‘नेपालमा सैनिक शासन लागु हुन्छ, वातावरण बन्दैछ’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाली सेनाका पूर्वसहायक रथी उमेशकुमार भट्टराईले नेपालमा सैनिक शासन लागु हुने वातावरण बन्दै गएको बताएका छन् । द्वन्द्व व्यवस्थापनमा विद्यावारिधिसमेत गरेका भट्टराईले देशमा जारी हिंसात्मक राजनीतिले सैनिक शासन लागु हुने दिन नजिकै आएको दावी गरेका छन् । पत्रकार नारायण पौडेलको कार्यक्रम यक्ष प्रश्नमा कुरागर्दै भट्टराईले भने,‘यस्तै अवस्था कायम भएमा सेनाले शासन लिन्छु भन्नै पर्दैन परिस्थितिले नै लिन बाध्य बनाउँछ ।’ राजनीतिक भद्रगोल कायम रह्यो, नागरिकले अधिकार सहज ढंगबाट उपभोग गर्न पाएनन् भने सेनालाई सत्ता हातमा लिन दबाब बढ्दै जाने उनले उल्लेख गरे । हालको हिंसात्मक राजनीतिले सैनिक शासनको पृष्ठभूमि तयार हुँदै गएको उनले बताए । -

ugeslimbu · Sep 12, 2015 4:16 PM · 14,178 views

3 Replies

Amen!

Sherlock · Sep 12, 2015 11:11 PM

Then Indian Home minister will send his army to save Bhiharis!

MaGorkhe1 · Sep 13, 2015 6:38 AM

Tyaspacchi Sainik ka danda ka ka pugchan  Last edited: 13-Sep-15 08:00 AM

Hydrogen Sulphide · Sep 13, 2015 8:00 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all