Nana Patekar कलाकार सधैँ एक्लैः

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बलिउडमा खरो, सनकी र मनमौजी अभिनेताका रूपमा चिनिन्छन्, नाना पाटेकर । जीवन्त अभिनय उनको विशिष्टता हो । हाल उनी अभिनीत नयाँ फिल्म 'वेलकम ब्याक' प्रदर्शन भइरहेको छ। हालै एक भारतीय मिडियालाई उनले आफ्ना जिन्दगीका केही किस्सा बताएका छन्। राम्रो भान्छे हुँ मलाई बलिउड जगतमा खरो र रिसाहा अभिनेताका रूपमा चिन्छन्। मलाई झुट मन पर्दैन। आफ्नै खालका मानिससँग मात्र म घुलमिल हुन सक्छु। राजनीतिक र सामाजिक विषयमा जे संवेदनहीन छ, त्यस्ता मान्छेले मलाई खिन्न बनाउँछन्। मलाई मुम्बईमा बस्न कहिल्यै रहर लागेन। मुम्बईभन्दा पर मेरो फार्महाउस छ। मलाई त्यतै बस्न आनन्द लाग्छ। म कहिल्यै भविष्यको चिन्ता गर्दिनँ। मसँग जे छ, त्यसैलाई राम्रो बनाउनेतर्फ ध्यान दिन्छु। म अभिनेताभन्दा बढी कुक अर्थात् भान्छे हुँ। मलाई मेरी आमाले मीठो खाना बनाउन सिकाउनुभएको छ। उहाँले मीठो खाना बनाएर निकट मान्छेलाई प्रेमपूर्वक खुवाउनू भन्ने सन्देश दिनुभएको छ। बुबाको निधनकै दिन नाटक मेरो अभिनय रहेको 'महासागर' नाटकको प्रदर्शन तयारी हुँदै थियो। तीन सो नाटक देखाउनु थियो। हाउसफुल थियो। बुबाको निधन भएको खबर आयो। नाटक रोक्ने सल्लाह हुँदै थियो। मैले मेरो दुःखमा दर्शकको नाटक हेर्ने चाहनालाई किन मार्ने भन्ने निर्णय गर्दै प्रर्दशन सुरु गर्यौंत। नाटकमा एउटा यस्तो सिन थियो, जहाँ साथीले मलाई 'तिम्रो बुबा कहाँ हुनुहुन्छ ?' भनेर सोध्नुपथ्र्यो। तर, उसले त्यो संवाद बोल्न सकेन। किनभने, मेरो बुबाले संसार छोडेको कुरा उसलाई थाहा थियो। तैपनि धेरै सकसपूर्ण ढंगले नाटक मञ्चन गर्यौँ। दुई सो गरेपछि बुबाको अन्तिम संस्कार गरेर तेस्रो सोका लागि फर्कियौँ। मेरो बुबाको उपचार गर्न पुग्दो रकम थिएन। उपचार रकम जुटाउन म नाटक गर्दै हिँडेको थिएँ। म आफ्नो आँशु बचाएर राख्छु। त्यो आँशु क्यामेराको सामु रोएर सक्काउँछु । ढोका र छत मेरो परिवार मेरो बाल्यकाल समुद्रको किनारमा बितेको थियो। समुद्रसँग मेरो छुट्टै नाता जोडिएको छ। समुद्रको अनेक कलासँग मैले साक्षात्कार गरेको छु। गोवामा समुद्रको छेउमा मेरो घर थियो। समुद्रको छेउमा पुगेपछि सँगै गएका साथीलाई पनि भुल्थेँ। मेरो लेखनीमा पनि समुद्रको छाल उठ्थ्यो। मेरो नोटबुकमा कविता लेखेर संग्रह गरेको छु। मेरो घरमा छ जना परिवार छन्। चार ढोका, छत र म। म जहाँ गए पनि राति आफ्नै घरमा फर्कन्छु। चार ढोकाले मलाई सहारा दिँदै आएका छन् । 'एक मच्छर साला आदमी को हिजडा बना देता है' भन्ने चर्चित काव्यात्मक संवाद म र मेरो घरसँग सम्बन्धित छ। निर्देशकसँग झगडा अनिस बज्मी राम्रा निर्देशक र लेखक हुन्। 'वेलकम' र 'वेलकम ब्याक'मा उनीसँग काम गर्न पाउँदा खूब मज्जा आयो। कहिलेकाहीँ उनको लेखकत्व र निर्देशकत्व हाबी हुन्छ। लेखक उनी राम्रा हुन् । तर, अनुशासनहीन निर्देशक हुन्। छायांकनको अन्तिम घडीमा आएर 'मोमेन्ट' दिन्छन्। मैले धेरै पटक उनलाई भनेको छु , 'मलाई मेसिन सम्झेको ? समय नै नदिने ? म अभिनय गर्दिन। तिमीलाई झापड लाइदिऊँ ?' तर उनले हाँस्दै भनेका छन्, 'नाना ! तिमीलाई किन समय चाहियो ? तिमी जसरी पनि अभिनय गरिहाल्छौ।' उनी मेरो क्षमतामा धेरै विश्वास गर्छन् । कलाकार सधैँ एक्लो मैले 'अवाम' फिल्ममा राजेश खन्नासँग काम गरेको थिएँ। कुनै समय थियो, राजेश खन्नाको नाममा केटीहरू रगतले चिठी लेखेर पठाउँथे। खन्ना ज्यादै राम्रा पुरुष थिए। उनको साथमा के थिएन ? कलाकारको स्टारडमको पछि सबै लाग्छन्। तर, हरेक अभिनेता-अभिनेत्री अन्ततः एक्ला हुन्छन् । कलाकारले भन्दै आएका छन्, 'मेरो साथमा पैसा, इज्जत र नाता सबैथोक छ ।' तर, त्यो केही समयका लागि मात्रै हो। कलाकार सधैँ एक्लो हुन्छ। फिल्ममा नयाँ भूमिका र सुख र दुःखका दृश्य देखाउन तल्लीन रहने चक्करमा वास्तविक जिन्दगीका सुख र दुःखको उपेक्षा गरिरहेका हुन्छन्। कलाकारले सबैलाई समय दिइरहेका हुन्छन्। तर, आफ्ना लागि उनीहरूसँग समय हुँदैन । घरमा बसिरहेको समयमा यस्तो एक्लोपन सहिनसक्नु हुन्छ।

ugeslimbu · Sep 17, 2015 2:18 PM · 2,908 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all