किन हटाइयो हाम्रो नेपाली रास्ट्रिय पोशाक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सातसमुद्र पारी अध्यनका लागि गएका एक मित्रले फेसबुकमा लेखे, 'अब हाम्रो राष्ट्रिय पोशाक नै नरहेपछि हाम्रो नेपाली पहिचान के हुन्छ ?'यसको उत्तर मेरो साथी र म मात्र होइन, आज लाखौं नेपालीहरु खोजिरहेका छन् । विश्वमै अलग्गै पहिचान भएको हाम्रो शान, मान र प्रतिष्ठाको पोशाक दौरा सुरुवाल टोपी र चौबन्दी फरिया एकाएक किन राष्ट्रिय पोशाकबाट हटाइयो?यो त विश्वलाई झुकाएर विर पुर्खाहरुले छोडेर गएको विरताको चिनो हो,विर नेपालीको रगत र पसिना पुछिएको नेपालको यतिहासीक शान,मान र सम्मान हो। विश्वलाई घुँडा टेकाउने विर नेपाली चेलीहरुको इज्जत हो, गुन्यूचोली र फरिया। भादगाउँले टोपी कसैको अगाडी नझुक्ने हिमाल जस्तै अटल हाम्रो स्वाभिमान हो। यो एकै रातमा कसैले चाहेर निकालेको चल्तीको फेसन होइन। बजार लिएन, मोडल पुरानो भयो र यस्लाई परिवर्तन गर्नु पर्ने भयो! त्यो पनि दुईचार जना साहुजीहरुको सुझावमा? जुन पहिरनले नेपालको इतिहास र सभ्यता झल्काउँछ, सबै जातजाति भाषा संस्कृतिका सारा नेपालीलाई समेट्दै सबैको साझा प्रतिनिधित्व गरेको छ। त्यसलाई परीवर्तन किन गर्ने? यदि जनताको संविधान हो भने जनताका लागि गरेका सबै परीवर्तनहरुमा जनताको सुझाव लिनु आवश्यक छैन? नया संविधानमा सुधार नगरी नहुने कयौं यस्ता विषयहरु छन् तर त्यता नेताहरुको ध्यान किन जाँदैन? अहिले तराईमधेश जलिरहेको छ। नेताहरुको स्वार्थ र गलत निर्णयले कति जनताले लाउँलाउँ र खाउँखाउँ उमेरको जिन्दगी अनाहकमै गुमाइरहेका छन्। यसलाई छिटो समाधान गरी भोलिको दुर्घटनाबाट देशलाई जोगाउन किन दह्रो कदम चाल्न सक्दैन यो सरकार? नयाँ संविधान बनाउने निउँमा किन पटक पटक विवाद नै नभएका मिलेका कुरालाई जबरजस्ति च्यातिन्छ टुक्रयाइन्छ? देशको चिनारी जवर्जस्त किन यसरी मेटाइँदै छ। ‍ के हामी कुनै जात, वर्ग र क्षेत्र भन्दा पहिला नेपाली होइनौं ? यदी हौं भने राष्ट्रिय पहिचान बिनाको कस्तो जातीय,वर्गीय र क्षेत्रीय पहिचानको परिकल्पना हामी गर्दैछौं ? राष्ट्रिय पोशाक नै नरहँदा विश्व समुदायले नेपाललाई कसरी चिन्ने? राष्ट्रिय पोशाक कुनै साधारण लुगा होइन यो हाम्रो राष्ट्रिय पहिचान हो ससंस्कार ,सभ्यता र अनुशासन हो। विदेशी पोशाक, कोट, पाईन्ट र टाइले व्यक्तिको व्यक्तित्व निक्कै झल्काउला तर त्यसले दौरासुरुवाल, टोपी र चौबन्दी फरियाको जस्तो नेपालीत्व र नेपाली गरीमालाई झल्काउँदैन। म यतिखेर मेरो राष्ट्रिय पोशाकको प्रतिक्षामा छु, जुन पहिरनमा म गर्वका साथ भन्न सकूँ म एक सच्चा नेपाली हूँ र यही मेरो राष्ट्रिय पहिचान हो।

ugeslimbu · Sep 15, 2015 1:07 PM · 4,440 views

4 Replies

wear shirt and jeans not those traditional nepali clothes which looks so old fashioned

whiteboi · Sep 15, 2015 9:19 PM

It's part of evolution. Don't overthink too much. We are entering into space age and here you are talking about national outfit? Daura suruwal and other old customary outfits are obsolete, very inconvenient to wear, and they're not practical at all. I advice they be put to museums and people start wearing modern improvised clothing. FYI, I've worn them in occasion and they're very uncomfortable.

bittertruth · Sep 15, 2015 9:38 PM

Thanks bittertruth

whiteboi · Sep 15, 2015 9:45 PM

@bittertruth , we already you are wanna be white man. So keep your mouth shut. Whiteboi aka divorceguy fu(k you.

facebook · Sep 15, 2015 10:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all