मधेसका घटना प्रति आइसिआरसीको चिन्ता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मधेसका घटना प्रति आइसिआरसीको चिन्ता 13 Sep 2015 | 21:17pm आइतबार २७ भाद्र, २०७२ नागरिक 1 2 3 4 5 (0 votes) काठमाडौं– तराई–मधेसमा जारी आन्दोलनमा एम्बुलेन्समाथि आक्रमणको घटनाप्रति रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी), रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ, रेड क्रिसेन्ट सोसाइटी र नेपाल रेडक्रस समाजले संयुक्त रूपमा चिन्ता व्यक्त गरेका छन्। चार सातायता भएको आन्दोलनमा एम्बुलेन्समाथिको आक्रमण बढ्दै गएपछि ती संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गरेका हुन्। 'तत्काल उपचारको आवश्यकता रहेका घाइतेलाई एम्बुलेन्सबाट झिकेर मारियो, त्यसपछि एम्बुलेन्स जलाइयो। शुक्रबार (भदौ २५) महोत्तरीको सोनुखडामा भएको यो घटनाले रेडक्रस स्तब्ध भएको छ,' संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य–मान्यताअनुसार जस्तोसुकै अवस्थामा पनि मेडिकल सवारी साधन– एम्बुलेन्स, चिकित्साक्षेत्रसँग सम्बन्धित व्यक्ति र चिकित्सा सुविधाको सम्मान र संरक्षण गरिन्छ। कार्य सञ्चालन गर्न दिइन्छ।' घाइतेले जस्तोसुकै अवस्थामा पनि उपचारका सुविधा पाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ। महोत्तरीमा शुक्रबार सशस्त्र प्रहरीका असई थमनबहादुर विकलाई आन्दोलनकारीले कुटपिट गरी घाइते बनाएका थिए। घाइते विकलाई उपचारका लागि अस्पताल लानेक्रममा सोनुखडामा आन्दोलनकारीले एम्बुलेन्सबाट बाहिर निकाली बोत्तल र बाँसका भाटाले हानेर निर्मम तरिकाले मारेका थिए। रेडक्रसले सबै राजनीतिक दललाई यस्ता कार्य रोक्न र प्रदर्शन तथा बन्दका बेला एम्बुलेन्स निर्वाध आवतजावत गर्न दिन आग्रह गरेको छ। बिनाकुनै भेदभाव घाइतेको उपचार सुनिश्चित गर्नसमेत रेडक्रसले आग्रह गरेको छ। - See more at: http://www.nagariknews.com/pol...

_____ · Sep 13, 2015 5:26 PM · 1,116 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all