मधेशमा जन्मेका नेपाली पत्रकारको भारतसँग अपिल- नेपालमा हस्तक्षेप गर्न ढिला भो ! नेपालमा भारतले हरेक विषयमा हस्तक्षेप गर्ने भनेर ब्यापक आलोचना हुने गर्छ । संविधानसभाबाट संविधानको अन्तिम मस्यदामाथि धारागत मतदान शुरु हुन लाग्दा भारतको हस्तक्षेप बढेको भनेर भनेर बहस चलिरहेको छ । २ दिन अघि मात्र भारतीय राजदुत रञ्जित रेले नेपालका प्रमुख नेताहरुलाई म्याराथन स्टाइलमा भेटेपछि नेताहरुले वार्ताका लागि भन्दै २ दिन सम्म संविधानसभाको प्रक्रिया स्थगित गरे । मधेशी र थारु समुदाय आन्दोलित भैरहेको समयमा भारतबाट आएको दवावको ब्यापक विरोध भैरहेको समयमा भारतको चर्चित अखबार हिन्दुस्तन टाइम्समा कार्यरत नेपाली पत्रकार प्रशान्त झाले भारतले नेपालमा हस्तक्षेप गर्न ढिला भएको भन्दै खुला अपिलपूर्ण लेखन प्रकाशित गरेका छन् । हिन्दुस्तान टाइम्समा प्रकाशित उनको लेखन कुनै आलेख भन्दा पनि खुल्ला खुल्ला अपिल जस्तो देखिन्छ । उनले पछिल्लो संविधानसभाको प्रक्रिया अघि बढाउने निर्णयले नेपाललाई दीर्घकालीन द्वन्दमा लैजाने र मधेश टुक्रिने अवस्था सम्म आउन सक्ने चेतावनी दिएका छन् । उनले नेपालका तीन प्रमुख नेता केपी ओली, प्रचण्ड र शेर बहादुर देउवा बाहुन क्षेत्री समुदायका नेता भएका कारण मधेशी लगायतका समुदायलाई पेलेर संविधान जारी गर्न तयार भएको आरोप उनले लगाएका छन् । भारतसँग सीमा क्षेत्रमा बस्ने मधेशी समुदायलाई दमन गरेर उनीहरुका माग पुरा नगरी संविधान जारी नगर्न भारतले दिएको दवावलाई समेत नटेरेर संविधानसभामा मतदानको प्रक्रिया शूरु गरिएको भन्दै प्रशान्त झाले यसलाई रोक्न भारतले अव हस्तक्षेप नगरी नहुने बताएका छन् ।
ugeslimbu · Sep 13, 2015 4:43 PM · 9,086 views
tyrant
Nepalranepalimanparaunemanche · Sep 13, 2015 5:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion