आऊ दशैं मा देस काटौ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आऊ हामी सब फुटौ एक अर्का संग जुधौ दाइ भाइ मारकाट गरौ नयाँ नेपाल को नयाँ दशैं नयाँ तरिका ले मानौ आऊ हामी यो दशैं मा देस काटम नयाँ नयाँ सिमा नयाँ नयाँ प्रदेस हालौ कति काट्ने खसी यो पालि केई नयाँ काटौ लुगा हाल्ने चलन पुरानो भयो नयाँ अरु केई हालौ देस काटे कसो होला सिमा पनि नयाँ हालौ नयाँ प्रदेस , नयाँ सरकार नयाँ सम्भिधान, नयाँ नेपाल नयाँ दशैं को बम्पर अफर राम्रो छ मरे ५० लाख रे बाचे तिमि सिदै मन्त्रि रे नयाँ नेता को नयाँ भाषण नि राम्रो छ नयाँ नेपाल आउछ रे घर घर बाटो पुग्छ रे बत्ति नि सब सित्तैमा रे खोला त गाउ गाउ पुग्छ रे विकास आफै हुन्छ रे देस आफै चल्छ रे नयाँ नेपाल आफै बन्छ रे ! नयाँ नेपाल मा तिमि पढ्न पर्दैन रे नपढी जागिर खान पाउछौ रे पानी नपरेको बाहुन मन्त्रि भएर रे तिम्ले नपढेको छेत्रीले गरेर रे तिमि खाडी मा गएको नेवारले गरेर रे नयाँ नेपाल बने पछि तिमि बेरोजगार हुन्नउ रे नयाँ जागिर घर मै मिल्छ रे अनि तिमि अल्लारे भएर बस्न पर्दैन रे मधेस मा हिऊ पर्छ रे पानी बर्ष भरि पर्छ रे नयाँ नेपाल बने पछि मधेस मा सुन फल्छ रे खै तिमि पागल होउ कि म म त दशैं हैन दशा देख्छु देस काटे पछि तिमि स्वर्ग बन्छ भन्छौ म त अनिश्चता को भुमरी देख्छु भाइ फुट्ने गाउले ले लुट्ने प्रस्ट देख्छु खै तिमि कसरि भोज देख्छौ म त केवल शव मात्र देख्छु तर देस जावोस असफलता तिर केवल तिमि र म बनौ तिमि आफ्नो राज्य माग म आफु लाइ एउटा भन्छु यो दशैं मज्जा ले मानौ नयाँ नयाँ सिमा नयाँ नयाँ प्रदेस हालौ आऊ यो पालि दशैं मा देस काटौ !

amricane · Sep 11, 2015 5:50 PM · 15,789 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all