पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव -

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको बेला त्यस्तो दाबीलाई बल पुग्ने गरी केही दिनअघि वीरगञ्जमा एक डरलाग्दो घटना भएको रहस्य खुलेको छ ।  घटना भदौ १९ गतेको हो । जुन दिन समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई आन्दोलनकारीहरुले पानीमा डूबाउन र चित्तामा जलाउन खोजेपछि बबण्डर भएको  थियो । लाशमाथि राजनीति गर्ने उद्देश्यका साथ पुगेका अध्यक्ष यादवलाई उनका कार्यकर्ताले बालबाल बचाएर त्यहाँबाट भगाएका थिए । यदि फोरमका कार्यकर्ता त्यहाँ थिएन भने सो दिन उपेन्द्रको समेत ज्यान जानसक्ने दृश्य देखिएको थियो ।  सो दिन प्रहरीको गोलीबाट वीरगञ्जमा मारिएकाहरुको शवयात्रा आयोजना गरिएको थियो । नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको शव वीरगञ्ज २२ विन्दबासिनीको तिलावे पुलमा दाहसंस्कार गर्ने कार्यक्रम तय भएको थियो । हजारौ स्थानीयका बीच बिहान १० बजे अस्पताल क्षेत्रबाट सुरु गरिएको शवयात्रा राति साढे ७ बजे मात्र तिलावे पुलको घाटामा पुर्याइएको थियो ।  शवयात्रा अस्पताल क्षेत्रबाट घाटसम्म पुग्नलाई त्यति धेरै ढिलो हुनुको पछाडि संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको डिजाइन रहेको थियो । प्रदीप यादवले आफ्ना पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर भाषण गरी त्यहाँ राजनीति गर्न खोजेका थिए । उपेन्द्र पूर्वको जिल्लामा पार्टी कार्यक्रममा व्यस्त थिए । तर जव शवयात्रामा हजारौ मानिसहरु सहभागी हुने खबर पाए सोही मासलाई क्यास गर्न साँझसम्म भएपनि वीरगञ्ज आउने कार्यक्रम तय भयो र आन्दोलनको जस लिन उपेन्द्र वीरगञ्ज पुगेर सोझै घाट पुगे । उपेन्द्र पुगे लगत्तै पूर्व डिजाइन अनुसार दाहसंस्कार सुरु भयो ।  शवयात्रामा सहभागी धेरैलाई उपेन्द्र आउने कुरा थाहा थिएन, न त यादवको मोर्चा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा सहभागी अन्य पार्टीका नेताहरुलाई नै । लाश जल्न थालेपछि उपेन्द्र तत्काल बनाईएको स्टेजमा चढे र माईक लिएर भाषण गर्न थाले । त्यत्तिकैमा आक्रोशित प्रदर्शनकारील्े लासको राजनीति गर्ने ? घाटमा पनि भाषण गर्ने ? त गद्दार होस् भन्दै उपेन्द्रको माईक खोसे । कसैले उपेन्द्रलाई पानीमा डुबाएर मारिदिऊ भन्दै तान्न थाले भने कसैले जलिरहेको चितामै हालेर उपेन्द्रलाई पनि जलाउनुपर्ने भन्दै अर्कोतर्फबाट तान्न थाले । शवयात्रामा सहभागी मधेशी जनता एकैपटक आफूविरुद्ध खनिएपछि उपेन्द्र यादव निकै धेरै डराएका प्रत्यक्षदर्शीले बताए । त्यसपछि आफूमाथि अप्रिय घटना हुनसक्ने र आन्दोलनमा घूसपैठ भएको ठानेका उपेन्द्रले तत्काल आफ्ना कार्यकर्तालाई भीडबाट निकाल्न आग्रह गरे । निकै अत्तालिएका आफ्ना अध्यक्षलाई फोरमका कार्यकर्ताले घेरा हालेर बल्लतल्ल त्यहाँबाट निकाले र उपेन्द्र त्यहाँ थप सम्बोधन नै नगरी वीरगञ्जमा गएर सुरक्षित स्थानमा बसे । फोरम निकट स्रोतका अनुसार वीरगञ्ज पुगेर उपेन्द्रले आफ्ना स्थानीय नेता तथा कार्यकर्तालाई आफूमाथि नै ज्यान नै लिनसक्ने प्रयास कसरी भयो ? भनेर सातो लिएका थिए । कार्यकर्ताले आन्दोलन नियन्त्रणभन्दा बाहिर गएको र अपरिचितहरुको बाहुल्यता बढेको भन्दै आन्दोलनको क्रममा जस्तोसुकै अप्रिय घटना हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।  सो घटनापछि प्रदीप यादव समेत आन्दोलनमा सक्रिय छैनन् । वीरगञ्जमा आन्दोलनको कमाण्ड गरेका उनले प्रदर्शन नै नियन्त्रणबाहिर गएको र त्यसको जस आफूले लिन नसक्ने भन्ने लागेपछि अहिले निकै निस्क्रिय अवस्थामा रहेका स्रोतको भनाई छ । बल्लतल्ल उपेन्द्रले ज्यान जोगाए पनि सो घटनाबाट मधेशको आन्दोलन कसरी अगाडि बढिरहेको छ र कुन रुपमा अनियन्त्रित बनिरहेको छ भन्ने कुरा यो घटनाले प्रष्ट पार्ने विश्लेषकहरुको भनाई छ ।    - See more at: 

ugeslimbu · Sep 13, 2015 4:38 PM · 15,188 views

5 Replies

they are even targeting their own leaders, madhesis are cruel and cold

Nepalranepalimanparaunemanche · Sep 13, 2015 5:39 PM

Madhise forum hired Bihari , if killed will get 50 lakh from government and will be given another 50 lakh from once it becomes néw state. Last edited: 14-Sep-15 10:40 AM

magorkhe1 · Sep 13, 2015 6:24 PM

Nothing personal bhandai Donald Trump le bhane jhai Border ma bademaan ko wall banauna parcha. Must keep biharis out of Nepal.

lopchandai · Sep 13, 2015 8:54 PM

I agree

Nepalimannaparaunemanche · Sep 13, 2015 9:17 PM

Only those who are outsiders should be kicked out just like somebody said that will be biharis otherwise there are so many people from terai who are Nepalese not Indians

Nepalranepalimanparaunemanche · Sep 13, 2015 9:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all