हाम्रा नेताले खुट्टा कमाउने छैनन् । हामीमा पक्का विश्वाश छ । समयानुरुप कठोर निर्णय पनि जनहितदायी हुन्छ । भारतीय विशेष दूत जयशंकरले हाम्रा नेतालाई दिएको धम्कि पूर्ण प्रश्न १. सेना, सशस्त्र प्रहरी र प्रहरीलाई ब्यारेकबाट निकालेर, कर्फ्यू लगाएर जारी हुने संविधानलाई हामीले कसरी स्वागत गर्न सक्छौं ? २. भारतसँग सीमा जोडिएका सवै जिल्ला तनावग्रस्त छन् । के यसले हामी (भारत)लाई असर गर्दैन ? त्यस्तो अवस्थामा हामी कसरी टुलुटुलु हेरेर बस्न सक्छौं ? ३. असोज ३ गते संविधान जारी भएपछि ४ गतेबाट बोझ हल्का हुन्छ भनेर सोच्नुभएको होला । के तपाईंले सोंचेजस्तै हल्का होला भन्ने ठान्नुभएको छ ? यदि स्थिति भड्कियो भने कसरी सम्हाल्नुहुन्छ ? ४. काठमाडौं र मधेसको दुरी बढेको भन्ने मधेसी समुदायको ठूलो गुनासो छ, यसलाई ‘ग्राउण्ड लेभल’ बाटै सम्बोधन नगरी ल्याउने संविधानले कसरी स्थिरता ल्याउँछ ? ५. नयाँ संविधानलाई विश्वले समर्थन गरे पनि भारतले समर्थन गरेन भने त्यसले के अर्थ राख्छ ?
ugeslimbu · Sep 18, 2015 1:12 PM · 1,794 views
तेही लोटाको पानि पिएर बसेर जंगलमा मंगल गरे : अनि अहिले नधम्क्याए के गरुन त ? प्रम बन्न लाइ उनीहरुकै सहारा चाहिन्छ अनि उनीहरुकै स्वार्थनुसार संघियताको राजनीति ल्याए | गुले हरुको दिमागमा गुसेंन | जी हजुरीमा बिताए पछि प्रम होस् वा नेता : दास झैँ बर्तात गर्ने नै भए नि ?
magorkhe1 · Sep 18, 2015 1:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion