"विदेशसचिव जयशंकरले आफ्नो सन्देश प्रष्ट रुपमा राखेका छन् जुन एकै खालको छ । सूत्रहरुका अनुसार जयशंकरले मोदीको सन्देश भन्दै सवैजसो शीर्ष नेताहरुलाई यी पाँचवटा चेतावनीयुक्त प्रश्न सोधेका छन् ।१. सेना, सशस्त्र प्रहरी र प्रहरीलाई ब्यारेकबाट निकालेर, कर्फ्यू लगाएर जारी हुने संविधानलाई हामीले कसरी स्वागत गर्न सक्छौं ?२. भारतसँग सीमा जोडिएका सवै जिल्ला तनावग्रस्त छन् । के यसले हामी (भारत)लाई असर गर्दैन ? त्यस्तो अवस्थामा हामी कसरी टुलुटुलु हेरेर बस्न सक्छौं ?३. असोज ३ गते संविधान जारी भएपछि ४ गतेबाट बोझ हल्का हुन्छ भनेर सोच्नुभएको होला । के तपाईंले सोंचेजस्तै हल्का होला भन्ने ठान्नुभएको छ ? यदि स्थिति भड्कियो भने कसरी सम्हाल्नुहुन्छ ? ४. काठमाडौं र मधेसको दुरी बढेको भन्ने मधेसी समुदायको ठूलो गुनासो छ, यसलाई ‘ग्राउण्ड लेभल’ बाटै सम्बोधन नगरी ल्याउने संविधानले कसरी स्थिरता ल्याउँछ ? ५. नयाँ संविधानलाई विश्वले समर्थन गरे पनि भारतले समर्थन गरेन भने त्यसले के अर्थ राख्छ ?"
ugeslimbu · Sep 18, 2015 10:35 AM · 11,283 views
It's India , who is fueling Tarai. You want us to be your colony and forcing us to listen every that is against our benefit. Last edited: 18-Sep-15 10:55 AM
magorkhe1 · Sep 18, 2015 10:44 AM
मलाई अचम्म चै नेपाली भनौदो बुद्दिजिबि देखेर लाग्छ . भारत को चाहना चै यौ संबिधान चाडै नबनौनॆ हो तेसै को लागि राजदूत देखि बिशेष दुत को दौड धूप छ. मदन पुरस्कार प्राप्त महान बुद्दिजिबि श्री श्री श्री बिजय कुमार पाण्डे ज्यु को लेख पढेको थिए सेतो पाटिमा केहि दिन अगाडी "संविधान निर्माण प्रक्रिया स्थगन गरौं !" भनेर . के यो यौता संयोग मात्र होला त ? पाण्डेज्यु भारतीय सरकार को वोकालत गर्दै हुनुहुञ्छ र बेला बेला मा गोही को आसु देखाउनु हुञ्छ नेपाली भनेर . पाण्डे ज्यु को लेख को लिंक http://setopati.com/bichar/336...
Land_of_gorkhali · Sep 18, 2015 12:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion