संविधानसभाको अन्तिम सम्वोधनले प्रचण्डको समग्र छविमा फेरबदल आएको महसुस गरिएको छ। प्रचण्डको छविमा दोस्रो संविधानसभापछि लगातार स्वखलन हुँदै गएको थियो। प्रधानमन्त्री पदबाट राजिनामा दिए यता प्रचण्ड लगातार गिर्दै गएका थिए । उनको साख र स्वीकार्यतामा ठुलो परिवर्तन भएको थियो। कुनै बेला पार्टीमा उनको विरुद्ध बोल्ने अवस्था थिएन तर शान्तिप्रक्रियामा आइसकेपछी उनकै नेतृ्त्वको पार्टी ५ टुक्रा भएको थियो। उनि विरुद्ध पार्टी भित्रबाट विरोधका स्वरहरु ठुलो स्वरमा सुनिन थालेको धेरै भयो । पहिलो संविधानसभाले फेल खाएपछि त उनलाई धारे हात लगाउनेको संख्या यति बढयो कि सामाजिक सञ्जालमा उनका विरुद्ध लहर नै आयो। उनलाई जति गाली सायदै अरु नेताले खाएका होलान्। तर पछिल्ला संविधानसभामा आइतबार गरेको ‘सन्तुलित’ भाषणपछि प्रचण्डको छविमा ठुलो अन्तर आएको छ। उनलाइ प्रंशसा गर्दे फेसबुक र ट्विटरमा स्टाटस र ट्विटका बाढी आएका छन्। खासगरी सधैको ल्याङल्याङले आजित भएकाहरु प्रचण्डको पछिल्लो अडानले खुसी भएका छन्। प्रचण्डले संविधानमा आफ्ना मुद्धा नआएपनि देशलाइ एउटा निकास दिएरै छाड्ने भन्दै संविधानका लागि ठुलो कसरत गरेका थिए। उनको दौडधुप धेरैलाइ मन पर्यो । जनमानसमा भारतले नेपालमा स्थिरता हुन नदिने छाप परेको थियो। अन्तिम समयमा आएर भारतले जे भन्यो त्यही हुने भन्दै धेरै निरास थिए। धेरैले अपेक्षा गरेअनुसार नेपालका लागि भारतीय राजदुतले दौडाहपनि चलाएका थिए । तर उनको चासोलाई नसुन्दै प्रचण्डको जसरी संविधानसभालाइ एउटा प्रक्रियामा छिराउन सहयोग गरे त्यसले उनिप्रति सकारात्मक छवि बन्यो। प्रचण्ड यसअघि बनाउने भन्दा पनि बिगार्ने नेताका रुपना बढि ‘प्रोजेक्सन’ भएका थिए। तर संविधानसभामा उनको पछिल्ला गतिवधीले उनको स्वीकार्यता अन्य पार्टीमा समेत बढाइदियो। यिनै पृष्ठभुमिमा प्रचण्डले आइतबार संविधानसभामा अन्तिम भाषण गरे। भाषण निकै सन्तुलित थियो र सबै पक्षलाई सन्बोधन गर्ने कोसिस गरिएको थियो। धेरै पछि प्रचण्डको भाषणका अन्य दलका सभासदले पनि टेबल ठोकेका थिए । प्रचण्डको भाषणमा के थियो ? यो संविधानको मस्यौदमा धेरेको रगत लत्पतिएको छ । यो संविधानलाई नेपाली जनताको सबै तह र तप्काको आफ्नो संविधान बनाउनका लागि यो प्रयास हो । पहिलो संविधानसभाबाट संविधानसभा असफल भएपछि हामीले यो संविधानसभा पनि विघटन होला भन्ने कालो बादल मडारिन थाल्यो । त्यसैले हामीले अहिले धेरै कुरा गर्ने पक्षमा म छैन । हामीले यो बिचमा विभिन्न षडयन्त्र र चलखेल देख्यौं । नेपाली नेताहरु आफ्नो बाचा र बोली पुरा गर्न सक्दैनन् भन्ने पुष्टी गर्ने प्रयास चिर्न हामी सफल हुनै पर्छ । थारुहरुको माग जायज छन् । तर संविधान कुनै पनि हालतमा बनाउनु पर्छ नबनाएर झन ठूलो खतरा हुनछ भन्ने पनि लागेको छ । पहिला, कर्णाली, जनजाति, दलितका अधिकार सोचेजति सम्बोधन गर्न नसकेकोमा पीडा भएको छ । त्यो पीडा सबैभन्दा बढी एमाओवादीले नै भोगको छ । एमाओवादी कांग्रेस एमालेको सहयात्री पनि भएको छ । कांग्रेस एमाले मिल्दा दुई तिहाई पुग्ने भएकाले शासकिय स्वरुप, संघीयता लगायत महत्वपूर्ण विषयमा सम्झौता गरियो । तर आफूहरुका मुद्धा फरक मतको रुपमा रहनेछन्। मधेसमा आन्दोलन चलेको छ । ठूलाठूला तोडफोड र हिंसात्मक आन्दोलन चलेको छ । राज्यले टाउकोमा गोली ठोक्ने र प्रहरीलाई निर्मम तरिकाले मार्ने काम पनि भएको छ । मधेसवादी दलका केही नेताले मधेसलाई छुट्टै देश बनाउने भनेर दिएको अभिव्यक्ति आत्मघाती र राष्ट्रघाती छ । दशकदेखि अड्कियो राजनीतिले नयाँ कोर्स लिएपछि प्रचण्ड स्वयमले हल्का महसुस गरेको हुनु पर्छ। नत्र माओवादीले उठाएर र स्थापित गरेका केही मुद्धा अन्यले नै हाइज्याक गरिसकेका थिए भने केहि मुद्धाले स्वयम पार्टीलाई सक्दै लगेको टिप्पणी सुन्न पाइन्थ्यो। प्रचण्डले नयाँ राजनैतिक लाइनले एमाओवादीलाई अर्को वामपन्थी दल एमालेसंग पनि नजिक ल्याएको छ भने प्रचण्डले केपी ओलीको रुपमा नयाँ मित्र फेला पारेका छन्।
ugeslimbu · Sep 14, 2015 12:21 PM · 4,267 views
बिखन्डन को सुत्र धारी : देशको महा सत्रु हो यो | आज आएर आखा देखिस अनि गालि गलौज र दोष अरुलाई : तै र तेरो पार्टीले सुरु गरेको हैन संघियताको राजनीति ? अब आएर पानि माथि ओभानो बन्न खोज्छस : तेरो आखा प्रधान मन्त्रीको कुर्सीमा छ | सुसिल कोइराला संबिधान बनाए पछि राजिनामा दिने सर्त अनुसार प्रधान मन्त्रि बनेका हुन् | कुन चै कम्युनिस्ट देशमा संघियता को राजनीति गरेका छन् ., माओ ले त अझ सांस्कृतिक क्रान्ति भनेर धर्ममा बन्देज गर्यो : तिमि मुजी भरौटे यो कुरा धर्म संग मात्र जोड्यौ : बुद्दि त्या भन्दा माथि कहा थियो | यो संघियता बिरुद्दको नियम थियो | तेरो अखा प्रधान मन्त्रि बाहेक अरु हैन : भोलि भारतले प्र म बनाइ दिने भए जे पनि गर्न तयार छन् : अनि तै हुनेछस मदेश्लाई नया देश बनाउने ! एमाओवादीलाई अर्को वामपन्थी दल एमालेसंग पनि नजिक ल्याएको छ : But he divided Tarai and Pahad. You think that was a great job. So you think sajha visitors are stupid as you are? Last edited: 14-Sep-15 02:13 PM Last edited: 14-Sep-15 02:15 PM
magorkhe1 · Sep 14, 2015 1:03 PM
चोर जे भए नि चोर नै हुन्छ ; बिचरा गरिब शोझा नेपालीहरुलाई उचालेर सम्पूर्ण देस बासीलाई दुख दियो माओबाद र क्रान्तिको नाममा बिस हजार मान्छे मार्यो; त्यो बिस्तपितहरु को क भयो? सान्ती पूर्ण देश मा उदण्ड मच्चायो ; आफु हरु सत्तामा आए पछि सबै बिर्सेर विलास र स्वार्थ तिर लग्यो र कुर्सि मै लिप्त भै रहयो ; आफ्नो पार्टी त समाल्न नसक्ने , स्वार्थ बाहेक अरु नदेख्ने; जंगली भएर आफ्नो सत्ता नि गुमायो; बौला जस्तो जे पाए तेइ टिप्पणी दिने; बिना कुनै स्रोत अर्बौ को सम्पति कहाँ बाट आयो?; वाईसीअलको नाममा गुन्डा बनायो आफु शक्ति को लागि लिप्त वाई रह्यो, राष्ट्रको ढुकुटी रित्यायो , अरुलाई दोसी देखाएर आफु पानी माथि को ओबानो बनिरहने को क कुरा गर्नु ! कोहि पनी मुर्ख छैन यहाँ चेतना भया! महोदय ! तेस्तो फोस्रो भासंद दिदै मा कोइ हिरो हुदैन ! भासंद जो पनी दिन सक्छ!
Jaysmi · Sep 14, 2015 5:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion