पूर्वमाओवादी र कांग्रेससँग मिलेर उपेन्द्र देवकोटाले ‘नयाँ शक्ति’ बनाए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पूर्वमन्त्रीसमेत रहेका चर्चित डा. उपेन्द्र देवकोटाले केही पूर्वमाओवादी एवं पूर्वकांग्रेसका नेतासँग मिलेर ‘राष्ट्रिय जागरण अभियान नेपाल’ गठन गरेका छन् । ‘नयाँ शक्ति’का रुपमा अघि सारिएको अभियानमा पूर्वमाओवादी नेता तथा वाम विश्लेषक भरत दाहालसमेत छन् । त्यस्तै पूर्वकांग्रेस नेता अनारसिंह कार्की पनि देवकोटाको अभियानमा छन् । अभियानको प्रवक्तामा डा.विनोद न्यौपाने छन् । ‘यो राजनीतिक दल नै हो’ अभियानका प्रवक्ता न्यौपानेले अनलाइनखबरसँग भने- ‘यसले चुनाव लड्ने नलड्ने भविश्यको कुरो हो, । तर, अहिले हामी इमान्दार, युवापुस्ता र राष्ट्रप्रति जिम्मेवारहरुलाई समेट्दैछौं ।’ अहिले संगठन विस्तारको काम सुरु भएको भन्दै प्रवक्ता न्यौपानेले भने- ‘इमान्दार र राष्ट्रपति जिम्मेवार मानिसहरुको संगठन बनाएका हौं ।’ भरत दाहाल राष्ट्र/राष्ट्रियताको प्रश्नलाई समाधान नगरिकन जनताका बाँकी समस्या समाधान गर्न सम्भव छैन भन्ने निष्कर्षलाई ध्यानमा राखी सर्वाङ्गीण दृष्टिकोण र योजनाका आधारमा देशव्यापीरुपमा राष्ट्रिय जागरण अभियान उठाउन ‘राष्ट्रिय जागरण अभियान, नेपाल’ गठन गरिएको प्रवत्ता डा.विनोद न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अभियानमा सहभागी नेता भरत दाहालले भने यो पार्टीका रुपमा नभएर राष्ट्रियताको मुद्दामा लविङ गर्न गठन गरिएको अभियान भएको बताए । ‘हामी तीन वर्ष अघिदेखि नै डा. देवकोटासँगै थियौं,’ दाहालले अनलाइनखबरसँग भने,’तीन वर्षदेखिको सहकार्य र एक वर्ष पहिले गठित अभियानलाई अहिले सार्वजनिक गरिएको हो ।’ ‘यो संविधानले समस्या समाधान गर्दैन’ संविधानले नेपालको संकटको समाधान एकथान संविधान बन्नु वा नबन्नुमा निहित नभएको भन्दै अभियानले संविधान निर्माण र राज्यको कथित पुनर्संरचनाबारे अहिलेसम्म सुनिएका दलीय मागहरुले देशको संकट समाधानको आवाजको प्रतिनिधित्व नगर्ने बताएको छ । ‘दशकौंदेखिको यो गोलचक्करबाट मुक्तिका लागि नेपालीहरु नयाँ चेतनाबाट उठ्नुको विकल्प छैन’ अभियानले भनेको छ । - See more at: 

ugeslimbu · Sep 18, 2015 3:50 PM · 14,759 views

2 Replies

http://sajha.com/sajha/html/in... Check yourself. Last edited: 18-Sep-15 04:09 PM

magorkhe1 · Sep 18, 2015 4:09 PM

मलाई मनपर्ने राजनैतिक विश्लेषक मध्यका हुन् भरत दाहाल, निडर एवं स्पस्ट वक्ता | उनको पार्टीले के गर्ला साँची कै नेपालको बिकाश गर्ला कि माओवादी जस्तै हात्ती आयो हात्ती आयो फुस्सा गर्ला, भविष्यले देखाउला | मलाई उनी मान्छे मनपरेको चै यो अन्तर्वार्ता हेरे पछी हो | https://www.youtube.com/watch?...

Fuel Tank · Sep 18, 2015 7:20 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all