प्रधानमन्त्री सहित १७ जना अमेरिका जाने, खर्च २ करोड -

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रधानमन्त्री सुशील कोइराला १७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको ७० औं महासभामा भाग लिन असोज ६ गते अमेरिका प्रस्थान गर्ने भएका छन्। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको हो। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको जानकारी दिए । दुई साताको भ्रमणमा प्रधानमन्त्री कोइराला सहित परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे लगायत सरकारी उच्च अधिकारीहरु संग्लन हुनेछन्। परराष्ट्र स्रोतका अनुसार असोज १४ गते राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री कोइरालाले सम्वोधन गर्ने कार्यक्रम छ । महासभामा भाग लिएपछि कोइरालाले अमेरिकामा आफ्नो स्वास्थ्य उपचार गराउने कार्यक्रम छ । भ्रमण खर्च २ करोड ३२ लाख मन्त्रीपरिषद स्रोतका अनुसार कोइरालाको अमेरिका भ्रमणका लागि २ करोड ३२ लाख रुपैयाँ समेत मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको छ । -

ugeslimbu · Sep 18, 2015 3:51 PM · 10,500 views

2 Replies

Earthquake foreign aide money going to good use. Bravo.

Vhootee · Sep 18, 2015 4:07 PM

oh my gush we don't need another 27 immigrant in US who has no brain but wants to rip off our economy by sending money to Nepal

whiteboi · Sep 18, 2015 6:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all