आज साँझ न्यू योर्क शहरमा हुने तीज कार्यक्रममा कम्मर मर्काउन जान छुट्ला है। पोहर साल हजार जना दिदीबहिनी भेला भएका थिए, यसपालीकोमा कति आउलान्? तीजको निम्तो ! तीज दर खाने निम्तो !! तीजको रहर आयो बरीलै... सबै दिदिबहिनीहरुलाई निम्तो छ है । यो नि:स्वार्थ भावनाले स्वतन्त्र, सार्बजनिक र नि:शुल्क तीज पर्ब हो । 2007 सालदेखि न्यू योर्कको सत्यनारायण मन्दिर, ७५-१५ उडसाईड एभेन्यूमा न्यू योर्क र न्यू जर्सीका दिदिबहिनीहरु मिलेर तीज दर कार्यक्रम मनाउँदै आएका छौं । यो कुनै संघ संस्थामा सम्मिलित छैन । महिला शशक्तिकरण र सामाजिक न्यायकोलागि लागि पर्ने महिलाइहरुलाइ सम्मान गरिंदै आएका छौं । यसपाली पनि सेप्टेम्बर 13, 2015, आइतबार, साँझ 6 बजेदेखि १२ बजेसम्म मनाउने छौं । सबैले आ-आफ्नो तारिखमा चिनो लगाउनु होला । कसैलाई यो कार्यक्रममा सौजन्य गर्न इच्छा छ भने खबर गर्नु होला । पोहर साल एक हजार दिदीबहिनीहरु सहभागी भएका थियौं । १००० बोतल पानीको सौजन्य भैसकेको छ । Date: Sunday, September 13, 2015 Time: 6-pm 12 mid-night Venue: Satya Narayan Mandir 75-15, Woodside Ave, Elmhurst, NY 11373 न्यू योर्क / न्यू जर्सी नेपाली महिला समूह NY / NJ Nepali Women Group
ugeslimbu · Sep 13, 2015 2:32 PM · 1,919 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion