नानीमैया दाहाल vs Trump

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नानीमैया दाहाल र ट्रम्प बिच के के समानता छन ?

magorkhe1 · Sep 16, 2015 3:52 PM · 11,955 views

2 Replies

म धेरै सानो थिए जब मेरो दाइहरु नानी मैया दाहालले काठमाडौँमा कसरि चुनाब जिती भनेर हासो गर्नु हुन्थ्यो. नानी मैया धेरै समय सम्म एउटा ठट्टा को पात्र हुनु भयो . तल्लो स्तर मा गाली गरिहाल्ने वोहाको बिशेषता थियो. जुन ट्रंप संग मिल्छ .

Land_of_gorkhali · Sep 17, 2015 10:06 AM

यो लेख मेरो हैन २०७० अशोज १३ को Onlinekhabar.com बाट साभार गरिएको हो लिंक अन्त्य मा छ . अहिलेको नेकपा एमाले अर्थात् पञ्चायतकालको नेकपा (माले) अहिलेको वैद्य माओवादीभन्दा बढ्ता उग्र थियो । ०३७ सालमा जनमत संग्रह मालेले बहिस्कार नगरेको भए ४ लाख भोटको अन्तरले एकदलीय पञ्चायतले जित्ने थिएन र ०३७ साल जेठ १ गते नै बहुदल आउने थियो । तर, जनमत संग्रहको नतिजाबाट रन्थनिएको मालेले ०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिस्कार मात्रै गरेन, वीरगञ्ज, झापा र काठमाडौंमा ‘नकारात्मक भोटिङ’को अभ्यास समेत गर्‍यो । यसरी भेटिइन् नानीमैया तत्कालीन मालेको स्थानीय नेतृत्वले ०३८ सालको चुनावमा काठमाडौंबाट जनपक्षीय उमेद्वारका रुपमा पद्मरत्न तुलाधरलाई उठाउने विचार गरेको थियो । तर, पार्टीले जनमत संग्रहमा जस्तै राष्ट्रिय पञ्चायतको चुनावमा पनि बहिस्कारको नीति लियो । पार्टीले चुनावमा भाग लिन नपाउने भएपछि मालेका युवा नेताहरुले उट्पट्याङ मान्छेलाई चुनाव लडाउने र पञ्चायतलाई व्यंग्य गर्ने निश्कर्ष निकाले । यो उट्पट्याङ कार्यमा तत्कालीन अखिल पाँचौं सक्रियतापूर्वक लाग्यो । त्यतिबेला सीताराम मास्के, केशव स्थापित, गौरी प्रधान, राजेन्द्र श्रेष्ठ लगायतका युवा नेताहरुले पञ्चायतको खिल्ली उडाउने पात्रको खोजी गर्न शुरु गरे । र, यहीक्रममा भेटिइन् नामनीमैया दाहाल । नानीमैया दाहाललाई त्यसबेला गोल्चे सार्कीले फेला पारेर असनमा रहेको पार्टी अफिसमा पुर्‍याएका थिए । बहुदल आएपछि राजनीतिको केन्द्र भागमा आएका सार्की तिनै व्यक्ति हुन्, जसले प्रतिनिधिसभामा कांग्रेस नेता रामचन्द्र पौडेललाई मुक्का हानेका थिए । नानीमैया त्यसबेला पनि अहिलेजस्तै थिइन् । मान्छेलाई छाडा शब्द प्रयोग गरेर गाली गर्नु अनि रिस उठ्यो भने साडी उचालेर देखाइदिनु नानीमैयाको न्युनतम योग्यता ठहरियो माले नेताहरुका लागि । आजभोलि डिल्लीबजार र चावहिलको मालपोत कार्यालय वरिपरि भेटिने नानीमैया ०३८ सालतिर पनि यसैगरी अरुकै काम गरिदिने र सरकारी कार्यालयमा भनसुन गर्दै हिँड्थिन् । एमाले नेताका अनुसार त्यसबेला राष्ट्रिय पञ्चायतमा उमेद्वार बनाउन माले नेताहरुले फकाउँदा उनले खुशी हुँदै सहजै स्वीकारेकी थिइन् । मैयासँग हारे चित्रकार ०३८ साल बैसाख २७ गते भएको राष्ट्रिय पञ्चायतको चुनावमा काठमाडौंका दुई सीटमध्ये एउटामा जोगमेहर श्रेष्ठले जिते भने अर्को सीटमा उट्पट्याङ उमेद्वार नानीमैयाले जितिन् । नानीमैयासँग काठमाडौं नगर पञ्चायतका मेयर कमल चित्रकारले प्रतिश्पर्धा गेका थिए । तर, पञ्चायतलाई बेइज्यत गर्न भन्दै काठमाडौंका बासिन्दाले पञ्चलाई हराई नानीमैयालाई जिताएर नकारात्मक भोटिङको पहिलो अभ्यास गरे । पुहातुलाई राष्ट्रिय पञ्चायतबाट हटाइयो त्यसबेला तत्कालीन मालेले काठमाडौंमा मात्रै होइन, झापा र वीरगञ्जमा पनि यसै गरी निर्वाचनलाई ठट्टाको रुपमा उपयोग गरेको थियो । झापामा पुहातु चौधरीलाई माले कार्यकर्ताले राष्ट्रिय पञ्चायतको चुनावमा जिताएका थिए । चप्पल मात्रै लगाएर संसद भवनमा प्रवेश गर्न पठाइएका पुहातुले एउटा कार्यक्रममा भाषण गर्नेक्रममा ०१७ सालमा राजा वीरेन्द्र (महेन्द्र भन्नु पर्ने) ले निरंकुश व्यवस्था लादेको भनेपछि उनलाई राष्ट्रिय पञ्चायतबाटै बर्खास्त गरिएको गरियो । नानीमैया भने बर्खास्तीमा परिनन् । नानीमैयाले आफ्नो काम नगरिदिएको भन्दै सूर्यबहादुर थापालाई साडी उचालेर देखाएको तत्कालीन माले नेताहरु सम्झन्छन् । मालेले वीरगञ्जमा उठाएका एकजना कुचीकारले भने चुनाव जितेनन् । http://www.onlinekhabar.com/20...

Land_of_gorkhali · Sep 17, 2015 10:18 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all