकाे नेकपा माअाेवादीले कालाेमाेसाे लगाएकाे छ । नेकपा माअाेवादीले कालाेमाेसाे दल्नाकाे पाँच कारणसहित जिम्मा लिइसकेकाे छ । सुवेदीका चर्चित १२ काण्ड यस्ता छन् । १. नागरिकता काण्डः अर्थमन्त्री डा.रामशरण महतको साथ पाएर सरकारको उच्च ओहदामा पुग्न सफल भरतराज सुवेदी नागरिकतामा वर्ष घटाएर पदिय दुरुपयोग गर्न माहिर ब्यक्ति हुन् । उनको खास जन्ममिती २०१४ साल असोज १५ गते हो । उच्च तहको प्रशासनिक पहुँचलाई दुरुपयोग गेर निजामती किताब खानावाट आफ्नो फाईल गायब गरेर नयाँ फाईल खडा गर्ने सफल भएका रहे । उनले २०१७ साल असोज १५ गतेको जन्ममिति कायम गरि दोस्रो किर्ते नागरिकता लिएका छन् । जसले नागरिकता किर्ते र २ वर्ष उमेर थपेको पोल खुल्यो । २. पिआर काण्डः ग्रिनकार्ड पिआरधारी कर्मचारीलाई कानूनी रुपमा सरकारी सेवामा बञ्चित छ । देशमा ग्रिनकार्ड र पिआरधारी कर्मचारीको लहर चलेपनि उनि यस्ता शक्तिशाली ब्यक्ति हुन् । जसले ग्रिनकार्ड त्याग्ने वा राजिनामा दिने होईन् । सामान्य प्रशासन मन्त्रालयवाट गठित अनुसन्धान आयोगलाई कागजपत्र नै नदिई अटेर बसेका छन् । उनि अष्ट्रेलियाको ग्रिनकार्ड धारी ब्यक्ति हुन् । ३. महत र लालबाबु घम्समघम्सीः सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ग्रिडकारी र पिआरधारी कर्मचारीमाथी निशाना लगाउन थालेपछि उनको प्रमुख चुनौतीको रुपमा खडा थिए यिनै भरतराज सुवेदी । तरपनि परिषदको बैँठकमा भने लालबाबु पण्डितको चुनौतीलाई चुनौतीदिन सुवेदीको पक्षमा खडा भएका थिए अर्थमन्त्री महत । राजस्व अनुसन्धान विभागवाट सामान्य प्रशासनको अतिरिक्त समूहमा थन्काईएका उनलाई महतकै जोडबलमा वैदेशिक विभागमा लागिएको थियो । परिषद्को बैँठकमा महत र पण्डितबीचको द्वन्द्वको पात्र बनेका थिए सुवेदी । महत र सुवेदीको चिनजान सुवेदी कार्यलयको शाखा अघिकृत हुँदा नुवाकोटकै कांग्रेसी नेताले जुराएका थिए । ४. सरुवा काण्ड : राजस्व अनुसन्धान विभागको उपमहानिर्देशन हुँदा कर्मचारी सरुवा बढुवाको मोलमोलाई गर्ने एक प्रमुख थिए भरतराज सुवेदी । भन्सार विभागको प्रमुख हुँदा ३१ करोड घोटाला गरेको अभियो उनलाई लागेको थियो । टंकमणी शर्मा राजस्व अनुसन्धान विभागको उपमहानिर्देशन हुँदा पनि उनकै मोलमोलाई र सवै कामको हताकर्ता उनै थिए । सत्ता, शक्ति र पैसाको अगाडि टंकमणीको केहि लाग्दैनथ्यो । ५. लोकमान काण्ड :  जनआन्दोलन दमनको दोषी ठहरिएका लोकमानसिहं कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन लागेको भन्दै व्यापक विरोध भएको थियो यिनै विरोधलाई मथ्थर पार्दै एमाले, कांग्रेस, एमाओवादीको सर्वदलिय समझदारी निमार्णा गर्ने पर्दा पछाडकिो खेलाडी थिए । यिनै भरतराज सुवेदी । प्रचण्ड, केपीर शुसीललाई मनाउन सक्ने उनको रहस्यमय कलाको कर्मचारी वृतमा निकै चर्चा थियो । यही गुन तिर्नको लागि नै लोकमानले यिनलाई छुन सक्दैनन् । ६. झया्ल काण्ड : तात्कालीन अख्तियार प्रमुख सुर्यनाथ उपाध्यको कार्यलयमा राजश्व समुहका २२ जना कर्मचारीलाई पक्राउ गरेको घटना निकै चर्चित थियो । त्यो प्रकरणको पहिलो भ्रष्ट थिए सुवेदी । छापामार्नु पूर्व नै अख्तियाका कर्मचारीले जानाकारी गराएपछि उनी घरको झ्यालबाट हाम फालेर उनी फरार भएका थिए र मुद्धा अदालतमा गएपछि अदातलमा सब सेटिङ मिलाएर नेपाल भित्रिएका थिए । नेपाल आए लगत्तै एकरात अस्पताल भर्ना भएर उनी धरौटीमा रिहा भएका मुद्धाको सफाई लिए । एकदिन पनि जेल हिरासतमा नटेकेका उनले न्यायलयमा समेत भ्रष्टलाई सुनपानी छर्कने काम गरे । उनी न्यायलयले समेत छुन नसक्ने भ्रष्ट हुन् । ७.भारतीय नागरिकता : नागरिकता बटुल्न निकै सोखिन देखिएका सुवेदीले नेपालमै २ वटा नागरिकता लिएका छन् । तेस्रो नागरिकताको रुपमा उनले भारतीय नागरिकता लिएका छन् । अख्तियारले समात्न खोज्दा भारत छिरेको सुवेदी भारतीय नागरिकतावाटै अष्ट्रेलियाको ग्रिनकार्ड समेत लिन भ्याए । उनको नेपाल, भारत र अष्ट्रेलिया गरि ४ वटा नागरिकता बटुलेर बसेका छन् । ८. महाधिवेशन काण्ड : लोकमान प्रमुखमा सबै दल मिलाएका सुवेदीलाई आफ्नै पार्टी महाधिवेशन मिलाउन निकै कठिन परेको छ । काँग्रेसको पोखरा अधिवेशनको बेला महेश आर्चायलाई चुनाव जिताउन ५ करोड लिएर पोखरा पुगेका थिए । यो घटना सार्वजनिक भएसँगै व्यापक चलखेल भएको भन्दै नेताहरुले उनको रकम लगानीको विषयमा प्रश्न उठाएका थिए । उनले ५ करोड लगानीमा नै महेशलाई चुनाव जिताए । ९. वाइसिएललाई बाईक : सुवेदी राजस्व अनुसन्धान विभागको निर्देशक हुँदा एमाओवादी युवा संगठन वाइसिएललाई ३५ वटा मोटर साईकल निशुल्क उपलब्ध गराएका थिए । संविधानसभाको चुनावमा एमाओवादी पहिलो पार्टी भएसँगै युवा संगठनले भ्रष्टाचारलाई गरेकाे कारबाहीले देशमा ठूलो हल्लीखल्ली मच्चाएसँगै आफुलाई कारवाहीवाट सुरक्षित हुनवाट बच्नलाई उनले बाईक बाँडेको खुल्न आएको हो । १०. युर्थफोर्सको योजना बाटैवाट फिर्ता : युवा संगठनको लडाकु दस्ता बनाएर चर्चामा आएका एमाले निकट युवा संगठनको निशानामा पनि परेका सुवेदीलाई कारवाही गर्न हिडेको टोली आधाबाटाेवाटै फिर्ता गर्न सफल व्यक्ति हुन् सुवेदी । अध्यक्ष ओलीको नजिक सम्बन्ध राख्न सफल उनिमाथि आक्रमण सुईको पाउनको साथ ओलीको निर्देशनमा टोली फिर्ता भएको थियो । ११.कन्टेनर काण्ड : महाभूकम्पपछिको पहिराेले तातोपानी नाका अवरुद्ध भएपछि नेपाली व्यवसायीको ५ सय वटा कन्टेटर फसेको थियो । ती कन्टेनर छुटाउन निकै हारगुहारपछि व्यवसायीहरु सुवेदीको शरणमा पुगे । प्रति कन्टेनर ६ लाख राजस्व तिर्नुपर्नेमा १ लाख मात्र लिएर २ सय वटा कन्टेनर छाडियो । बाँकी कन्टेनरलाई भन्सार फ्रि गरेर भित्राउन सफल भएका सुवेदीले कन्टेनर मालिकवाट मोटो रकम असुलेको कुरा बाहिर आएको थियो । १२.मनाव तस्करी धन्दा :  श्रम स्वीकृत नै नदिई नेपाली युवा युवतीलाई विदेश पठाउने दलालहरुसँग नजिकै रहेर मोटो रकम असुल्ने गरेको ओरोप पनि सुवेदीलाई लाग्दै आएको छ । http://onlinedabali.com/archiv...

metta · Sep 18, 2015 6:56 PM · 1,917 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all