Dolpa Robbery

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

डोल्पा जिल्लाको भिजेर गाबिसको कुगाउको २४ घरधुरी पुरै गाँउ दुई साता अगाडी शसस्त्र हतियार धारी समुह द्धारा कुटपिट गरी लुटपाट गरिएको छ । दुई साता अगाडी डोल्पा जिल्लाको सदरमुकाम देखी हिडेर जादाँ करिब एक साता भन्दा बढी लाग्ने भिजेर गाबिसको कुगाउमा लुटपाट भएको हो । भिजेर गाबिस वडा नं ९ कुगाउका पेम्बा तेन्जेन गुरुङ्ग , पाल्जाङ्ग गुरुङ्ग र निमा निक्याल गुरुङ्ग हप्ता दिनको पैदल यात्रा पछि केही सहयोगको आशामा जिल्ला सदरमुकाम दुनै पुगेका छन । पिडितका अनुसार मध्याराती एक्कासी शसस्त्र हतियार सहितको १८ जनाको समुहले गाउँका स्थानिय बासिन्दाहरुलाई आधुनिक हतियारहरु द्धारा अन्धा धुन्दा हवाई फाएर गरी मरणासन्न गरेर कुटपिट गरी सबै गाउका घरहरु पालैपालो लुटेर लिएको बताए । पिडित गुरुङ्गका अनुसार गाउघरमा भएका पुखौ देखी राखेका बहुमुल्य चाँदीका गरगहना , बहुमुल्य भोटे जातीले लगाउने मालाहरु भोटे खाममा ( चुरु ) महङगो क्यामरा , नागरिकता ,गुम्बाका पुराना धार्मिक पुजा आजामा चाहिने पौराणिक सर-समानहरु (घण्टी – ढिल्बु ) लगाएत घरयासी समानहरु सबै लुटपाट गरेको पिडित पेम्बा तेन्जेन गुरुङ्गले बताए । लुटपाट भए देखी अहिले स्थानिय बासिन्दहरु त्रसित बन्दै आएका छन । पिडितहरुले जिल्ला प्रसासन कार्यलय डोल्पामा पुरै गाउ चोरी भएको भन्दै उजुरी तथा सहयोगको लागि मंगलबार डोल्पा सदरमुकाम दुनैमा हप्ता दिनको पैदल यात्रा पछी पुगेको बताए । पुरै गाउनै लुटिएकोले कति लुटपाट भएको भन्ने एकिन गर्न नसकेको बताए । उनका अनुसार गाउको पुरै महत्वपुर्ण र बहुमुल्य सरसमान, धन सम्पती लुटेर लगिएको थियो । घटनामा कति क्षति भएको भने एकिन हुन सकेको छैन । यता घटनाको बारेमा बुझ्दा घटनाको कुनै जानकारी नभएको जिल्ला प्रहरी तथा जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

ugeslimbu · Sep 10, 2015 10:48 AM · 10,456 views

1 Reply

Interesting how some people put their last name Gurung after they came form Tibet. I am Gurung and I hate this when mannges, lamas and other tibetans steal our Gurung identity.

sweesher · Sep 10, 2015 8:51 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all