माननीय मन्त्री लालबाबु पण्डितज्यू, तपार्इंले गरेका राम्रो कामको प्रशंसा र तपार्इंले बोलेका केही कुराहरुले मन चसक्क घोचेकोले यो मनलाई थाम्न नसकेर यो खुलापत्र लेख्दै छु । यसको जबाफ दिन आबश्यक ठान्नु हुन्छ वा हुन्न त्यो तपार्इंको नैतिकताको कुरा हो । निश्चय नै तपार्इंले सरकारी जागिरमा बहाल रहेर बिदेशी मुलुकको स्थायी बसोबासको प्रमाणपत्र लिएका कर्मचारीको लागि संसदबाट जुन कानुन पारित गराउनुभयो, त्यो निकै प्रशंसनीय छ नै । त्यो कानुनको पारितसंगै सरकारका उच्चतहका कर्मचारीले सरकारी जागिर छोडेर विदेश रोजे, यो रोजाइले निश्चय पनि हामी सबैलाई सोच्न बाध्य बनाएको छ । आफूले जिम्मा पाएको मन्त्रालयको बेथिति मध्येको ठूला १० जति र साना अझै धेरै बेथितिलाइ सुधार्नुपर्ने मध्ये तपार्इले एउटा काम भने गरेको नै हो । र, त्यो कामको देश तथा परदेशमा मुक्तकण्ठले प्रशंसा भएकै छ । तपाइले गरेको यो एउटा काम राम्रो भयो भन्दैमा तपाइले आफूलार्इ देवत्व प्राप्त भएको भानमा बोल्न हुने, नहुने ख्यालै नगरी बोल्नु हुँदैछ र तपार्इँलाइ लागेको सबै कुरा सर्वकालिक सत्य हुन नसक्ने कुरा पनि तपार्इंले मार्क्सबादको अध्ययन गरेको भए थाहा त हुनुपर्ने हो । देशको मुहानमा तपाईँहरु बसेर धमिलो बनाउने अनि बिदेशमा बाध्यताले बसेकाले देश बिगारे भन्ने ? हामी बिदेशमा रहने ५० लाख भन्दा बढी नेपालीहरु तपार्इंको बचनले पोलेर एकैचोटि नेपाल फर्कियौँ भने कहाँ ब्यबस्थापन गर्नुहुन्छ ? ७ जिल्लाका भूकम्पपीडितलाई त त्रिपालको ब्यबस्थापन गर्न नसक्ने तपार्इंहरुसंग अरु के आशा गर्ने ? हालै तपार्इले न्युज २४ टेलिभिजनमा बोलेको भनि आएको समाचार अनुसार ‘उमेरका उर्जावान समय बिदेशमा बिताएर मर्ने बेला जल्न र गाडिन नेपाल नआए हुन्छ’ भनेर भन्नुभएछ । केही महिना पहिले ‘डिभी र पीआर लिनेहरुलाई नारायणीमा बगाउनुपर्छ’ भनेको त म आफैले पनि सुनेँ । ख्याल गर्नुस् पण्डितज्यू ! तपार्इं लालबाबु पण्डित मात्र होइन मुलुकको एउटा जिम्मेवार मन्त्री पनि हो, विदेश हिँड्न बाध्य नेपालीले तपार्इँले सम्हालेको मन्त्रालयले के गर्छ र यसको प्रभावकारिता के छ त्यो बुझ्दैनन्, आफू ५० डिग्री सेल्सियसको तातो घाममा १२ घण्टा काममा जोतिएर देश फर्कँदा आफूले लाउने लत्ताकपडामा पनि महँगो भन्सार तिर्न बाद्य पार्ने तपार्इँको मन्त्रिपरिषदको लाजमर्दो गति थाहा कति नेपालीको मन रोला ? अझ आफ्नो उर्जावान उमेर साउदी, कतार दुबई र मलेसियामा डुल्दाडुल्दै बितेको, पैसा जति दलाल र सरकारलाई बुझाउँदा बुझाउँदै ठिक्क भएको र आफूले रेमिट्यान्समार्फत पठाएको पैसाले सरकारको मन्त्रीले झन्डा हल्लाउँदै पजेरोमा बसेर आफुलाई नै अब त बिदेशमा बसेर बुढो