शेरबहादु देउवा The new PM of Nepal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

३ असोजमा संविधान आएपछि एक हप्तामा नयाँ प्रधानमन्त्री चुनिनुपर्ने भएपछि मैदानमा अहिले दुई उम्मेदवार देखिएका छन् ।  एमाले अध्यक्षा केपी अाेली र नेता शेरबहादु देउवा ।   यस अघि सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने अघिल्लो दिन अर्थात् २६ माघ २०७० मा कांग्रेस र एमालेबीच सात बुँदे सहमति हुँदा एक वर्षमा संविधान बनाउने र एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने मौखिक सहमति भएको थियो । तर, एक वर्षमा संविधान बन्न सकेन । र, सोही सात बुँदे नै धरापमा पर्यो । निर्धारित समयमा संविधान नबनेपछि सत्ता सहयोगी दल एमाले कांग्रेससँग असन्तुष्ट बन्यो ।   बिस्तारै एमाले एमाओवादीसँग नजिक भयो । एमाओवादीले पनि ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा वचन दियो । १२ वैशाखको भूकम्पपछि दलहरु एक ठाउँमा उभिएर जेठ २५ मा १६ बुँदे सहमति गर्दै संविधानमा अग्रसर भए । प्रक्रियामा प्रवेश गरी अब ३ असोजमा संविधान घोषणा हुनेछ र एक हप्तामा नयाँ सरकार ।   अब संविधान निर्माणपछि गठन हुने सोही प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओली पहिलो दाबेदारका रुपमा छन् । तर, उनलाई प्रधानमन्त्री बनाउन एमालेबाटै असहयोग, कांग्रेसकै नेताले नमान्ने र एमाओवादी निर्णायक हुँदा कांग्रेसकै नेता शेरबहादुर देउवा पनि प्रधानमन्त्रीका लागि उत्तिकै प्रभावशाली दाबेदार देखिएका छन् ।   देउवाको आँखा कांग्रेसको भावी सभापतिमा छ । तर, ‘प्रधानमन्त्रीमा इच्छा छैन, सभापति प्राथमिक विषय भए पनि ओलीमा सहमति भए सबैलाई मिलाउन सक्ने नेता’को हैसियतमा आफूलाई भित्रभित्रै दाबेदार बनाइरहेका छन् । प्रधानमन्त्री भएर महाधिवेशनमा जान सकिए, झन् सफल हुने आन्तरिक विश्लेषणमा देउवा लागेको उनी निकट स्रोत बताउँछ । ‘देउवाजीको लागि प्रधानमन्त्री अहिले प्राथमिकतामा छैन । पार्टी सभापति सभापति मात्रै प्राथमिक विषय हो मेहनत सभापतिकै लागि बढी छ’ देउवा निकट रहेका एक केन्द्रीय सदस्य भन्छन्, ‘ओलीमा सहमति भएन र सहमतिमा अगाडि सारिए देउवाजीको आपत्ति हुँदैन ।’   ओलीलाई प्रधानमन्त्री बनाउन आपत्ति नहुने देउवाले बताए पनि ‘सहमति जसको नाममा हुन्छ उही व्यक्ति प्रधानमन्त्री बन्छ’ भन्दै कुटनीतिक रुपमा आफूलाई प्रधानमन्त्रीका लागि भित्रभित्रै तयारी गरिहरको छन् । ‘समानुपातिक समावेशीताको व्यवस्था गर्ने, विभिन्न आयोग गठन गर्ने र पछिल्लो समय असन्तुष्ट दललाई समतिमा ल्याउन पहल गरी सबैलाई मिलाउन सक्ने नेताको छवि देउवाले बनाउनुभएको छ’ उनी निकट स्रोत भन्छ, ‘सभापति र प्रधानमन्त्रीको दाबेदारी आधारलाई बलियो बनाउन यसले सकारात्मक सन्देश दिन्छ ।’   जवर्जस्त दाबी नगर्ने तर, ओली आफ्नो दलको सहमति, एमाओवादीको इच्छा र विदेशीको समेत चाहनालाई बुझ्नमा देउवा केन्द्रित छन् । यी तिनै पक्षको कुरा बुझेपछि अबको केही दिनमा प्रधानमन्त्री चुनिने बेलासम्म देउवा आफूलाई बलियो दाबेदारका रुपमा अघि लगाउने धुनमा छन् । तीन दलका शीर्ष नेता ओलीलाई प्रधानमन्त्री बनाउन तयार भए देउवाको यो प्रयास खेर जानेछ । अप्ठ्रो अवस्थामा नेता देउवा तीनपटकसम्म नेपालको प्रधानमन्त्री भइसकेका छन् । यद्यपी प्रधानमन्त्री सुशील कोइराला संविधान बने लगत्तै अमेरिका जाने दुई हप्ता उतै बस्ने भएपछि सरकार गठन असोजको तेस्रो सात मात्रा सुरु हुने आँकलन भइरहेको छ । - 

ugeslimbu · Sep 18, 2015 12:28 PM · 3,823 views

7 Replies

This time Maoist will take the PM seat. Last edited: 18-Sep-15 02:02 PM

magorkhe1 · Sep 18, 2015 12:45 PM

Madhesi neta lai banaidiye thikka hunthyo

BadhiJanne · Sep 18, 2015 12:49 PM

Madhesi neta lai banaidiye thikka hunthyo

BadhiJanne · Sep 18, 2015 12:49 PM

जो जोगी आए पनि कानै चिरेको त होनी , पार्टी र बयक्तिगत स्वार्थ भन्दा देश ठुलो भन्ने नेता को छर , lets start fresh with young one,Gagan Thapa

thukka · Sep 18, 2015 1:04 PM

बुढो साँढेहरुले नयाँ पिडिलाई कहाँ सत्ताको बागडोरमा हात हाल्न दिन्थे ? कहाँ बाट मिनेन्द्र रिजाललाई राखे : डा भए पनि बुद्दी र काम काज भने तेही बुढा हरुलाई खुशी पार्ने मात्रै रहेछ |

magorkhe1 · Sep 18, 2015 2:03 PM

शेर बहादुर ले पम भयो भने केहि हुन्थ्यो कि ??

Pharsi · Sep 18, 2015 3:21 PM

Divorceguy should be the President of Nepal

whiteboi · Sep 18, 2015 6:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all