संविधानसभाबाट मधेसका केही जमिन्दार बाहिरिए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

संविधानसभाबाट मधेसका केही जमिन्दार बाहिरिए : नेता पोख्रेल उदय जीएम |२०७२ भाद्र २८ सोमबार2449 पटक पढिएको दाङ : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री शंकर पोख्रेलले संविधान निर्माण प्रक्रियाबाट मधेसका केही जमिनदारमात्र बाहिरिएको बताएका छन् ।लोकतान्त्रिक थारु संघले सदरमुकाम घोराहीमा गरेको सद्भाव र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेता पोख्रेलले भने, ‘संविधानसभाबाट बाहिरिने मधेसी जनता होइनन्, केही सीमित मधेसका जमिनदारहरु मात्र हुन् ।’नेता पोख्रेलले नेपालको सबैभन्दा ठूलो दल कांग्रेसले मधेसबाट सबैभन्दा धेरै १० लाख, एमालेले ९ लाख र एमाओवादीले ६ लाख मत प्राप्त गरेको उल्लेख गर्दै अहिले संविधान निर्माण प्रक्रियाबाट बाहिरिने सबै दलहरुको मत जोड्दा पनि मधेसमा एमालेले प्राप्त गरेको मत बराबर नहुने तथ्य पेश गरे ।“घामजत्तिकै छर्लङ्ग यो तथ्य हुँदाहुँदै सिङ्गो मधेस संविधान निर्माण प्रक्रियाबाट अलग्गियो भन्नु हाँस्यास्पद हो”, उनले भने ।अहिले संविधान निर्माण प्रक्रियाबाट बाहिरिने दलहरु गणतन्त्र, संघीयता, समावेशीकरण जस्ता ऐतिहासिक उपलव्धिसहितको नयाँ संविधानको स्वामित्व ग्रहण गर्ने कुरामा चुक्ने बताउँदै अझै पनि संविधान निर्माण प्रक्रियामा सहभागी हुन आग्रह गरे ।‘इतिहासकारहरुका अनुसार गौतम बुद्ध थारु थिए । यो कुराको सत्यापन गर्ने जिम्मा इतिहासकारहरुलाई दिऔं’, उनले भने, ‘तर शान्तिप्रिय थारु समुदायलाई हिंसातर्फ उन्मुख गराउने दुस्प्रयास भइरहेको छ । त्यसलाई रोकौं ।’उनले सबै समुदायका अधिकार सुनिश्चित गरिने र संविधान जारी भइसकेपछि पनि केही सम्बोधन गर्नैपर्ने विषय भएमा संशोधन गर्न सकिने औंल्याए ।उनले थारु सभ्यताको उद्गम थलो दाङको ऐतिहासिकता खोतल्दै थारु समुदायको केन्द्र दाङ भएकाले यसलाई प्रदेशको राजधानी बनाउने दिशातर्फ पहल गर्न पनि सबैमा आग्रह गरे ।भारतमा संविधान घोषणा गर्दाभन्दा नेपालमा निकै सुगम परिस्थिति रहेको चर्चा गरे । ‘अलिकति बलजफ्ती गरेपछि अधिकार पाइहालिन्छ भनेर केही घटनाहरु भएका छन्’, उनले भने, ‘संविधान घोषणा भएपछि मुलुक एकढिक्का भएर नयाँ संविधानको पक्षमा उभिने छ ।’जनताका अधिकार संविधानमा अभिव्यक्त भइसकेपछि मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ लैजाने सपना देख्न उनले अनुरोध गरे ।‘राष्ट्रपतिबाट केही अडचन आउँछ कि भनेर सोच्नु पनि गलत हो’, नेता पोखरेलले भने, ‘उहाँ लोकतान्त्रिक आन्दोलनको अगुवा हो । उहाँबाट हामीले यस्ता कुरा कल्पनासम्म गर्न सक्दैनौं ।’नेता पोख्रेलले असोजको पहिलो साता संविधान घोषणाको उत्सवको साता हुने पनि उल्लेख गरे । सो कार्यक्रमलाई एमाले केन्द्रीय सदस्य मेटमणि चौधरी, लोकतान्त्रिक थारु संघका रामप्रसाद चौधरी लगायतले पनि सम्बोधन गरेका थिए । - See more at: http://annapurnapost.com/News....

_____ · Sep 14, 2015 8:00 AM · 1,410 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all