भैछस मर्न किन नेपाल आइस भन्दा उसले के गर्ला ? तपाईंले कहिल्यै गम्भीर भएर सोच्नुभएको छ ? लेखकः टेकराज पौडेल मन्त्रीज्यू, आज देशमा रोजगारी भएको भए, शान्ति भएको भए, बिकासको काम भएको भए कुनै नेपाली बिदेशमा रहरले जाने थिएन, आज बुवाआमाको काखमा खेल्दाखेल्दैको १६ बर्ष नपुगेको छोरा पासपोर्ट बनाएर कतार, दुबई र मलेसियामा कहर काटेर परिवारको रहर र नांगो ढाकेको छ, विवाह गरेर श्रीमतीसँग सुहागरात मनाएर हिँडेको पति मरेको ६ महिनासम्म लास बुझ्न र देख्न पाउन्न उसको परिवारले । बाबुआमा र श्रीमतीसँगै बस्न नपाउनु त छँदै छ आफूले पठाएको पैसा र श्रीमती नै अर्कैले लगेर उसको जीवनभरको कमाइ लथालिंग हुँदा पीडकलाई कारबाही हुँदैन हाम्रो मुलुकमा । मन्त्रीज्यूलाई लाग्छ होला- ‘मैले कहाँ साउदी, कतारको कुरा गरेको हुँ र ? अमेरिका अनि युरोपमा सुख काट्ने नेपालीको पो कुरा गरेको, समुन्द्रको किनारमा सेल्फी खिच्ने ठूला महलका नजिकमा महंगा गाडी चड्नेलार्इ भनेको नि !’ मन्त्रीज्यू, यहाँ पनि नेपाली सुखले नाचेको र मज्जाले हाँसेको होइन । यो देखावटी हाँसो हो । घन्टाको ७-८ डलरमा दैनिक १२ घण्टा काम गर्दा पनि महिना नमर्दै १ हजार डलरको घर भाडा ,खाना खर्च, मोबाइल, इन्टरनेट, ग्यास, पानी, पार्किंग आदिको बिल तिर्दा नपुग्ने हुन्छ कमाइले । अलि अलि बचेको भए नेपालमै बुवाआमा, दिदीबहिनी, भान्जाभान्जीको सन्चो, बिसन्चो हामीले नै हेर्नुपर्छ । बिहेबारी हुँदा हामीले नपठाएर कसले देला त ऋण ? हामीले पीआर सँधैभरि यहीँ बस्नको लागि लिएको होइन, अबैधानिक भएर लुकेर बस्नु भन्दा बैधानिक बन्दा केहि बढी फाइदा हुन्छ कि भनेर मात्र हो । मन्त्रीज्यू, नेपाललार्इ घाउ लाग्दा हामीलाई पोल्छ । भूकम्प पीडितलाई सहयोग गर्ने भनेर हामीले कम्तीमा १ हप्ताको कमाइ सहयोग दान गर्यौँ तर हामीले नै पठाएको पैसाको पाल किन्दा मन्त्रीले नै भ्रष्टाचार गरे रे, कर्कटपातामै गडबड भयो रे, अस्ति अख्तियारले समातेर मुद्दा लगायो भन्ने सुनियो, देशको मुहानमा तपाईँहरु बसेर धमिलो बनाउने अनि बिदेशमा बाध्यताले बसेकाले देश बिगारे भन्ने ? हामी बिदेशमा रहने ५० लाख भन्दा बढी नेपालीहरु तपार्इंको बचनले पोलेर एकैचोटि नेपाल फर्कियौँ भने कहाँ ब्यबस्थापन गर्नुहुन्छ ? ७ जिल्लाका भूकम्पपीडितलाई त त्रिपालको ब्यबस्थापन गर्न नसक्ने तपार्इंहरुसंग अरु के आशा गर्ने ? मन्त्रीज्यू, देशबाट बौद्धिक पलायनता रोक्ने वा फर्काउने कुनै कार्यक्रम छ तपाईसँग ? देशलाई भूकम्पले ध्वस्त बनाएको ४ महिना भैसक्यो घर बनाउने युवाको खाचो छ । सरकारले तिमीहरुलाई बिदेशमा दिने जति यहीँ दिन्छौ विदेश नजाऊ भनेर बिमानस्थलबाट दिनहुँ बाहिरिने हजारौँ युवालाई कहिल्यै आब्हान गर्यो ? टेलिभिजनमा बोल्न त सजिलो छ । आफ्नो रहर, बाध्यता वा समस्याबाट बिदेशिन बाध्य नेपाली जसको नेपालको ग्राहस्थ उत्पादनको सम्पूर्णतामा आधा भन्दा बढीको योगदान छ, त्यो शक्तिलाई अपमान गर्ने धृष्टता कहाँबाट पलायो तपार्इंलाई ? हामीले पठाएको रेमिट्यान्सले मुखमा माड़ हाल्ने सरकार कुनै नेपाली खाडीमा जेल पर्दा हामीले ब्लडमनि उठाउने र बचाउने अनि गफ तपार्इंले दिने ? हामीलाई जलाउन वा गाड्न सरकारले जग्गा दिनुपर्दैन तपाइको मन्त्री खुस्केर तपाईँ छिमेकी भए पनि हाम्रो मलामी आउनुपर्दैन, छिमेकको स्कुल बनाउँदा पैसा पठाएका छौँ, मन्दिर, मस्जिद र गुम्बा बन्दा हाम्रो योगदान छ । तपाई मन्त्री भएर गाउँमा पठाएको पैसा भन्दा हामीले पठाएको पैसामा आत्मियता छ, तपार्इंले आफू मन्त्री भएर आफ्नो गाउँलाई अन्यत्र पाउनुपर्ने पैसा गाउँमा शक्ति प्रयोग गरेर अर्कोचोटी चुनाव जित्नको लागि दिएको होइन भनेर कसले भन्छ ? मन्त्रीज्यू सक्नुहुन्छ भने मुहान सफा गर्नुस्, फोहोरलाई नारायणीमा बगाउनुस्, बाध्यताले विदेशिनेको घाउमा नुनचुक नछर्कनुस् । विदेशको पीआर लिनेलाई होइन् यस्तै अनैतिक बोल्न छाडनु भएन भने कारबाही तपाईंलाई गर्नुपर्छ ।
ugeslimbu · Sep 15, 2015 1:53 PM · 15,396 views
नेपाली हो भने तपाईं किन अर्का को देश को पत्र लिने त ? ग्रीनकार्ड लिदा देश को नाम मा सपथ लिन पर्छ। तपाईं अर्को देश को सेवा गर्छु भनेर कसम खाने अनि हाम्रो देश मा पनि सुबिधा लिन खोज्ने ? यो धेरै नै हावा कुरा भयो है। विदेश मा बसेर नेपाल को सरकारी जागिर ओगट्नेलाइ छोड भन्दा तपाईं जस्ता बिदेस का चम्चाले केहि गर्न दिन्नन। मुहानमा त बागमती पनि सफा छ। ढल फाल्ने लाइ कारबाही गर्न पर्छ र अहिले पनि त्येही भएको हो। तपाईं को कुरा र म्यानपाओर को कुरा उस्तै भयो।
nepguy21 · Sep 15, 2015 3:05 PM
Sathi euta kura k bhujum bhanay ni bhanee , Green card lida kehi sapath khanu pardaina. Greencard bhanayko nagarikta pani hoina. Green card hunay ko euta matra nagarikta huncha teyo bhanayko Nepali nagarikta ho. Green card bhanayko US ma kaam garnay, basnay and jana aaunay kagaj matra ko, permanently roop ma, teyo aafai ma citizenship hoina. Rahyo Nepal ko subhida, Nepal lay k testo subidha dincha ra sathi testo rishayako? euta suko pani sewa wa surechya didaina Nepal lay.. dinay bhayako bhaya la bhanata teyo hamro daju bhai haru jo Gulf ma maree rahayka chan tini haru ko lagi k garayko cha?
taxidriver · Sep 15, 2015 8:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion